२०७७ माघ १०, शनिबार

दश महिनापछि देशभरका नाटकघर खुल्दै, यस्ता छन् कार्यक्रम

काठमाडौँ। गत चैतदेखि बन्द रहेको नेपालका नाटकघर (थिएटर) माघ १ गतेदेखि खुल्ने भएका छन्। नाटकघरहरूको साझा संगठन थिएटर हबले भोलिबाट देशभरका अधिकांश नाटकघर खुल्न लागेको जनाएको छ। 

गत चैतमा लकडाउन भएपछि थिएटर पनि बन्द भएका थिए। अन्य क्षेत्र बिस्तारै खुल्दै गए पनि थिएटर भने खुल्न सकेका थिएनन्। सरकारले खोल्ने अनुमति दिएसँगै थिएटरहरू आफ्ना गतिविधिअगाडि बढाउन थालेका हुन्।  

नाटकघरहरू बन्द भएपछि नाट्य मञ्चनहरू रोकिएका थिए। भने रङ्गकर्मीहरू आर्थिक र मानसिक संकटमा परेका थिए।  

अब स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै नाटकघर सञ्चालन गरिनेछ। त्यसका लागि दर्शकहरुबीच भौतिक दुरी राखिने, मास्क अनिवार्य र स्यानिटाइजर उपलब्ध गराइने थिएटर हबले जनाएको छ। त्यस्तै मञ्चन हुने कुनै पनि नाट्य प्रस्तुतिहरू एक घण्टाभन्दा लामो हुने छैन।

थिएटर हबले नाटकघर खुलेसँगै आयोजना हुने कार्यक्रम पनि सार्वजनिक गरेको छ। 

नाटकघर र तोकिएका कार्यक्रम यस्ता छन्–

१) माघ १ गते बिहीबार शिल्पी थिएटरमा नाटक ‘६ पात्रको एकालाप’ नाटक मञ्चन हुनेछ। त्यसका लागि समय दिउँसो ४ बजे तोकिएको छ। 

२) माघ २ गते साँझ ५ बजे कौसी थिएटरमा ‘हराउँदै भेटाउँदै’ शीर्षकमा प्लेब्याक थिएटर हुनेछ।

३) माघ ४ गते बिहान ८ बजेदेखि विराटनगरको झोराहट थिएटरमा नाटक ‘कोरोना टाइम्स’ मञ्चन हुनेछ। 

४) माघ ५ गते विराटनगरकै आरोहण गुरुकुलमा दिउँसो ३ बजे नयाँ नाटकको नमूना मञ्चन र छलफल हुनेछ। 

५) माघ ६ गते पोखरा थिएटरले नाटक महोत्सव घोषणा गर्नेछ। 

६) माघ ७ गते मण्डला थिएटरमा दिउँसो ३ बजे ‘कोरोना अघि र पछिको रङ्गमञ्च र अबको बाटो’ शीर्षकमा संवाद हुनेछ। 

७) माघ ८ गते शैली थिएटरमा दिउँसो १ बजे ‘शैली संवाद’ शीर्षकमा छलफल हुनेछ।

८) माघ ९ गते दिउँसो २ बजे थिएटर मल कीर्तिपुरमा ‘पोयट्री पटरी’ नामक कार्यक्रममा रङ्गकर्मीहरूले कविता सुनाउनेछन्।

मनोरञ्‍जन

दश महिनापछि देशभरका नाटकघर खुल्दै, यस्ता छन् कार्यक्रम

प्रकाशित: बुधबार, पुस २९, २०७७ १५:५२
  • गत चैतदेखि नाटकघर बन्द थिए। 
  • माघ १ गतेदेखि खुल्दै छन्। 
  • माघ ९ गतेसम्मका तालिका सार्वजनिक गरिएको छ। 

सिफारिस