भित्तेघरका रामराजा : महल छाडेर 'बाँदर लड्ने भीर' मा घर, बस्नै नपाई बेपत्ता
काठमाडौं। नागढुङ्गास्थित पिपला मोडमा एउटा अनौठो घर छ । काठमाडौंबाट बाहिर जाँदा होस वा काठमाडौं प्रवेश गर्दा यो घरमा सबैको नजर पर्छ । भिरालो जमिनमा बनेको त्यो घरमा नजर पर्ने बित्तिकै सबैको मनमा कौतुहलता जाग्छ- त्यो घर कस्को होला !
धेरैलाई चासो भएको त्यो घरलाई विभिन्न नामले चिनिन्छ । कसैले त्यो घरलाई ‘भूत घर’, कसैले ‘भित्तेघर’ त कसैले ‘बाँदर लड्ने भीरको घर’ पनि भन्छन् । मान्छेलाई कौतुहलता जगाउने सो घरका मालिक हुन्, ५९ वर्षीय रामराजा प्रसाद प्रधान । तर, बन्दै गरेको घरको संरचना छोडेर उनी एक वर्षदेखि सम्पर्कबिहीन छन्।
उनको खोजी गर्न परिवारले सार्वजनिक सूचना निकाल्यो । प्रहरीमा उजुरी दियो । तर, अहिलेसम्म उनको कुनै अत्तोपत्तो छैन । झण्डै १२ वर्ष अगाडि उनले दुई करोडभन्दा बढीमा भीरमा घर बनाउन थालेका उनी निर्माण सम्पन्न गरेको केही समयमै सम्पर्कबिहीन भए । बुवाको पर्खाइमा एक वर्षदेखि बसिरहेको उनका छोरा अर्जुनप्रसाद प्रधान बताउँछन्।
काठमाडौंको मख्खन टोलका स्थायी बासिन्दा रामराजाले त्यहाँ अनौठो घर निर्माण गरेका थिए। घर बनाएपनि उनले त्यसको उपयोग गर्न भने पाएनन् ।
“घर बनाएर ल अब ढुक्कसँग बुढेसकालमा बस्नुपर्ला भनेको। बुवा नै हराउनुभयो”, छोरा अर्जुनले भने। परिवारमात्रै होइन त्यो घर पनि रामराजालाई पर्खिरहेको छ ।
“त्यत्रो खर्च गरेर घर बनाउनुभयो। तर, अहिले बुवा नै हुनुहुन्न। एक वर्षदेखि घर फर्किने आशमा बसेका छौं। बुवा जहाँ हुनुहुन्छ, घर फर्किनुहोस्। तपाईंको प्रतीक्षामा छौँ”, अर्जुनले भने।
कहाँ हराए रामराजा?
३ असोज, २०७६ को साँझदेखि उनी सम्पर्कबिहीन छन्। घरमा रामराजा र उनकी श्रीमतीबीच सामान्य भनाभन भएको थियो। भनाभनपछि उनकी श्रीमती मख्खनस्थित पुरानो घर गईन्। घरमा बुवा एक्लै छन् भनेर अर्जुन साँझतिर भीरको घरमा गए । त्यहाँ पुग्दा उनका बुवा थिएनन् ।
केही बेरसम्म बुवालाई पर्खिएर बसे । बुवालाई पर्खिएर उनले रात नै बिताए । दोस्रो दिन पनि फर्किएर नआएपछि उनले प्रहरीमा बुवाको खोजीका लागि निवेदन दिए । हराएको उजुरी पुगेपछि प्रहरीले खोजतलास गर्यो। तर, फेला पार्न सकेन।

प्रहरी मात्र नभएर उनको खोजीमा परिवारले सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमको समेत साथ लियो । आफ्ना आफन्त, चिनजानलगायत सबै ठाउँमा सम्पर्क गरे। तर, अहिलेसम्म रामराजाबारे कुनै सुइको मिलेको छैन ।
अधुरै रह्यो उनको सपना
राजराजाले लामो समय व्यापार व्यवसाय गरे । व्यापार व्यावसायबाट बिदा लिएपछि उनले काठमाडौंको कोलाहल भन्दा एकान्तमा बस्ने योजना बनाए।
त्यसैले उनले झण्डै १० लाखमा पिपला मोडमा जग्गा किने। जग्गा किनेर झण्डै २ करोडमा उनले घर निर्माण गरे। त्यो घरमा ७ वटा कोठा निर्माण गरिसकेका छन्। भने थुप्रै पूर्वाधार बनाउने उनको योजना थियो।

काठमाडौंको सुखसयल र महल त्यागेर उनी त्यही अनौठो घरमा बस्न थाले। काठमाडौं आउँदा र काठमाडौंबाट बाहिर जाँदा सबैले देख्ने त्यो घरको गेटमा उनले फस्ट काठमाडौं र लास्ट काठमाडौं लेखे। त्यसको अर्थ हो- त्यहीबाट काठमाडौं सुरू र अन्त्य हुन्छ।
उनले त्यो घरमा सुन्दरीहरूका तस्बिर मूर्ति मात्र बनाएनन्, त्यो घरलाई सपनाको महल बनाउने उनको योजना थियो । त्यसका लागि स्वीमिङ पुल, माछा पोखरीलगायतका पूर्वाधार निर्माण गरिरहेका थिए।
तर, त्यो सपना पूरा नगर्दै उनी हराए । उनका छोरा अर्जुन भन्छन्,– बुवा तपाईले देखेका सपना तपाईले नै पूरा गर्नुपर्छ। जहाँ हुनुहुन्छ फर्किएर आउनुहोस्।
समाज

प्रकाशित: बिहिबार, माघ ८, २०७७ ०९:२८
- धेरैलाई चासो भएको त्यो घरलाई विभिन्न नामले चिनिन्छ । कसैले त्यो घरलाई ‘भूत घर’, कसैले ‘भित्तेघर’ त कसैले ‘बाँदर लड्ने भीरको घर’ पनि भन्छन् ।
- काठमाडौं आउँदा र काठमाडौंबाट बाहिर जाँदा सबैले देख्ने त्यो घरको गेटमा उनले फस्ट काठमाडौं र लास्ट काठमाडौं लेखे। त्यसको अर्थ हो- त्यहीबाट काठमाडौं सुरू र अन्त्य हुन्छ।