२०७७ माघ ६, मंगलबार

प्रचण्डमा तीव्र एमालेकरण, फेरि पनि दोस्रो तहका अध्यक्ष

काठमाडौं। माधवकुमार नेपाल पुनः केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मुलधारतर्फ फर्कने भयमा परेका पुष्पकमल दाहाल प्रचण्ड फेरि दोस्रो तहका अध्यक्ष हुन मञ्जुर भएका छन्।

प्रज्ञा भवनमा आयोजित काठमाडौंका अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै राजनीतिक रुपमा विभाजित भएपछि आफ्नो समूहमा अध्यक्ष बनाइएका नेपाल पुनः ओलीतर्फ नै फर्कने देखिएको बताउँदै प्रचण्डले नेपाललाई नै प्रथम अध्यक्ष मान्न आफू मञ्जुर भएको बताए।

“माधवजीकहाँ जाँदा बिहानै केपी ओलीका मान्छेले घेरिरहेको देख्छु, साँझ पनि केपीका मान्छेले नै घेरिरहेका देख्छु। मलाई कतकता माधवजीलाई केपीका मान्छेले भगाएर लाने हुन कि भन्ने डर लागिरहेको छ। यसमा मलाई डर लागेकै हो,” प्रचण्डले प्रज्ञा भवनमा भने, “अब माधवजीलाई प्रथम अध्यक्ष मान्न मलाई कुनै संकोच छैन। उहाँ प्रथम अध्यक्ष नै हो।”

सोही अनुसार पहिलो पटक प्रचण्डले नेपाललाई प्रथम अध्यक्ष मान्दै प्रज्ञा भवनमा अन्तिम वक्ताको रुपमा उनलाई बोल्ने मौका दिए।

प्रचण्ड स्वयंले प्रज्ञा भवनमा नेपाललाई प्रथम अध्यक्ष घोषणा गरेर अन्तिम वक्ता बनाए पछि आजबाट औपचारिक रुपमा प्रचण्ड आफ्नो समुहमा दोस्रो अध्यक्ष भएका छन्। तर, मुल पार्टीबाट राजनीतिक रुपमा विभाजित भएर अलग भएको असन्तुष्ट समूहमा भने उनी पक्षधर सांसद र केन्द्रीय सदस्यहरुको बहुमत छ।

तत्कालिन माओवादीको नेतृत्व गरिरहेका प्रचण्डसँग ५३ मध्ये ५१ जना सांसदको साथ छ भने नेपाललाई तत्कालिन एमालेका जम्मा ३५ जना सांसदले मात्रै साथ दिएका छन्। विघटित प्रतिनिधिसभा सदस्यको हकमा प्रचण्ड बहुमतमा रहेझै केन्द्रीय कमिटी सदस्यको हकमा पनि उनी नै बहुमतमा छन्।

प्रचण्डको पक्षमा झन्डै २ सय केन्द्रीय सदस्य छन् भने नेपालसँग लगभग ८० जना केन्द्रीय सदस्य छन्। त्यसका बावजुद प्रचण्डले नेपाललाई आजवाट प्रथम अध्यक्ष मानेको घोषणा गरेका हुन्। 

“धेरै साथीलाई के लागेको छ भने, प्रचण्डले जालझेल र षडयन्त्र गरेर एमालेमा विभाजन ल्याएको हो। त्यसैले धेरै साथीहरु अझै खुल्न मानिरहनु भएको छैन,” प्रचण्डले अगाडी भने, “त्यस्तो विल्कुल होइन, कोही पनि हिच्किचाउनु पर्दैन्। यो एमालेको विभाजन होइन। यो ओली प्रवृतिको विरुद्धमा एकजुट भएको अवस्था हो।” 

ओलीसँग राजनीतिक र व्यक्तिगत बिमति रहे पनि पूर्व एमालेका लालवावु पण्डितलगायतका नेताहरु प्रचण्डलाई नेता मान्न नसकिने भन्दै सो समूहमा नलागेपछि प्रचण्डले नेपाललाई प्रथम अध्यक्ष बनाएर आफ्नो समूहमा आर्कषित गर्न खोजेको विश्लेषण गर्न थालिएको छ।

