२०७७ माघ ६, मंगलबार

यस वर्षको भूकम्प सुरक्षा दिवस मध्यपुर थिमीमा मनाइने

काठमाडौँ। यसपालि सरकारले केन्द्रीय स्तरको भूकम्प सुरक्षा दिवस भक्तपुर जिल्लाको मध्यपुर थिमिमा मनाउने भएको छ। गृहमन्त्री रामबहादुर थापा अध्यक्ष रहेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको निर्णयअनुसार माघ २ गते भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा दिवस मनाउन लागिएको हो।

उक्त कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। यस वर्ष दिवसको नारा ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ तय गरिएको छ। भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ को व्यवस्थाबमोजिम उक्त नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको संयोजकत्वमा व्यवस्थापन समिति र शहरी विकार तथा भवन निर्माण विभागका महानिर्देशकको संयोजकत्वमा प्रचारप्रसार उपसमिति बनाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

२३ सौँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले देशव्यापी रूपमा स्कूलस्कूलमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् अनुरोध गरेको छ। यस्तै प्रदेश स्तरमा दिवस मनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र पालिकास्तरमा दिवस मनाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् अनुरोध गरिएको प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए। जिल्लामा भूकम्प सुरक्षा दिवस मनाउन प्राधिकरणमार्फत् परिपत्र गरिसकिएको उनले जनाए।

उक्त कार्यक्रमका लागि केन्द्रीय विपद् व्यवस्थापन कोषबाट रू. १५ हजारका दरले उपलब्ध गराउने निर्णय भइरहेको छ। दिवसमा केन्द्रीय स्तरमा विभिन्न कार्यक्रम सञ्चालन गर्न उक्त कोषबाट रू. चार लाख भूकम्प प्रविधि राष्ट्रिय समाजलाई उपलब्ध गराउने निर्णय पनि समितिले गरेको छ।

उक्त दिवसका अवसरमा नमूना अभ्यास, तालिम, उद्धार सामग्री वितरण, रक्तदान, सन्देशमूलक सामग्री प्रसारण, चेतनामूलक प्रहसन, नाटकजस्ता विषय छनोट गर्न सम्बन्धित प्रशासन कार्यालयलाई भनिएको छ। समितिले दिवस सफल बनाउन नागरिक समाज, संयुक्त राष्ट्रसङ्घीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था र सामुदायिक संस्थालाई आह्वान गरेको छ। भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले दिवसमा सक्रिय सहभागिताका लागि साझेदार संस्थालाई अनुरोध गरेको छ।

रासस

समाज

प्रकाशित: बुधबार, पुस २९, २०७७ २१:४४
सारांशमा :
  • यसपालि सरकारले केन्द्रीय स्तरको भूकम्प सुरक्षा दिवस भक्तपुर जिल्लाको मध्यपुर थिमिमा मनाउने भएको छ।
पूरा पढ्नुहोस्

सिफारिस