२०७७ माघ ६, मंगलबार

प्रधानमन्त्री ओलीको कदम औचित्यपूर्ण : नेमकिपा केन्द्रीय सचिव सुवाल

भक्तपुर। भक्तपुर नगरपालिकाको आठौँ नगरसभा आज सम्पन्न भएको छ। सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदम औचित्यपूर्ण भएको बताएका छन्। उनले निर्वाचनले जनताको चेतनास्तर नाप्ने हुँदा राजनीतिक दलहरू निर्वाचनमा जानु राम्रो हुने बताउँदै निर्वाचनबाट भाग्न नहुने बताएका छन्।

उनले सरकारसँग ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृति दिन माग गरे। काठमाडौँ उपत्यकाका सम्पदा समाप्त हुने खतरा बढिरहेकोतर्फ सचेत पार्दै उनले भक्तपुरको चारै दिशामा शहरीकरणको नाममा जथाभावी निजी प्लटिङका कारण अव्यवस्थित शहरको विकास भइरहेको र कृषियोग्य जमिन घटिरहेको बताए। 

कार्यक्रममा वाग्मती प्रदेशका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले भक्तपुर नगरपालिकाले अविचलित ढङ्गले जनताको सेवामा क्रियाशील भई अगाडि बढिरहेको बताए। 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतिनिधिसभा विघटनको बेला स्थानीय तहमा बसेर काम गरेका जनप्रतिनिधिको भूमिका अझ बढेको बताए।

कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले भक्तपुर नगरपालिकाले आफ्नो छुट्टै पहिचान कायम गरिरहेको बताए। 

रासस

राजनीति

प्रधानमन्त्री ओलीको कदम औचित्यपूर्ण : नेमकिपा केन्द्रीय सचिव सुवाल

प्रकाशित: बुधबार, पुस २९, २०७७ १९:४६
सारांशमा :
  • भक्तपुर नगरपालिकाको आठौँ नगरसभा आज सम्पन्न भएको छ।
पूरा पढ्नुहोस्

सिफारिस