एक्लै बाँच महिला, दोस्रो विवाह मनाही छ

काठमाडौं। त्यो एउटा यस्तो विवाह थियो, जसलाई हामी सामान्य भन्न सक्दैनौं। भारत (नेपाल पनि) मा कुनै पनि महिलाको दोस्रो विवाह, सायदै धुमधामसँग होला!

दोस्रो विवाह सधैं चुपचाप, चुनिएका मानिसको मात्रै उपस्थितिमा हुन्छ। तपाईंले पुरानो भनाइ सुन्नुभएकै होला- जिन्दगीमा विवाह त केबल एक पटक हुन्छ।

तेलेगुकी पार्श्वगायिका सुनिता उपाद्रष्टाले हालै नजिकका मित्र राम वीरप्पनसँग दोस्रो विवाह गरिन्। विवाहका दिन उनले कपालमा फूल सिउरिएकी थिइन् र रातो ब्लाउज लगाएकी थिइन्।

सुनिताले ४२ वर्षको उमेरमा सो विवाह गरेकी थिइन्। उनको विवाहमा खुसी थुप्रैले मनाए, तर केहीले यसको विरोध पनि गरे। सुनिताले १९ वर्षको उमेरमा किरणकुमार गोपारागासँग पहिलो विवाह गरेकी थिइन्। तर, ती दुईबीच ‘डिभोर्स’ भयो।

दोस्रो विवाहका दिन खिचिएको फोटोमा उनीसँगै दुई बच्चा पनि देखिन्छन्। छोरो आकाश र छोरी श्रेया। यी दुवै सन्तान पहिलो श्रीमान्बाट भएका हुन्। 

भारतमा लामो समयदेखि नै विवाहको पहिलो शर्त केटी कुमारी हुनुपर्छ। अहिले यस्ता हजारौं उदाहरण देख्न पाइन्छ, जहाँ सानै उमेरमा बिधवा भएका केटीहरु जिन्दगीभर एकल बाँच्न बाध्य छन्। किनकि, उनीहरुलाई ‘अशुभ’ मानिन्छ। यद्यपि, अहिले अवस्थामा केही सुधार भने आएको छ, भलै त्यसको गति सुस्त नै किन नहोस्!

सोसल मिडियामा सेयर गरिएको यो फोटो कुनै सामान्य विवाहको जस्तै देखिन्छ। तर, यसले त्यस्तो समाजसँग प्रतिद्वन्द्विता गर्दैछ, जहाँ पुरुषको भन्दा अत्यन्तै कम संख्यामा महिलाले दोस्रो विवाह गर्छन्।

यो कुनै नयाँ बहस होइन। जब कोही महिला दोस्रो विवाह गर्छन् तब तिनको जिन्दगीको दोस्रो अध्याय त सुरु हुन्छ, तर समाजको आँखा टेढो हुन थाल्छ। समाजको यस्तो दुईखाले अनुहारबारे बहस हुनु जरुरी छ, जसका कारण महिलाले दोस्रो विवाह गर्ने फैसला सहजै लिन सकून्।

पहिलो भेटमै प्रेम र दोस्रो विवाह

श्रीमोई पियु कुन्डु केबल ६ वर्षकी थिइन्, जब उनका काकाले उनकी आमासँग विवाहको प्रस्ताव गरेका थिए। श्रीमोईले ‘स्ट्याटस सिंगलः दि ट्रुथ अबाउट बिइङ सिंगल वुमन इन इन्डिया’ नामक एक किताब लेखेकी छन्।

श्रीमोईका अनुसार उनकी आमाले आफ्ना मानसिक रोगी पतिलाई २०-२१ वर्षको उमेर हुँदा नै गुमाइन्। त्यसबखत श्रीमाई केबल तीन वर्षकी थिइन्।

पतिको देहान्तपछि श्रीमोईकी आमाले आफ्ना मातापितासँगै कोलकातामा गएर बस्ने फैसला गरिन्। उनी स्कुल पढाउँथिन् र ट्युसन पनि भ्याउँथिन्। त्यही समय आन्ध्र प्रदेशका एक युवक कोलकातामा रहेको उनको घरमा डेरा बस्न आइपुगे।

श्रीमोई भन्छिन्, ‘नियतिले ती युवकका रुपमा मेरा निम्ति एक नयाँ पिता पठाइदियो। त्यहीँ पहिलो पटकमा आमाको प्रेम बसेको थियो।’

ती युवक श्रीमोईकी आमासँग विवाह गर्न प्रस्ताव लिएर आएका थिए। १२ वर्षकी श्रीमोईले आफ्नी आमाको दोस्रो विवाहबारे फैसला लिनु थियो। 

उनी भन्छिन्, ‘मेरी आमा ती युवकभन्दा करिब १० वर्ष जेठी थिइन्। म ६ कक्षामा पढ्थेँ। म उनलाई काका भनेर बोलाउँथेँ। म आफ्नो खास पितासँग रिसाएकी थिएँ, उनलाई आवेग भरिएको पत्र लेख्थेँ। मलाई डर लाग्न थाल्यो, यदि मेरी आमा र काकाबीच विवाह भयो भने तिनको नयाँ परिवार बन्नेछ र मलाई बिर्सने छन्। तर, मेरी आमा विवाहसँग खुबै खुसी थिइन्। आमा ती काकासँग अगाध प्रेम गर्थिन्।’

उनको दोस्रो विवाह एकदमै औपचारिक ढंगमा भयो। श्रीमोईकी आमाले रातो साडी लगाएकी थिइन्। सर्वप्रथम विवाह दर्ता गर्न उनीहरु अदालत गएका थिए। त्यसपछि एक चिनियाँ रेस्टुराँमा गएर उनीहरुले आफूलाई मन परेको खानेकुरा खाए, बस्!