“माधव नेपाल र झलनाथ खनालहरुले प्रचण्डलाई अध्यक्ष मान्लान्। तर पूर्व एमालेका ९५ प्रतिशत नेता र कार्यकर्ताले उनलाई अध्यक्ष मान्दैनन्,” नेपाल निकट एक नेताको टिप्पणी छ, “त्यसैले पूर्व एमालेहरुलाई आफूसँग राखिराख्नका लागि पनि प्रचण्डले नेपालजीलाई प्रथम अध्यक्ष स्विकार गरेका हुन्।”

उनका अनुसार नेकपा विभाजन नभएर एमाले विभाजन भएको सन्दर्भमा प्रचण्डको चलाखीपूर्ण ‘प्रथम अध्यक्ष त्याग’लाई अर्थपूर्ण तरिकाले हेर्नुपर्नेछ।

उता, पूर्व एमालेहरुलाई आफ्नो समूहमा कायम राखिराख्नका लागि पनि प्रचण्डले तिव्र रुपमा आफूलाई एमालेकरण गर्न खोजेको दृश्य देखिन थालेका छन्।

बुधवारवाट औपचारिक रुपमा नेपाललाई प्रथम अध्यक्ष मान्न तयार भएका प्रचण्डले यसअघि नै सूर्य चिन्हमा जोडबलका साथ दावी प्रस्तुत गर्दै आएका छन्। 

“हाम्रो पार्टीले सूर्य चिन्ह नपाएमा आँधीबेहोरी ल्याउने छौं” अघिल्लो चुनावमा सूर्य चिन्ह लिएर प्रतिस्पर्धा गर्न तत्कालिन एमालेले प्रस्ताब गर्दा अस्विकार गरेका प्रचण्डले आजकाल भन्न थालेका छन्। सूर्य चिन्हप्रति अति आशक्ति देखाउन थालेका प्रचण्डले बु्धवारवाट जनताको बहुदलीय जनवाद (जबज) स्विकार गर्न अप्ठयारो नभएको संकेत गरेका छन्।

बुधवारको वृहत भेलामा तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारीद्धारा प्रतिवादित तथा एकीकरण हुनुअघि एमालेले सिद्धान्त स्विकार गरेको जबज आफ्नो कारणले नगुमेको प्रस्टीकरण दिएका छन्।

मदन भण्डारीको योगदानलाई राजनीतिक प्रतिवेदनमा मुल्याङकन गरिएको जनाउँदै प्रचण्डले ओलीले जबज छाडेपछि आफू पनि सहमत भएको दाबी गरे।

“मदन भण्डारीको जबज सबैभन्दा पहिला ओलीजीले छाडनु भएको हो। जबजलाई छाडेर समाजवाद उन्मुख जनताको जनवादमा पहिलो हस्ताक्षर गर्ने पनि उहाँ नै हो,” प्रचण्डले आरोप लगाए, “अहिले ओलीजीले जबज मैले मानिन भनेर जबजवादीलाई जोडने प्रयास गरेको देख्दा हाँसो उठछ।”

जबज ओलीका कारण गुमेको दाबी गर्दै त्यसलाई स्विकार गर्न आफू तयार रहेको संकेत गर्नेजस्ता प्रचण्डका कदमलाई एमाले पंक्ति जोगाउने रणनीतिक सोचअनुसार उनले आफूलाई एमालेकरण गरेजस्तो देखाएको नेताहरुको आरोप छ।
 
राजनीति

प्रचण्डमा तीव्र एमालेकरण, फेरि पनि दोस्रो तहका अध्यक्ष

प्रकाशित: बुधबार, पुस २९, २०७७ १७:४१
सारांशमा :
  • अब माधवजीलाई प्रथम अध्यक्ष मान्न मलाई कुनै सङ्‍कोच छैन।
  • नेकपाको असन्तुष्ट समूहमा प्रचण्डको बहुमत छ।
  • एमालेपंक्ति जोगाउन रणनीतिक रुपमा लागेका प्रचण्डले जबज पनि मान्ने संकेत गरेका छन्।
पूरा पढ्नुहोस्

सिफारिस