काठमाडौँ विश्वविद्यालयको नयाँ उपकुलपतिमा प्रा.डा. भोला थापा
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज उनलाई उपकुलपति नियुक्त गरेका हुन् ।
शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा गठित तीन सदस्यीय सर्च कमिटीले गरेको सिफारिसको आधारमा प्रा.डा. थापालाई उपकुलपति नियुक्त गरिएको हो ।
काठमाडौँ विश्वविद्यालय स्थापना भएदेखि सो विश्वविद्यालयमा प्राध्यापन गर्दै आएका प्रा.डा. थापाले नौ वर्ष डीन र पाँच वर्ष रजिस्ट्रारका रूपमा पनि सेवारत थिए ।
मेकानिकल इन्जिनियरिङमा विज्ञता भएका उपकुलपति प्रा.डा. थापाले नर्वेमा नेपालको हाइड्रोपावर डेभलपमेन्टमा विद्यावारिधि गरेका थिए ।
कुलपति नियुक्ति भएपछि विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठलाई भेट गर्न उनी मन्त्रालयले पुगेका छन् । सो क्रममा उनले विश्वविद्यालयको शैक्षिक उन्नयनमा आफू लागि पर्ने बताए ।
उनले हाल देखिएका समस्या समाधान गर्न आफू हरसम्भव लागि पर्ने बताउँदै यसको लागि पुर्वउपकुलपति, प्राध्यापक संघ लगायतसँग सहकार्य गरी अघि बढ्ने जनाए ।
उपकुलपति छनोट गर्न गठित समितिले प्रा.डा. थापालगायत डा. रामकण्ठ माकजू र प्रा.डा. बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो ।
सर्च कमिटीमा मन्त्री श्रेष्ठ, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्वउपकुलपति सुरेशराज शर्मा रहेका थिए । समितिसमक्ष ४४ जनाले उपकुलपतिका लागि आवेदन दिएका थिए ।
शिक्षा
काठमाडौँ विश्वविद्यालयको नयाँ उपकुलपतिमा प्रा.डा. भोला थापा
प्रकाशित: बुधबार, माघ ७, २०७७ १५:१६
सारांशमा :
- काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त भएका छन् ।
- विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज उनलाई उपकुलपति नियुक्त गरेका हुन् ।
पूरा पढ्नुहोस्