२०७७ माघ १०, शनिबार

सहकारी बैंक स्थापनाका लागि प्रारम्भिक भेला हुने

काठमाडौं। प्रस्तावित नेपाल सहकारी बैंक दर्ता प्रक्रिया सुरू गर्न प्रारम्भिक भेला यही माघमा काठमाडौंमा हुने भएको छ।

मुलुकभरका करिब ३५ हजार सहकारी संस्थाको आर्थिक कारोबार राख्नेगरी बैंक स्थापनाको प्रक्रिया अगाडि बढाउने क्रममा यही माघ १७ गते भेला आयोजना गर्न लागिएको हो। देशभरिकै सहकारी संस्थाको प्रतिनिधित्व हुनेगरी बैंक स्थापनाको तयारी भइरहेको बैंक गठन कार्यदलका संयोजक सुरेन्द्र भण्डारीले जानकारी गराएका छन्। प्रारम्भिक भेला सम्पन्न गरी दर्ता प्रक्रियाका लागि सहकारी विभाग जाने तयारी गरिएको उनले बताए।
 
प्रारम्भिक भेलासँगै विभागमा दर्ता प्रक्रिया सुरू गर्ने र राष्ट्र बैंकबाट स्वीकृति लिने प्रक्रिया अघि बढाइने योजना रहेको जानकारी गराइएको छ। नेपाल सहकारी बैंकको नाममा दर्ताका लागि आवश्यक तयारी पूरा भएको कार्यदलका संयोजक भण्डारीले बताए। उनका अनुसार भेलालगत्तै प्रक्रिया अघि बढ्नेछ र मुलुककै सहकारी क्षेत्रको सबैभन्दा ठूलो बैंक हुनेछ।

संस्था दर्ता हुन ५०१ सहकारी संस्था आवश्यक पर्छ। ती मध्ये हालसम्म करिब एक हजार संस्था दर्ता प्रक्रियामा सहभागी हुने तयारी भइरहेको छ। बैंकमा सदस्य सहकारी हुन आवेदक सहकारीले लगातार तीन वर्षदेखि नाफामा रहेको हुनुपर्नेछ। बैंक स्थापना हुन आवश्यकभन्दा बढी नै फाइल संकलन भइसकेको भण्डारीले बताए।

“अहिले सञ्चालनमा रहेको सहकारी बैंकले सबै सहकारी संघसंस्थाको आवश्यकता पूरा गर्न सक्दैन,” संयोजक भण्डारीले भने, “त्यसका लागि नयाँ बैंक स्थापना गर्ने प्रक्रिया अघि बढाएका हौं। प्रारम्भिक चरणमा बैंकको सेयर पूँजी तीन अर्ब रूपैयाँ हुनेछ।”

सहकारी ऐन-२०४८ मा भएको व्यवस्था अनुरूप स्थापना भएको बैंक सञ्चालनमा छ। तथ्यांकअनुसार सहकारी बैंकमा करिब १२ हजारमात्र सदस्य छन्। बैंकले सहकारी संघसंस्थाहरूसँग मात्र कारोबार गर्न पाउने व्यवस्था छ। 

नयाँ ऐनमा एकभन्दा बढी सहकारी बैंक गठन गर्न सकिने व्यवस्था उल्लेख भएपछि नयाँ बैंक स्थापना प्रक्रिया अघि बढाइएको हो। हाल सञ्चालनमा रहेको सहकारी बैंकले नेपाल राष्ट्र बैंकबाट बैंकिङ अनुमति पाएको छैन।

अर्थतन्‍त्र

सहकारी बैंक स्थापनाका लागि प्रारम्भिक भेला हुने

प्रकाशित: बुधबार, पुस २९, २०७७ १२:११
  • मुलुकभरका करिब ३५ हजार सहकारी संस्थाको आर्थिक कारोबार राख्नेगरी बैंक स्थापनाको प्रक्रिया अगाडि बढेको छ।
  • प्रारम्भिक भेला सम्पन्न भएपछि दर्ता प्रक्रियाका लागि सहकारी विभाग जाने तयारी छ।
  • प्रारम्भिक चरणमा बैंकको सेयर पूँजी तीन अर्ब रूपैयाँ हुनेछ।

सिफारिस