२०७७ माघ ६, मंगलबार

कक्षा १२ को नतिजा कहिले सार्वजनिक हुन्छ? 

काठमाडौं। कक्षा १२ को परीक्षा नतिजा माघको पहिलो सातामा सार्वजनिक गर्नेगरी राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ। गत मंसिर ९ गतेदेखि १६ गतेसम्म लिइएको परीक्षाको नतिजा माघको पहिलो सातासम्म सार्वजनिक गर्ने गरी तयारी भइरहेको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिए। 

विद्यार्थीको नम्बर इन्ट्री गर्ने काम सकिएको छ भने रुजुको काम भइरहेको र माघको पहिलो साताभित्र नतिजा सार्वजनिक गर्नेगरी तयारी भइरहेको उनले देखापढीलाई बताए। नतिजा पुष अन्तिममै सार्वजनिक गर्ने बोर्डको योजना थियो। तर, विद्यालयले भनेको जस्तो काम नगर्दा नतिजा सार्वजनिक गर्न ढिला भएको उनको भनाई छ। 

विद्यालयहरूले पठाएको नतिजामा धेरै क्रुटीहरू भेटिएपछि नतिजा प्रकाशनमा ढिलाइ भएरहेको बोर्डले जनाएको छ। 

“हाम्रो योजना पुष मसान्तसम्म नतिजा सार्वजनिक गर्ने भन्ने थियो। तर, विविध कारणले सार्वजनिक गर्न सकिएको छैन्। अब माघको पहिलो हप्ताभित्र सार्वजनिक गर्ने भनेर लागेका छौं,” प्रवक्ता अर्यालले भने। 

कोरोना भाइरसको महामारीका कारण गत वैशाखमै लिनुपर्ने परीक्षा मंसिरमा लिइएको थियो। जसमा नियमित र आंशिक गरी ४ लाख ३ हजार १ सय ८० विद्यार्थी सहभागी भएका थिए। 

परीक्षाको नतिजा सार्वजनिक गर्न ढिलाई हुँदा स्नातक तहको भर्ना प्रक्रिया प्रभावित भएको छ। मध्य पश्चिमाञ्चल विश्व विद्यालयले १२ को नतिजा सार्वजनिक नहुँदा इन्जिनियरिङ संकायको भर्ना कार्यक्रम नै स्थगित गरेको छ। विश्व विद्यालयले पुष २९ गतेसम्मका लागि प्रवेश परीक्षा आवेदन आह्वान गरेको थियो। माघ ५ गते प्रवेश परीक्षा गर्ने भनिएकोमा बोर्डले नतिजा सार्वजनिक नगरेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको विश्व विद्यालयले जनाएको छ। 

कोरोना महामारीका कारण यो वर्ष सम्बन्धित विद्यालयमै परीक्षा दिने व्यवस्था गरिएको थियो। 
 
शिक्षा

कक्षा १२ को नतिजा कहिले सार्वजनिक हुन्छ? 

प्रकाशित: बुधबार, पुस २९, २०७७ १७:५८
सारांशमा :
  • गत मंसिरमा कक्षा १२ को परीक्षा लिइएको थियो। 
  • सम्बन्धित विद्यालयमै परीक्षा लिइएको थियो। 
  • ४ लाख ३ हजार १८० विद्यार्थीले परीक्षा दिएका थिए। 
  • नतिजा सार्वजनिक नहुँदा स्नातक तहको भर्ना प्रभावित भएको छ। 
पूरा पढ्नुहोस्

सिफारिस