भक्तपुरमा रेस्टुराँमा तास खेलिरहेका ९ जना पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका-१ दूधपाटीस्थित बिएम रेस्टुराँमा तास खेलिरहेको अवस्थामा रेस्टुराँ सञ्चालकसहित नाैजनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने रेस्टुराँ सञ्चालक ४१ वर्षीय बद्री कोजुलगायत नाैजनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उक्त रेष्टुरेन्टमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार चार सय २० रूपैयाँ र ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस घटनाका सम्बन्धमा आवश्यक कारवाही भइरहेको नेपाल प्रहरीले जनाएको छ ।

अपराध

भक्तपुरमा रेस्टुराँमा तास खेलिरहेका ९ जना पक्राउ

प्रकाशित: मंगलबार, माघ ६, २०७७ १९:३९
सारांशमा :
  • भक्तपुर नगरपालिका-१ दूधपाटीस्थित बिएम रेस्टुराँमा तास खेलिरहेको अवस्थामा रेस्टुराँ सञ्चालकसहित नाैजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पूरा पढ्नुहोस्

सिफारिस