प्रचण्ड समूहमा महासचिव लफडा, नेपाल नेतृत्व कार्यदलको बैठक नै बस्न सकेन

काठमाडौं। पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले महासचिवसहित रिक्त पदको जिम्मेवारी एक साताभित्र टुङ्ग्याउने भने पनि अझै सकेको छैन्।

गत २० गते बसेको प्रचण्ड समूहको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीतिर लागेर रिक्त भएका पदहरुको पदपूर्ती गर्ने तथा एकता प्रक्रियाका बाँकी काम टुङ्ग्याउने भनेर निर्णय गरेपनि अझै पुरा हुन सकेको छैन्।

“कार्यदलमा छलफल गर्नुभन्दा पहिला सचिवालयमा थप गृहकार्य गर्नु पर्ने देखिएपछि कार्यदलको बैठक नबसेको हो” स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले भने– “सचिवालयले आन्तरिक गृहकार्य गरेर म्यान्डेट दिएपछि कार्यदलले महासचिवलगायत रिक्त पदहरुको पदपूर्ती गर्नेछ ।” कार्यदलमा रहेका अधिकांश सदस्य काठमाडौं उपत्यका बाहिर रहेकाकारण रिक्त पदपूर्ती र एकता प्रक्रियाको बाँकी काम सम्पन्‍न  हुन नसकेको उनको भनाइ छ ।

प्रचण्ड समूहका अर्का अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा ११ सदस्यीय कार्यदल गत पुस २० गते गठन गरिएको थियो। कार्यदलमा भीम रावल, अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, पम्फा भुसाल, जनार्दन शर्मा, वेदुराम भुसाल, मातृका यादव, लीलामणि पोखरेल र शक्ति बस्‍नेत छन्।

रिक्त महासचिव पदका लागि पूर्वएमाले र पूर्वमाओवादी दुवैतर्फबाट दाबी प्रस्तुत भएपछि कार्यदलले पूर्णता दिन नसकेको हो । कार्यदलको दुईवटा बैठकमा महासचिवका बारेमा प्रारम्भिक छलफल भए पनि दुवै पक्षले आ-आफ्नो दाबी नछाडेपछि निर्णय गर्न सकस परेको छ ।

पूर्वएमालेबाट भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले महासचिवमा दाबी गरेका छन्। पूर्वमाओवादीबाट कृष्णबहादुर महरा, बर्षमान पुन र जनार्दन शर्माले दाबी गरिरहेका छन् । प्रचण्ड समूहमा पूर्वएमाले भन्दा पूर्वमाओवादीको बिघटित् प्रतिनिधिसभाका सदस्य र केन्द्रीय कमिटी सदस्य बढी भएकाले महासचिव पूर्वमाओबादी समूहले पाउनु पर्ने दाबी गरिरहेका छन्। पूर्वएमाले समूहले ओलीसँग पार्टी विभाजित भएर आएकाले महासचिव पाउनु पर्ने दाबी गरेका छन्।

“ओलीजीले माधवजीलाई प्रचण्डको मामुली कार्यकर्ता भनेर अपमान गरिरहेको सन्दर्भ र पुर्व एमालेको मनोविज्ञानले पनि महासचिव हाम्रो समूहले पाउनुपर्छ”, नेपाल निकट एक नेताले भने । उनका अनुसार प्रचण्डलाई अध्यक्ष स्वीकार गरेपछि महासचिवमा पूर्वमाओवादीले त्याग गर्नुपर्छ  ।

तर, पूर्वमाओवादी नेताहरु भने नेकपाको अन्तरिम बिद्यानले महासचिव पद शक्तिशाली भएकाले यस बिषयलाई नजरअन्दाज गर्ने पक्षमा छैनन् । “हिजोको एकता प्रक्रियामा एमाले ठुलो भएकाले अध्यक्ष र महासचिव दुवै दिएका थियौं। तर अहिले विभाजित अवस्थामा पूर्वमाओवादीको बहुमत देखिएकाले स्वतः महासचिव हाम्रो समूहले पाउनु पर्छ,” बर्षमान पुनलाई उद्‍धृत गर्दै उनी निकट नेताले भने । स्थायी कमिटी सदस्य पुनले महासचिव पूर्वमाओवादी समूहबाट हुन सकेन भने बिभाजित पार्टी एमालेकरण हुने तर्क गर्दै आएका छन्।

त्यसो त, ओली नेतृत्वको नेकपासँग बिभाजित भएको एक महिना पुग्दा पनि अध्यक्षमा नेपाल, गण्डकी प्रदेशमा देवेन्द्र पौडेल र लुम्बिनी प्रदेशमा युवराज ज्ञवालीलाई जिम्मेवारी दिने बाहेक अन्य जिम्मेवारी बाँडफाँड गर्न सकेको छैन्।

एक साताभित्र नेपाल नेतृत्वको कार्यदललाई जिम्मेवारी हेरफेर र बाँडफाँड गर्ने अधिकार दिए पनि महासचिव, प्रदेश २ को इन्चार्ज, अध्यक्ष र सचिवलगायतको पदमा सहमति जुटाउन सकेको छैन। यो विषयमा छलफलको एजेन्डा तय भए पनि अन्तिम समयमा रोकिन पुगेको थियो। कार्यदलभित्र पनि पूर्वएमाले र पूर्वमाओवादीबीच नेतृत्वमा प्रतिस्पर्धा देखा परेपछि कार्यदल अन्योलमा परेको छ ।

राजनीति

प्रकाशित: सोमबार, माघ ५, २०७७ १३:५४
  • गत पुस २० गते नेपाल नेतृत्वमा कार्यदल गठन गरी एक साताभित्र रिक्त पद टुङ्ग्याउने निर्णय भएको थियो
  • महासचिव चयनमा पुर्व एमाले र पुर्व माओवादी दुवै पक्षले दावी गरेपछि अन्ततः सचिवालयलाई जिम्मा दिनु परेको छ।
  • ओलीसँग बिभाजित भएर गएको एक महिना लागिसक्दा पनि अध्यक्ष र २ वटा प्रदेश इन्चार्जबाहेक अरुको जिम्मेवारी तोक्न सो समूहले सकेको छैन्। 

सिफारिस