२०७७ माघ १०, शनिबार

कोरोनाविरुद्धको खोपका लागि योगदान गर्न स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं। सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि ठूलो रकम आवश्यक पर्ने भन्दै आर्थिक सहयोगका लागि दाताहरूसँग अपिल गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना प्रकाशित गरी कोभिड-१९ खोपका लागि खोप कोषमा योगदान गर्न आह्वान गरेको हो। 

‘‘नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ कात्तिक २४ गतेको निर्णयअनुसार नेपाल सरकारबाट आकस्मिक प्रयोगको लागि स्वीकृति प्राप्त भएको खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत लक्षित समूहहरूलाई निःशुल्क खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक भएकोले दातृ निकाय, विदेशी, विभिन्न व्यावसायकि एवं सामाजिक र परोपकारी संस्था एवं फिलान्थ्रोपिक एसोसिएसनलाई देहायको खातामा रकम जम्मा गरी खोप कोषमा योगदान गर्नका लागि नेपाल सरकार हार्दिक आह्वान गर्दछ,’’ मन्त्रालयद्वारा जारी गरिएको सार्वजनिक सूचनामा भनिएको छ।

मन्त्रालयले कोषमा योगदान गर्ने दाताहरूसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकम परिचालन र खर्चको समीक्षा गरिने जनाएको छ। उक्त कोषमा योगदान गर्न चाहनेले कोष तथा लेखा नियन्त्रकको कार्यालय त्रिपुरेश्वरको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर १७००१००१०२०६०००० मा रकम जम्मा गर्न सकिने मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयले विश्वमा परीक्षण भइरहेका कोरोनाविरुद्धका खोप व्यावसायिक रूपमा बजारमा आएपछि ल्याउने तयारी भइरहेको बताएको छ। ‘‘उक्त खोप प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत लक्षित समूहहरूलाई निःशुल्क उपलब्ध गराउन सरकारबाट आवश्यक तयारी भइरहेको छ,’’ मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ, ‘‘ सो खोपले हजारौंको जीवन रक्षा गर्नुको साथै महामारी नियन्त्रण हुन गई आर्थिक तथा सामाजिक क्रियाकलाप सुचारू गर्नसमेत मद्दत पुग्ने अपेक्षा गरिएको छ।’’ 

स्वास्थ्य कोभिड–१९ महामारी

कोरोनाविरुद्धको खोपका लागि योगदान गर्न स्वास्थ्य मन्त्रालयको अपिल

प्रकाशित: बुधबार, पुस २९, २०७७ ०८:४५
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना प्रकाशित गरी कोभिड-१९ खोपका लागि खोप कोषमा योगदान गर्न आह्वान गरेको हो। 
  • मन्त्रालयले कोषमा योगदान गर्ने दाताहरूसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकम परिचालन र खर्चको समीक्षा गरिने जनाएको छ।

सिफारिस