२०७७ माघ १०, शनिबार

कोदालोको बिडले हानी हत्या

काठमाडौँ। काठमाडौँको चन्द्रागिरी नगरपालिका–४ थानकोट घुमाउने बस्ने ५२ वर्षीय होम बहादुर सुधारको हत्या गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही नगरपालिका–२ मसिने बस्ने २३ वर्षीय रामकृष्ण तामाङ रहेका छन्। उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। 

घुमाउनेस्थित टहराको आँगनमा होम बहादुर अचेत अवस्थामा रहेको भनी रामकृष्णले खबर गर्नासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले घाईतेलाई उपचारको लागि शहिद मेमोरियल अस्पताल कलंकी पठाएको थियो। होम बहादुरको उपचारको क्रममा मृत्यु भएको थियो। 

घटनाको थप अनुसन्धान गर्ने क्रममा रामकृष्णले लेनदेनको विषयमा विवाद हुँदा कोदालोको बिडले प्रहार गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।  

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

अपराध

कोदालोको बिडले हानी हत्या

प्रकाशित: बुधबार, पुस २९, २०७७ १६:०१
सारांशमा :
  • काठमाडौँको चन्द्रागिरी नगरपालिका–४ थानकोट घुमाउने बस्ने ५२ वर्षीय होम बहादुर सुधारको हत्या गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
पूरा पढ्नुहोस्

सिफारिस