२०७७ माघ ६, मंगलबार

ओली समुहको तर्कः महासचिव बिनाको बैठकका निर्णय बैधानिक हुदैनन, चुनावको तयारीमा दलहरु लागिसकेका छन्

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफूसँग राजनीतिक रुपमा विभाजित भएर गएको पुष्पकमल दाहाल प्रचण्ड समूहले बैधानिकता नपाउने दावी गरेको छ।

बिघटित प्रतिनिधिसभामा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा निर्वाचन आयोग पुगेको टोलीले पार्टीको अन्तरिम विद्यानमा महासचिव विना बैठक बस्न नसक्ने लगायतका कारण प्रचण्ड समूहको पार्टी बैधानिक नहुने तर्क पेश गरेको छ।

नेम्वाङका अनुसार नेकपाको अन्तरिम विधानले आधारिकता विवादका बारेमा महासचिवको अनुपस्थितिलगायत अध्यक्षलाई दिएको अधिकारसमेत जोडेर आफ्नो पार्टी बैधानिक भएको दावी गरेको हो। 

"नेकपाको अन्तरिम विधानले महासचिव विना बैठक बस्नसमेत नसक्ने परिकल्पना गरेको छ। उहाँ (प्रचण्ड समूह)हरुले महासचिव विना बसेको बैठकले गरेको निर्णय कसरी आधिकारिक हुन्छ ? भन्ने बारेमा जानकारी दिएका छौं," नेम्वाङले भने, "त्यसमाथी, निर्वाचनको तयारीमा सबै जसो राजनीतिक दलहरु लागिसकेको अवस्थामा ढुक्क भएर निर्वाचनको तयारी गर्न अनुरोध पनि गरेका छौं।"

निर्वाचन आयोगले पार्टीको आधिकारिकता बारेमा प्रश्न उठाउँदै जवाफ मागेपछि प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको नेकपाले आज लिखित जवाफ आयोगलाई दिएको हो।

पार्टीका तर्फबाट  नेम्वाङसहित गृह मन्त्री रामबहादुर थापा, अर्थ मन्त्री विष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, काठमाडौं महानगरपालिकाका मेयर विध्यासुन्दर शाक्यलगायत निर्वाचन आयोग पुगेका थिए।

राजनीति

प्रकाशित: बुधबार, पुस २९, २०७७ १६:४२
सारांशमा :
  • प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको नेकपाले आज लिखित जवाफ आयोगलाई दिएको हो।
  • नेकपाको अन्तरिम विधानले महासचिव विना बैठक बस्नसमेत नसक्ने परिकल्पना गरेको छ।
पूरा पढ्नुहोस्

सिफारिस