१० केजी गाँजासहित श्रीमान-श्रीमती पक्राउ
सर्लाही। ईश्वरपुर नगरपालिका–१३ रेलवे फाँटबाट करिब १० किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा मोहत्तरी गौशाला नगरपालिका–३ बस्ने ५० वर्षीय नवल किशोर साह र उनकी श्रीमती ४० वर्षीया उर्मीला देबी साह रहेका छन्।
विशेष सूचनाको आधारमा प्रहरी चौकी गौरीशंकरबाट खटिएको प्रहरीले ज. ११ प ७९७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लुकाई ल्याएको उक्त गाँजा फेला परेपछि उनीहरूलाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
अपराध
१० केजी गाँजासहित श्रीमान-श्रीमती पक्राउ
प्रकाशित: बुधबार, पुस २९, २०७७ १६:१४
- पक्राउ पर्नेहरूमा मोहत्तरी गौशाला नगरपालिका-३ बस्ने ५० वर्षीय नवल किशोर साह र उनकी श्रीमती ४० वर्षीया उर्मीला देवी साह रहेका छन्।