२०७७ माघ ५, सोमबार

करातेका मण्डेकाजी उत्कृष्ट खेलाडी घोषित

काठमाडौँ। करातेका मण्डेकाजी श्रेष्ठ वर्षको उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको एनएसजेएफपल्सर स्पोर्ट्स अवार्ड २०७६ मा मण्डेकाजीले उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन्।

१३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा मण्डेकाजीले दुई स्वर्ण पदक जितेका थिए। दोहोरो स्वर्ण पदक जित्ने तीन खेलाडीमध्ये मण्डेकाजी एक खेलाडी हुन्। मण्डेकाजीबाहेक तेक्वान्दोकी आयषा शाक्य र गल्फका सुवास तामाङले दोहोरो स्वर्ण पदक जितेका थिए। त्यसबाहेक पौडीकी गौरिका सिंहले चार स्वर्ण पदक जितेकी थिइन्। 

मण्डेकाजी यस वर्ष पिपल्स च्वाइस विधाको मनोनयनमा पनि परेका थिए। 

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कराते हलमा भएको कार्यक्रममा मण्डेकाजीले फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपिचन्द कार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई पछि पार्दै अवार्ड जितेका हुन्। गल्फका सुवास उत्कृष्ट युवा खेलाडी घोषित भएका थिए। 

मण्डेकाजीले सागमा टीम काता र एकल स्पर्धामा स्वर्ण पदक जितेका थिए। त्यस्तै आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि मण्डेकाजीले एकलकातामा स्वर्ण पदक र टीम कातामा रजत पदक जितेका थिए। 

३६ वर्षे मण्डेकाजीले बंगलादेशमा सम्पन्न कराते साफ च्याम्पियनसिपमा एकल कातामा काश्य पदक र टीम कातामा स्वर्ण पदक जितेका थिए। त्यस्तै नवौं थाइल्यान्ड ओपन च्याम्पियनसिपमा रजत पदक जितेका मण्डेकाजी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएको थिए।

खेलकुद

करातेका मण्डेकाजी उत्कृष्ट खेलाडी घोषित

प्रकाशित: मंगलबार, पुस २८, २०७७ १९:०७
  • १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा मण्डेकाजीले दुई स्वर्ण पदक जितेका थिए।
  • दोहोरो स्वर्ण पदक जित्ने तीन खेलाडीमध्ये मण्डेकाजी एक खेलाडी हुन्।