२०७७ माघ ६, मंगलबार

संक्रमणकालमा थपिएको अभिभावकीय जिम्मेवारी

कोरोनाकाल पूर्णरूपमा सकिएको हो भनेझैँ जीवन अब सामान्य तरिकाले अघि बढिरहेको देखिएको छ। अचेल घरबाहिरको संसार नियाल्दा अब त्यस्तो केही लाग्दैन, ६-७ महिना संसार निष्क्रिय थियो भन्ने। 

चीनको वुहानबाट सुरू भएको महामारीले कोभिड-१९ नाम पाएको पनि झन्डै-झन्डै एक वर्ष पुगिसक्यो। अंग्रेजी वर्ष २०१९ को अन्त्यताका सुरू भएको यो भाइरस कोरोना नामले विश्वप्रसिद्ध भएसँगै यसले पूरै विश्वको अर्थतन्त्रलाई धराशायी बनाइदिएको छ। सन् २०१९ देखि २०२१ लागिसक्दाको अवधिसम्म पनि यसको त्रास अझै घटेको छैन। यसको चपेटामा परेका अधिकांश क्षेत्रहरू क्रमशः उठ्ने कोसिस गरिरहेका छन्। 

सबैभन्दा बढी पर्यटन र शैक्षिक क्षेत्रलाई नराम्ररी थला पारेको यो भाइरसले गर्दा धेरै शैक्षिक संस्था तथा होटल व्यवसाय बन्द छन् र केही त सधैंका लागि बन्द हुने अवस्थामा पुगेका छन्। देशको अर्थव्यवस्थामा ठूलो योगदान पुर्‍याएका यस्ता धेरै निजी क्षेत्रहरूलाई सरकारले जहिल्यै अपहेलना मात्र गरेको छ। २०७६ सालको चैतबाट कोरोना जोखिमका कारण बन्द गरिएका शैक्षिक संस्थाहरू अझै पनि पूर्ण रूपमा सञ्चालन हुन सकिरहेका छैनन्।

कुनै-कुनै विद्यालयले विद्यार्थी बटुल्ने बहानामा विभिन्न प्याकेजसहित निःशुल्क विद्यार्थी भर्ना गरिरहेका पनि छन्। यस्तो संक्रमणकालीन अवस्थामा एकले अर्कालाई सकेसम्म सहयोग गर्नुपर्ने बेलामा धेरैजसो अभिभावक तथा विद्यालय आआफ्नै स्वार्थ पूरा गर्ने तरखरमा लागेका देखिन्छन्।

शैक्षिक सत्र अन्योल छ, लम्ब्याउने वा परिवर्तन गर्ने भन्ने अन्योलका बीचमा शैक्षिक क्षेत्र बामे सर्ने कोसिस गर्दै रहेको अवस्था छ। अधिकांश अभिभावक अन्योलमा छन्, आफ्ना नानीबाबुलाई खुलिसकेका विद्यालयमा पुनः करिब नौ महिनापछि यो मध्यजाडोमा पठाउने कि नपठाउने भनेर। एकथरी अभिभावकले विद्यालयहरू मध्यजाडोमा चलाइनुलाई पैसा असुल्ने बहानाको नाम दिइरहेका छन् भने अर्काथरी अभिभावक विद्यालय खोलिनुपर्छ, नत्र आफ्ना बाबुनानीहरूलाई अन्यत्रै पठाउने भनेर बार्गेनिङ गरिरहेका छन्।
 
संसार नै कोरोनाको चपेटामा परिरहेको बेलामा कति अभिभावकले आफ्ना नानीबाबुलाई पढिरहेकै विद्यालयबाट भर्चुअल कक्षा लिइरहे तापनि शुल्क तिर्नुपर्ने बाध्यताबाट भाग्नलाई धमाधम अनलाइन कक्षाबाट झिकिरहेका छन्, एक किसिमले धोका दिने हिसाबमा। कुनै-कुनै विद्यालयले विद्यार्थी बटुल्ने बहानामा विभिन्न प्याकेजसहित निःशुल्क विद्यार्थी भर्ना गरिरहेका पनि छन्। यस्तो संक्रमणकालीन अवस्थामा एकले अर्कालाई सकेसम्म सहयोग गर्नुपर्ने बेलामा धेरैजसो अभिभावक तथा विद्यालय आआफ्नै स्वार्थ पूरा गर्ने तरखरमा लागेका देखिन्छन्। तर, कसैलाई पनि साँचो अर्थमा आफ्ना बालबालिकाको मस्तिष्क तथा मनोविज्ञानको वास्ता भएको देखिँदैन। धेरै विद्यालय अझै पर्ख र हेरको स्थितिमा भर्चुअल कक्षालाई नै निरन्तरता दिइरहेका छन्।
 
