२०७७ माघ ६, मंगलबार

बिकिनी लगाउनुपर्ने भनेपछि जब आयशा जुल्काले चलचित्र नै छोडिन् ...

काठमाडौँ। बलिउड अभिनेत्री आयशा जुल्का ९० को दशकमा चर्चित थिइन्। उनले ‘खेलाडी’, ‘जो जीता वही सिकन्दर’, ‘हिम्मतवाला’, ‘वक्त हमारा है’, ‘चाची ४२०’ लगायतका चलचित्रमा काम गर्दै उनी लोकप्रिय बनेकी थिइन्। उनी सन् २०१० मा आएको चलचित्र ‘अदा... ए वे अफ लाइफ’मा देखिइन्। त्यसपछि भने उनी चलचित्र क्षेत्रबाट हराइन्। उनले अक्षय कुमारसँग पनि काम गरिसकेकी थिइन्। 

उनको अन्तिम चलचित्र ‘जिनियस’ सन् २०१८ मा रिलिज भयो। त्यसपछि भने उनी चलचित्रमा सक्रिय हुन सकेकी छैनन्। त्यसको कारण उनले सार्वजनिक गरेकी छिन्। एक अन्तर्वार्ताको क्रममा उनले विवाह गरेपछि बलिउडसँगको नाता तोड्नुको कारण बताइन्। 

डेट जान नमान्दा मनी रत्नमको चलचित्र ‘रोजा’ उनले छोड्नुपरेको थियो। त्यस्तै रामा नायडूको चलचित्र ‘प्रेम कैदी’का लागि पनि अफर आएको थियो। उनले चलचित्रमा बिकिनी लगाएको सिन दिनुपर्ने भएपछि उनले उक्त चलचित्रबाट पछि हटेकी थिइन्।

“‘प्रेम कैदी’मा मैले बिकिनी लगाउनुपर्ने थियो। त्यसैले मैले यो चलचित्रमा काम गरिन्। मलाई मेरो घरपरिवार, समाज, रीतिरिवाज, धर्मसंस्कृतिभन्दा बाहिर गएर काम गर्नुछैन,” उनले अन्तर्वार्ताको क्रममा भनेकी थिइन्। 

सानै उमेरमा आफू चलचित्र क्षेत्रमा लागेको भन्दै विवाहभन्दा पहिला नै धेरै रमाइलो गरेको बताइन्। विवाह गरेपछि आफ्नो घरपरिवार तथा व्यवहारलाई अगाडि बढाउन आफूले चलचित्र क्षेत्र छोडेको उनको भनाइ छ। 

उनले सन् २००३ मा समीर वाशीसँग विवाह गरेकी थिइन्। समीर एक विजनेसम्यान हुन्।

मनोरञ्‍जन

बिकिनी लगाउनुपर्ने भनेपछि जब आयशा जुल्काले चलचित्र नै छोडिन् ...

प्रकाशित: बुधबार, पुस २९, २०७७ १४:१८
  • आयशा जुल्का ९० को दशककी चर्चित अभिनेत्री थिइन्। 
  • सन् २००३ मा समीर वाशीसँग विवाह गरेकी थिइन्। 
  • विवाहपछि उनी चलचित्र क्षेत्रबाट निष्क्रिय भएकी थिइन्। 

सिफारिस