ओखलढुङ्गामा एक महिला आफ्नै कोठामा मृत फेला

ओखलढुङ्गा । जिल्लाको खिजिदेम्बा गाउँपालिका-५ खिजिफलाटेमा एकजना महिला मृत फेला परेकी छिन् ।
नेपाल प्रहरीका अनुसार ३१ वर्षीया मसलिमाया तामाङ आफ्नै घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी हुन् । यस घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।