२०७७ माघ ६, मंगलबार

१० महिनापछि भित्ताभित्तामा नयाँ चलचित्रको पोस्टर 

काठमाडौं। गत चैतभन्दा अगाडि हरेक साता जताततै नयाँ–नयाँ चलचित्रका पोस्टर देखिन्थ्ये। प्रत्येक साताको शुक्रबार नयाँ चलचित्र प्रदर्शनमा आउँथे। त्यसका लागि पहिला नै चोक-चोक तथा सिनेमा हल क्षेत्रमा समेत नयाँ-नयाँ चलचित्रका पोस्टर देखिन्थे। तर, कोरोना महामारीका कारण १० महिनासम्म पोस्टर देखिएनन्।
 
त्यसरी पोस्टर नै नदेखिएपछि सबैलाई सिनेमा हल नखुलेको अनुमान गर्न कुनै समस्या समस्या भएन्। अहिले पुष १० गतेदेखि सिनेमा हल खुलेका छन्। हलमा अहिलेसम्म पुरानै चलचित्र पुनः रिलिज भए। 

अब भोली माघ १ गतेबाट नयाँ चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज हुदैंछ। त्यसका लागि सहर बजारमा चलचित्रको पोष्टर पनि देखिन थालेका छन्। यसरी १० महिनापछि नयाँ चलचित्रको पोस्टर देखिएपछि भने चलचित्रकर्मीमा खुशी छाएको छ। 

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा १० महिनापछि नयाँ चलचित्रको पोष्ट देखेपछि निकै खुशी भए। यतिमात्र नभएर उनले चलचित्रको पोष्टरसँग तस्बिर नै खिचाए। 

“झण्डै एक वर्षपछि बाटोमा नेपाली चलचित्रको पोस्टर देख्दा एकदमै खुशी लागेको छ। जसरी असार १५ मा रोपाई गर्दैगर्दा कृषक खुशी हुन्छन्। त्यसरी नै लामो समयपछि नेपाली चलचित्रको पोस्टर देख्दा हामी पनि खुशी भएका छौं,” अध्यक्ष लामाले भने। 

अब चलचित्र क्षेत्र चलायनमा हुने अवस्था आएको उनको भनाई छ। महामारीको अवस्थामा पनि यसरी नयाँ चलचित्र रिलिज गर्ने जोखिम लिइएको भन्दै यसले चलचित्रकर्मीलाई थप हौसला प्रदान गरेको उनले बताए।

दीपेश सापकोटाको निर्देशनमा बनेको ‘एउटा यस्तो प्रेम कहानी’ दिनेश दर्शनधारी र यशोधा राईले निर्माण गरेका हुन्। चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, सञ्जोग कोइराला, नरेन खड्का, कविता मानन्धर र शक्ति श्रेष्ठको मुख्य भूमिका छ। चलचित्रमा करिश्मा मानन्धरकी छोरी कविता र शिवका छोरा शक्तिले ‘डेब्यू’ गर्न लागेका हुन्। 

कोरोना महामारीको कारण थला परेको चलचित्र क्षेत्रलाई चलायमान बनाउन आफूहरूले जोखिम मोलेको अभिनेता शिव श्रेष्ठले बताए। लामो समयदेखि हल नखुल्दा चलचित्रकर्मी समेत समस्यमा परेका थिए भने दर्शक पनि नयाँ चलचित्र हेर्न हलसम्म जान पाएका थिएनन्। 

अन्य चलचित्रकर्मीले समेत लामो समयपछि चलचित्र रिलिज हुन लागेकोमा खुशी व्यक्त गर्दै सफलताको शुभकामना दिएका छन्।
 
मनोरञ्‍जन

१० महिनापछि भित्ताभित्तामा नयाँ चलचित्रको पोस्टर 

प्रकाशित: बुधबार, पुस २९, २०७७ १८:१४
सारांशमा :
  • गत चैतपछि चलचित्र क्षेत्र नै बन्द भयो। 
  • पुष १० गतेबाट हल खुलेका थिए।
  • माघ १ गतेबाट नयाँ चलचित्र प्रदर्शनमा आउँदै.छ।  
पूरा पढ्नुहोस्

सिफारिस