२०७७ माघ ५, सोमबार

अमेरिकामा ६८ वर्षपछि महिलालाई दिइयो मृत्युदण्ड, कसूर : गर्भवती महिलाको हत्या गरी पेटको बच्चा अपहरण

काठमाडौं। अमेरिकामा ६८ वर्षपछि पहिलो पटक कुनै एक महिलालाई मृत्युदण्ड दिइएको छ। बुधबार अमेरिकामा लीसा मोन्टगोमेरी नाम गरेकी महिलालाई मृत्युदण्ड दिइएको हो। 

५२ वर्षीया लीसालाई सन् २००७ मा एक जघन्य अपराध सम्बन्धी मुद्दामा दोषी ठहर गरिएको थियो। केन्द्रीय अदालतले उक्त मुद्दामा उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो, जसको कार्यान्वयन बुधबार गरिएको छ। 

बुधबार उनलाई अमेरिकाको इण्डियाना राज्यको एक जेलमा इन्जेक्सनमार्फत विष दिई मृत्युदण्ड दिइएको थियो। यसअघि अमेरिकाको सर्वोच्च अदालतले सजाय रोक्न उनले गरेको अपिल खारेज गरेको थियो। 

अदालतमा लीसाका वकिलले ‘उनको मानसिक अवस्था ठिक नभएको’ दलिल पेश गरेका थिए। 

मृत्युदण्डको सजाय कार्यन्वयन गर्नुअघि लीसाको अनुहारमा लगाइएको मास्क हटाई उनलाई ‘मर्नुभन्दा अघि केही भन्नु छ?’ भनि सोधिएको थियो। जवाफमा उनले ‘केही छैन’ भनेकी थिइन्। 

लीसालाई मृत्युदण्ड दिएपछि उनका वकिल काइल हेनरीले भनेका छन्, “लीसाले न्याय पाइनन्। उनलाई सजाय दिन जो सहभागी छन् उनीहरुलाई लाज लाग्नु पर्छ। किनकी उनीहरुले समस्याहरुले घेरीएकी एक महिलामाथिको सजाय रोक्न सकेनन्।” 

अमेरिकी न्याय विभागका अनुसार लीसाको सजाय दुई पटक रोकिएको थियो। दुवै पटक कोरोना महामारीका कारण रोकिएको थियो। 

लीसाले सन् २००४ मा अमेरिकाको मिसोरी राज्यमा एक गर्भवती महिलालाई घाटी थिची हत्या गरेकी थिइन्। हत्या गरेपछि चक्कुले मृत महिलाको पेट चिरेर बच्चा झिकी अपहरण गरेकी थिइन्। 

यसअघि पछिल्ल्लो पटक अमेरिकामा सन् १९५३ मा महिलाई मृत्युदण्ड दिइएको थियो। अमेरिकामा मृत्युको सजाय सम्बन्धी रेकर्ड राख्ने केन्द्र (डीपीआई सेन्टर)का अनुसार १९५३ मा मिसोरी राज्यमा बोनी हेडीलाई ग्यास च्याम्बरमा राखेर मृत्युदण्डको सजाय कार्यन्वयन गरिएको थियो।

सन् २००४ डिसेम्बरमा लीसाले बाबी जो स्टिन्नेटसँग कुकुरको बच्चा खरिद गर्ने कुराकानी गरेकी थिईन्। न्याय विभागको प्रेस विज्ञप्ति अनुसार लीसा कुकुरको बच्चा किन्न मिसोरी गएकी थिईन्, जहाँ बाबी बस्थिन्। 

बाबीको घरमा प्रवेश गरेपछि लीसाले उनीमाथि आक्रमण गरेकी थिइन्। त्यसपछि लीसाले घाटी थिचेर बाबीको हत्या गरेकी थिइन्। जति बेला यो घटना भयो, त्यतिखेर बाबी आठ महिनाकी गर्भवती थिइन्। 

सरकारी प्रेस विज्ञप्तिअनुसार हत्या गरेपछि बाबीको पेट चक्कुले चिरी उनको पेटबाट बच्चा झिकी लीसाले लगेकी थिइन्। केही समय लीसाले उक्त बच्चा आफ्नो भएको दाबी गरेकी थिइन्।
 
सन् २००७ मा अदालतले हत्या र अपहरण सम्बन्धी उक्त घटनामा लीसालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो। त्यसपछि लीसाका वकिलले उनको मानसिक अवस्था ठिक नभएको जनाउँदै सजाय माफी गर्न अपिल गरेका थिए। उनको अपिललाई अदालतले खारेज गरेपछि आज मृत्युदण्ड दिइएको हो। 
 
अन्तर्राष्ट्रिय

अमेरिकामा ६८ वर्षपछि महिलालाई दिइयो मृत्युदण्ड, कसूर : गर्भवती महिलाको हत्या गरी पेटको बच्चा अपहरण

प्रकाशित: बुधबार, पुस २९, २०७७ १७:००
सारांशमा :
  • लीसाले सन् २००४ मा अमेरिकाको मिसोरी राज्यमा एक गर्भवती महिलालाई घाटी थिची हत्या गरेकी थिइन्। 
  • हत्या गरेपछि चक्कुले मृत महिलाको पेट चिरेर बच्चा झिकी अपहरण गरेकी थिइन्। 
  • यसअघि १९५३ मा मिसोरी राज्यमा बोनी हेडीलाई मृत्युदण्ड दिइएको थियो। 
पूरा पढ्नुहोस्