मेरो एकजना नजिकको छिमेकी दिदीले आफ्नो ७ कक्षामा पढ्ने नानीलाई अनलाइन कक्षाबाट ६-७ महिनापछि सुटुक्क झिकेर नजिकैको अर्को विद्यालयमा नयाँ भर्नाको पैसा नलिने सर्तमा लगेको कुरा सगर्व सुनाउँदै थिइन्। यस्तो अवस्थामा नयाँ विद्यालयले पुरानो विद्यालयबाट ट्रान्सफर सर्टिफिकेट र क्लियरेन्स मगाउनुपर्ने हो, तर यति नैतिकता पनि राखेको देखिएन। राखेको भए कमसेकम पुरानो विद्यालयले सात महिना अनलाइन पढाएवापत् पैसा त पाउँथ्यो नि!

अर्का एकजना दाइले एक कक्षामा पढ्ने आफ्नो बाबुको विद्यालयले सञ्चालन गरेको अनलाइन कक्षालाई सधैं खोट देखाउने गर्थे। तर, मंसिरको आधाबाट भौतिक रूपमै कक्षा सुरू गरेको विद्यालयमा आफ्नो बाबुलाई पठाएनन्। जाडो महिना त केवल बहाना थियो उनको लागि। भन्दै थिए- जाबो चार महिना पढाएर किन पूरा पैसा तिर्नु? म त यो साल स्कुल नै पठाउँदिनँ, अब चार महिना बिहानबेलुका घरमा नै अलिअलि हेर्छु अनि अर्को साल भनसुन गरेर दुई कक्षामा अर्कै विद्यालय हाल्छु छोरालाई।

कठै तिनको सोच! बालमनोविज्ञानमा यसले कस्तो असर पार्ला? सँगै पढिरहेका आफ्ना साथीहरू विद्यालय गइरहेको देखेर त्यो बच्चाको मनमा के परिरहेको होला? कसैले अनुमान लगाउन सक्ला र?

के अभिभावकले सधैं आफ्नै मात्र स्वार्थ हेर्ने त? आफ्नो छोरालाई तीन-चार वर्ष पढाएको त्यो विद्यालयप्रतिको उनको दायित्व केही पनि हुँदैन?

किन हामीहरूमा यति धेरै नैतिकताको अभाव भइरहेछ भन्ने कुरा सायद कसैले सोध गर्ला या नगर्ला, वा गर्न सक्ला वा नसक्ला? एउटा कुराचाहिँ पक्का हो, मानिसलाई यो विज्ञान र प्रविधियुक्त यान्त्रिक समयले साँच्चै नै अमानुष बनाउँदै छ।  जे कुरामा पनि नाफा र नोक्सानकै हिसाबकिताबबाट हामी गुज्रिँदै छौं।

बालबालिका पनि हामी वयस्कझैं तनावमा हुन्छन् भन्ने कुरा हामी अभिभावकले राम्ररी बुझेर उनीहरूका कुरा ध्यान दिएर सुनिदिनुपर्छ। उनीहरूको प्रेमको पाँचवटा भाषा हुन्छन्। केटाकेटी भनेका वस्तु हैनन् र उनीहरूलाई उनीहरूकै मायाको भाषा चिनेर त्यही अनुरूप जस्तैः कसैको भाषा ‘उपहार’ हुन सक्छ, कसैको ‘मीठो भाषा’ हुन सक्छ, कसैलाई ‘सही स्पर्श’ हुन सक्छ भने कसैको ‘मूल्यवान् समय’ हुन सक्छ।

कोरोना संक्रमण उत्कर्षमा रहेको समयमा आफू विद्यालय सञ्चालक भएर नि कस्तो विद्यालय खोल्नु हुँदैन भनी वकालत गर्दै लेख लेखेको भनेर धेरैले मसँग जिज्ञासा राखेका थिए। कोहीकोहीले आक्रोश पनि पोखे भने धेरैले राम्रो लेख्यौ भनेर स्याबासी र लेखलाई सामाजिक सञ्जालमा सेयर पनि गरे। सेयर गर्ने धेरैजसो अभिभावक हुनुहुन्थ्यो। कतिपयचाहिँ शिक्षक। हामी शिक्षकले जहिल्यै बालबालिकालाई केन्द्रमा राखेर सोचेका हुन्छाैं र सोच्नु पनि पर्छ। त्यसमा पनि सन्तानको अभिभावक भइसकेपछि कसरी आफ्ना बाबुनानीलाई राम्रो हुन सक्छ भनेर सोच्नुपर्ने हो। धनसम्पतिसँग सन्तानको तुलना नै हुन सक्दैन। अभिभावक भएर जसरी हामी आफ्नो सन्तानका निम्ति सोचिरहेका हुन्छौं नि, त्यसरी नै एउटा विद्यालय सञ्चालक, प्रधानाध्यापक तथा शिक्षकले आफ्ना विद्यार्थीकै बारेमा सोचिरहेको हुन्छ भन्ने कुरालाई राम्ररी बुझ्नु जरूरी छ।
 
