२०७७ माघ ५, सोमबार

माधवजीलाई केपीजीका मान्छेले भगाउँछन भन्ने डर लाग्छः प्रचण्ड 

काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाललाई केपी शर्मा ओली समूहले भगाउने डर लागेको खुलासा गर्दै  नेपाललाई आफ्नो समूहको प्रथम अध्यक्ष घोषणा गरेका छन्।

प्रज्ञा भवनमा आयोजित काठमाडौं स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्ने क्रममा आफूसँगै राजनीतिक रुपमा विभाजित भएर आएका नेता नेपाललाई प्रधानमन्त्री ओली निकट नेताहरुले घेरामा राखेको देख्दा भगाउलान भन्ने डर लागेको खुलासा गरेका हुन्।

"बिहान माधवजीकोमा देख्छु, केपीजीकै मान्छे हुन्छन्, बेलुका जान्छु, केपीजीकै मान्छेले घेरिरहेको देख्छु। मलाई त कहिलेकाँही लाग्छ: कतै केपीजीका मान्छेले माधवजीलाई नै भगाउँछन कि भन्ने डर लाग्छ। यो डर मलाई लागेकै हो, त्यसैले पनि माधव नेपाललाई पहिलो अध्यक्ष मान्न मलाई कुनै संकोच छैन," प्रचण्डले भने।

पूर्व एमालेका नेताहरुले नेपाललाई आफूसँग नमिल्न दबाब बढाएको महशुश गरेका प्रचण्डले त्यसपछि नेपाललाई पहिलो अध्यक्ष मान्नु परेको पनि प्रष्ट्याए।
 
प्रचण्डले षडयन्त्र गरेर पूर्व एमाले फुटाएको भन्ने आशंका नगर्न आग्र्ह गर्दै उनले नेपालसँग पञ्चायतकाल देखी सबन्ध रहेको उल्लेख गर्दै ओलीको कदमका विरुद्धमा एक भएर संघर्षमा उत्रेको बताए।

राजनीति

माधवजीलाई केपीजीका मान्छेले भगाउँछन भन्ने डर लाग्छः प्रचण्ड 

प्रकाशित: बुधबार, पुस २९, २०७७ १५:४३
सारांशमा :
  • केपीजीका मान्छेले माधवजीलाई नै भगाउँछन कि भन्ने डर लाग्छ। 
  • माधव नेपालजीसँग पञ्चायत कालदेखि सम्बन्ध थियो।
पूरा पढ्नुहोस्