२०७७ माघ १०, शनिबार

चीनमा फेरि कोरोना त्रास, चार सहरमा लकडाउन

काठमाडौं। चीनमा पाँच महिनापछि कोरोना संक्रमण एक दिनमा सबैभन्दा अधिक संख्यामा देखापरेको छ। चीनले कोरोनाको नयाँ लहरबाट बच्न चार सहरमा लकडाउन जारी गरेको छ। परीक्षण बढाइएको छ भने सुरक्षाका अन्य कदमसमेत चालिएको छ।

नयाँ संक्रमित अधिकांश राजधानी बेइजिङ नजिक देखिएका छन्। बुधबार जारी आधिकारिक आँकडाअनुसार चीनको उत्तरपूर्वी एक प्रान्तमा पनि संक्रमण तीव्र गतिमा बढेको पाइएको छ। संक्रमणको खतरा बढेपछि दुई करोड ८० लाखभन्दा बढी नागरिकलाई होम क्वारेन्टिनमा राखिएको छ।

नेसनल हेल्थ कमिसनका मुताबिक चीनमा ११५ नया संक्रमित पुष्टि भएको छ, यसअघि ५५ जनामा संक्रमण देखिएको थियो। जुलाई ३० पछि एक दिनमा देखिएको सबैभन्दा ठूलो संख्या यही हो। १०७ जनामा लोकल इन्फेक्सन देखिएको थियो। ९० जना संक्रमित हिबे प्रान्तमा भेटिएका थिए। उत्तरपूर्वी हेलुंगजांगमा १६ नयाँ संक्रमित भेटिएका छन्।

हिबेको तीन सहरमा लकडाउन गरिएको छ। अन्यत्र नफैलियोस् भनेर बेइजिङ प्रशासनले स्क्रिनिङका साथै अन्य आवश्यक कदम चालिसकेको छ।

हेलुंगजांग प्रान्तमा बुधबार कोभिड-१९ इमर्जेन्सी घोषणा गरिएको छ। प्रान्तीय राजधानी हार्बिनको सीमानजिकको सुहुआ सहरले लकडाउन गरेको छ। त्यहाँ ५२ लाख मानिस बस्छन्।
(बीबीसी)

अन्तर्राष्ट्रिय

चीनमा फेरि कोरोना त्रास, चार सहरमा लकडाउन

प्रकाशित: बुधबार, पुस २९, २०७७ १५:२२
सारांशमा :
  • नयाँ संक्रमित अधिकांश राजधानी बेइजिङ नजिक देखिएका छन्। 
  • संक्रमणको खतरा बढेपछि दुई करोड ८० लाखभन्दा बढी नागरिकलाई होम क्वारेन्टिनमा राखिएको छ।
  • हेलुंगजांग प्रान्तमा बुधबार कोभिड-१९ इमर्जेन्सी घोषणा गरिएको छ। 
पूरा पढ्नुहोस्

सिफारिस