बालबालिका पनि हामी वयस्कझैं तनावमा हुन्छन् भन्ने कुरा हामी अभिभावकले राम्ररी बुझेर उनीहरूका कुरा ध्यान दिएर सुनिदिनुपर्छ। उनीहरूको प्रेमको पाँचवटा भाषा हुन्छन्। केटाकेटी भनेका वस्तु हैनन् र उनीहरूलाई उनीहरूकै मायाको भाषा चिनेर त्यही अनुरूप जस्तैः कसैको भाषा ‘उपहार’ हुन सक्छ, कसैको ‘मीठो भाषा’ हुन सक्छ, कसैलाई ‘सही स्पर्श’ हुन सक्छ भने कसैको ‘मूल्यवान् समय’ हुन सक्छ। प्रेम (लभ) अथवा मायाको भाषा। यी विभिन्न माध्यमबाट  व्यवहार गर्‍यौं भने हामीले सही अभिभावकत्व प्रदान गरेका हुनेछौं र यस्ता बाबुनानीहरू भविष्यमा जिम्मेवार नागरिक बन्ने छन्। आफ्नो स्वार्थपूर्तिका निम्ति हामीले कहिल्यै आफ्ना बाबुनानीको प्रयोग नगरौं र प्रयोग हुनबाट जोगाऔं।

अहिलेको संक्रमणकालीन अवस्थामा बालबालिकाको भविष्यसँग न त अभिभावकलाई खेल्ने अधिकार छ न त विद्यालयलाई नै। त्यसैले सुन्दर भविष्यका कर्णधार निर्माण गर्नुपर्ने दायित्व बोकेका हामी अभिभावक तथा विद्यालय सञ्चालकहरूले सकेसम्म यो स्थितिमा एकअर्कालाई सहयोग गरेर आफ्ना बाबुनानीमा पनि त्यस्तै संस्कारको विकास गर्नमा मद्दत पुर्‍याऔं।

मेरा ७ कक्षामा पढ्ने छोराले एकदिन भन्यो, “ममी म पनि अब अनलाइन कक्षा लिन्नँ, बेकारमा किन स्कुलको जाबो दुई-तीन घण्टा अनलाइन कक्षाको शुल्क तिर्ने? अब स्कुल खुलेपछि अर्कै स्कुलमा भर्ना हुन्छु नि!’’ म त छक्क परेँ। बुझ्दै जाँदा उसको एकजना मिल्ने साथीले आफ्नो बाबामामुबाट त्यही कुरा सुनेको रहेछ र उसलाई भनेको रहेछ। त्यो साथीले सात महिनासम्म अनलाइन कक्षामा जोडिएर पछि विद्यालय नै परिवर्तन गरेको रहेछ। छोरालाई झपारेँ मैले अनि भोलिपल्टै श्रीमानलाई भनेर हामीले अनलाइन कक्षाको शुल्क बुझायौं। अहिले पनि ऊ निरन्तर अनलाइन कक्षामा जोडिइरहेकै छ। यो साल ऊ पुरानै विद्यालयमा पढ्ने छ, अर्को वर्ष सोचाैंला।

विचार / अन्तर्वार्ता

संक्रमणकालमा थपिएको अभिभावकीय जिम्मेवारी

प्रकाशित: मंगलबार, पुस २८, २०७७ ०८:२३
  • सबैभन्दा बढी पर्यटन र शैक्षिक क्षेत्रलाई नराम्ररी थला पारेको यो भाइरसले गर्दा धेरै शैक्षिक संस्था तथा होटल व्यवसाय बन्द छन् र केही त सधैंका लागि बन्द हुने अवस्थामा पुगेका छन्।
  • कोरोना संक्रमण उत्कर्षमा रहेको समयमा आफू विद्यालय सञ्चालक भएर नि कस्तो विद्यालय खोल्नु हुँदैन भनी वकालत गर्दै लेख लेखेको भनेर धेरैले मसँग जिज्ञासा राखेका थिए।
  • अहिलेको संक्रमणकालीन अवस्थामा बालबालिकाको भविष्यसँग न त अभिभावकलाई खेल्ने अधिकार छ न त विद्यालयलाई नै।

सिफारिस