ट्रम्पलाई बाइडेनको नामसँगै एलर्जी, बिदाइ भाषणमा उपलब्धिको बखान

काठमाडौं। अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकालको अन्तिम दिन मुलुक समृद्ध बनाउन र सुरक्षित राख्न नवनिर्वाचित प्रशासनलाई सफलताको शुभकामना दिए। उनले भने, ‘‘अमेरिकी जनताले आफ्नो साझा मूल्यप्रति एकजुट हुनुपर्छ र पक्षपातपूर्ण घृणाको भावनाबाट माथि उठ्नुपर्छ।’’

ट्रम्पको उक्त बिदाइ भाषण ह्वाइट हाउसले मंगलबार जारी गरेको थियो। नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आज (बुधबार) शपथ लिने छन्। ट्रम्पले थपे, ‘‘राष्ट्रपति पदमा बसेर सेवा गर्नु एउटा यस्तो सम्मान हो, जसको व्याख्या गर्न सकिँदैन।’’

बाइडेनको शपथको अघिल्लो दिन सार्वजनिक गरिएको ट्रम्पको भाषणमा बाइडेन नाम एक पटक पनि लिएका छैनन्। उनले यसअघि नै बाइडेनको शपथग्रहण समारोहमा आफूले भाग नलिने बताइसकेका छन्।

अमेरिकाको नियममा जब नयाँ राष्ट्रपति शपथ लिन्छन् तब पूर्वराष्ट्रपति पछिल्लो सिटमा बस्छन्। यसले सत्ता हस्तान्तरण शान्तिपूर्ण ढंगमा भएको सन्देश दिन्छ।

ट्रम्पले भाषणमा भने, ‘‘यो अभूतपूर्व विशेषाधिकारका लागि तपाईंहरुलाई धन्यवाद। अमेरिकालाई सुरक्षित राख्ने र समृद्ध बनाउनका लागि उनको सफलताको कामना गर्छु। म उनलाई शुभकामना दिन्छु, उनी शौभाग्यशाली रहून्।’’ ट्रम्पले ‘उनी’ बाइडेनलाई भनेका हुन्।

उनले आफ्नो २० मिनेट लामो भिडियो सम्बोधनमा संसद् भवनमा जनवरी ६ मा आफ्ना समर्थकले गरेको हमलाबारे पनि बोलेका छन्। उनले भने, ‘‘हाम्रो क्यापिटल बिल्डिङमा भएको हमलाबाट सबै आतंकित भएका थिए। यो हमला ती सबै चिजमाथिको आक्रोश हो, जसको म अमेरिकी हुनुको नाताले गौरव महसुस गर्छु। यसलाई कहिल्यै बेवास्ता गर्न सकिन्न, अब पहिलाभन्दा कयौं गुना बढी हामीले आफ्नो साझा मूल्यका निम्ति एकजुट हुनुपर्छ। र, पक्षपातपूर्ण नकारात्मकताको भावनाबाट माथि उठ्नुपर्छ।’’

आफ्नो कार्यकालमा अमेरिकाले अहम् उपलब्धि हासिल गरेको उनले जिकिर गरे। ‘‘मेरो प्रशासनले कसैको सोच र चिन्तनभन्दा धेरै सफलता हासिल गरेको छ,’’ उनले भने।

(एजेन्सी)

अन्तर्राष्ट्रिय

ट्रम्पलाई बाइडेनको नामसँगै एलर्जी, बिदाइ भाषणमा उपलब्धिको बखान

प्रकाशित: बुधबार, माघ ७, २०७७ १५:३१
  • आफ्नो कार्यकालमा अमेरिकाले अहम् उपलब्धि हासिल गरेको ट्रम्पले जिकिर गरे।
  • उनले भने- अमेरिकी जनताले आफ्नो साझा मूल्यप्रति एकजुट हुनुपर्छ र पक्षपातपूर्ण घृणाको भावनाबाट माथि उठ्नुपर्छ।
  • बाइडेनको शपथको अघिल्लो दिन सार्वजनिक गरिएको ट्रम्पको भाषणमा बाइडेन नाम एक पटक पनि लिएका छैनन्। उनले यसअघि नै बाइडेनको शपथग्रहण समारोहमा आफूले भाग नलिने बताइसकेका छन्।

सिफारिस