श्रीमोई भन्छिन्, ‘मेरी आमाको पहिलो विवाह धुमधामसँग भएको थियो। त्यो यस्तो विवाह थियो, जसको सपना हरेक केटीले देख्छन्। मेरी आमाको दोस्रो विवाहका विषयमा मैले थुप्रै व्यंग्य सुन्नुपथ्र्यो। मानिसहरु मलाई उडाउँदै सोध्थे- तेरी आमाको नयाँ ब्वाईफ्रेन्ड कस्तो छ? पिता नहुनुको पीडाले मलाई खुबै सताउँथ्यो।’’

कुनै पनि महिलालाई दोस्रो विवाह गरेर आफ्नो जिन्दगीलाई नयाँ ढंगमा चलाउनु अत्यन्तै मुश्किल छ। उनी भन्छिन्, ‘हाम्रो समाज पुरुषवादी छ र महिलाविरोधी छ। यहाँ बीचको बाटो खोज्न निकै कठिन छ।’

श्रीमोईकी आमा ६० वर्षकी हुँदा एक बच्चा ल्याएर पाल्ने फैसला भयो। अहिले उनकी एक सानी बहिनी पनि छिन्, गेरु नामकी। हुन त यस्तो कथा कहिलेकाहीँमात्रै सुन्न पाइन्छ।

केटा पाउन मुश्किल

जब डिभोर्सी वा बिधवा महिलाको दोस्रो विवाहको कुरा आउँछ तब केटा पाउन अत्यन्तै मुश्किल पर्छ। साथै, उनीहरुलाई सामाजिक दबाब खप्न उत्तिकै मुश्किल हुन्छ।

पछिल्ला वर्षहरुमा यस्ता महिलालाई सहयोग गर्न भनेर नेपाल, भारतलगायतका देशमा थुप्रै संघ-संगठन खुलेका छन्। थुप्रै म्याट्रिमोनियल वेबसाइट पनि छन्, जसले दोस्रो विवाहमा सहयोग गर्छन्। साथै, विवाहेत्तर सम्बन्धका लागि डेटिङ साइट्स पनि खुलेका छन्। भारतमा त यस्तो धन्दा निकै फस्टाएको छ।

यस्तो सन्दर्भमा काम गर्ने फ्रान्सको एप ग्लिडिनले कोरोना महामारीको अवधिमा भारतमा त्यो एपका सब्स्क्राइबर संख्या १३ लाख नाघेको बताएको छ। ग्लिडिनका अनुसार पछिल्लो समय उसको एप प्रयोग गर्नेको संख्या अत्यधिक वृद्धि भएको छ।

भारतमात्र होइन, नेपालमा पनि पुरुषको तुलनामा महिला दोस्रो विवाह निकै कम गर्छन्। भारतमा २०१६ मा गरिएको मानव विकास सर्वेक्षणअनुसार डिभोर्सी तथा बिधवाको संख्या पुरुषको तुलनामा महिलाको निकै कम छ। उता, २०१९ मा प्रकाशित संयुक्त राष्ट्र संघको एक रिपोर्टले भनेको छ- पछिल्लो दशकमा भारतमा डिभोर्सको मामिला दोब्बर भएको छ। सोही रिपोर्टले शिक्षित तथा आर्थिक रुपमा स्वतन्त्र महिलाले बढीमात्रामा डिभोर्स गर्दै आएको देखाएको छ।

विवाहका बारेमा समाजमा विभिन्न बनीबनाउ मान्यता र भनाइ व्याप्त छन्। ‘स्वर्गमा बनेको जोडी, जसलाई तोड्नु पाप हो’ आदि। रुपवती वा सुन्दर महिलाले डिभोर्स गर्‍यो भने पनि समाजले दिने उपमा उस्तै हुने गर्छ।

जब कोही महिला पतिसँग बस्नै नसक्ने वा कठिन अवस्थामा पुग्छन् तब पनि उनीहरुलाई सम्झौता गरेर बस्न दबाब दिइन्छ। एक्लो जिन्दगी र दोस्रो विवाह निकै कठिन हुने बताइन्छ।

जब कुनै महिलाले डिभोर्स गर्छिन् तब उनलाई पारिवाारिक सम्पत्ति पनि दिनुपर्ने हुन्छ। कतिपयका निम्ति यो कार्य निकै कठिन बन्न पुग्छ। तर पनि महिलाका लागि आर्थिक मजबुतीले निकै मद्दत पुग्छ। आर्थिक सबलताले महिलालाई दोस्रो विवाह गर्न बल मिल्छ। चाहे जेसुकै होस्, मान्छेले जीवन एक्लो बाँच्न कठिन छ।

(बीबीसीमा आधारित)

जीवनशैली अन्तर्राष्ट्रिय

एक्लै बाँच महिला, दोस्रो विवाह मनाही छ

प्रकाशित: आईतबार, माघ ४, २०७७ १७:१०
  • दोस्रो विवाह सधैं चुपचाप, चुनिएका मानिसको मात्रै उपस्थितिमा हुन्छ। तपाईंले पुरानो भनाइ सुन्नुभएकै होला– ‘जिन्दगीमा विवाह त केबल एक पटक हुन्छ।’
  • जब कोही महिला दोस्रो विवाह गर्छन् तब तिनको जिन्दगीको दोस्रो अध्याय त सुरु हुन्छ, तर समाजको आँखा टेढो हुन थाल्छ।
  • २०१९ मा प्रकाशित संयुक्त राष्ट्र संघको एक रिपोर्टले भनेको छ– आर्थिक रुपमा स्वतन्त्र महिलाले बढी मात्रामा डिभोर्स गर्दै आएका छन्।