आज पनि बढ्यो सुनचाँदीको मूल्य, कति छ तोलामा?
काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १०० र चाँदीको भाउ प्रतितोला १० रूपैयाँले बढेको हो।
स्थानीय बजारमा मंगलबार छापावल सुनको कारोबार प्रतितोला ९२ हजार ८०० रूपैयाँमा भएको थियो। जसमा आज १०० रूपैयाँले बढेर प्रतितोला ९२ हजार ९०० पुगेको छ।
यसैगरी, आज तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ४०० रूपैयाँ तोकिएको छ। सुनको मूल्य बढेको दिन आज चाँदीको भाउ पनि बढेको छ।
मंगलबार तोलामा एक हजार २५० रूपैयाँमा किनबेच भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार २६० रूपैयाँ पुगेको छ।
अर्थतन्त्र
बजार
आज पनि बढ्यो सुनचाँदीको मूल्य, कति छ तोलामा?
प्रकाशित: बुधबार, पुस २९, २०७७ ११:१६
- मंगलबार छापावल सुनको कारोबार प्रतितोला ९२ हजार ८०० रूपैयाँमा भएको थियो।
- आज प्रतितोला १०० रूपैयाँले बढेको छ।