कागेश्वरी मनोहरामा १४ सय किलोको ‘काग स्तम्भ’ (भिडियोसहित)

काठमाडौं। सामान्यतया कसैको सम्झनामा स्तम्भ बनाइन्छ। कसैको स्मृतिमा वा सहिदको सम्झनामा स्तम्भ निर्माण गरिन्छ। यो कुरा त हामी सबैलाई थाहा भएकै कुरा हो। तर, कागको स्तम्भ बनाउने कुरा सुन्दा जो कोहीलाई आश्चर्य लाग्‍न सक्छ।

तर, कागेश्वरी मनोहरा नगरपालिका-१ मा भने कागकै स्तम्भ बनाइँदै छ। त्यो पनि एक हजार चार सय किलोको।

यो कागको स्तम्भ बन्नुको कारण भने निकै पौराणिक र धार्मिक ग्रन्थसँग पनि जोडिएको छ। 

के पनि भनिन्छ भने, मन्दिर भएको स्थानमा प्राचीनकालमा कागले दूध चढायो। शिवको उत्पत्ति भयो। गोठालाहरूले देखे, त्यो समयदेखि धार्मिक परम्परा चल्यो भन्ने भनिन्छ। कागेश्वरी महादेवको दूतको रूपमा कागलाई लिने गरिन्छ।

कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीमा कागेश्वरी मन्दिर रहेको छ। त्यो मन्दिर पहाडी श्रृङ्खलामा छ। त्यहाँ विशाल शिला छ। गुफा पनि छ। मानिसहरूले हजारौँ वर्षदेखि पूजा गर्दै आएका छन्।

काग स्तम्भको बारेमा बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँल भन्छन्, “हिजो हजारौँ वर्ष अघिको इतिहासलाई पनि जोडौँ, नयाँ पुस्तालाई पनि कसरी जोड्ने त? ज्ञान विज्ञानलाई पनि जोड्न कागको परिकल्पना आएको हो।”

अर्को किम्वदन्तीअनुसार उक्त स्थानमा स्वस्थानी व्रत कथामा पनि उल्लेख भएबमोजिम ३४औं ज्यतिर्लिङ्‍ग त्यहाँ उत्पत्ति भयो भन्ने चलन पनि छ।

कागेश्वर मन्दिरअघि पहिला दुई सय २७ किलोको अष्टधातुको काग पहिला नै बनिसकेको छ। जुन काग अहिले पनि छ। अहिले भने योभन्दा ठूलो काग बनाउन थालिएको हो। उक्त काग बनाउने अभियानमा कागेश्वरी सहिद उद्यानदेखि कवाड संकलन कार्य गोठाटारसम्म पुगेको मन्त्री फुयाँल बताउँछन्। कागेश्वरीका सबै वडाहरूबाट कवाड अथवा स्थानीयले दिएको सामान र उठेको पैसा संकलन गरी यो अभियान सुरू भएको हो। अभियानका क्रममा  समुदायका व्यक्तिले फुलिदेखि तिलरीसम्म दिएको फुयाँलले बताए।

“यो स्थानीय जनताको सपना हो। जनताको सपना र चाहनामा बनेको यो ठोस वस्तु तर महासागर हो,” मन्त्री फुयाँलले उत्साहित हुँदै भने। 
बन्दै गरेको उक्त कागको स्तम्भ १३ फिट अग्लो र कम्तीमा एक हजार चार सय किलोको हुनेछ। कागको परिकल्पना पछि उक्त स्थानमा जाने मान्छेको सङ्ख्या बढेको बताइन्छ।

“नेपाली मौलिकतामा जोड दिने हो, यसले पर्यटन प्रवर्द्धन हुन्छ। यसले समृद्धि पनि बढाउँछ। खुसी र आनन्दित पनि बनाउँछ,” मन्त्री फुयाँलले थपे।
 
यस्तै कागको स्तम्भ अमेरिकामा पनि रहेको मन्त्री फुयालको भनाइ छ। अमेरिकाको मेनिसटोटामा ३१ फिट अग्लो स्तम्भमा बनाएको काग एक हजार तीन सय ६१ किलोको रहेको मन्त्री फुयाँलले बताए। उनले भने, “तौलमा त्योभन्दा यो काग जेठो हुन्छ कि भन्ने लागेको छ।”
 उनले थपे, “नेपाली मौलिकताको विकास नेपाली कला र संस्कृतिसहितको विकाससँग नेपाली ज्ञानको प्रचारको विकाससँग जोडेर समृद्धिको महाअभियानलाई अघि बढाउने हो। यसका लागि कागले स्मारकको र सम्पदाको काम गर्ने छ।”

नेपाल ढलोट कम्पनीले निर्माण गरिरहेको कागको स्मारक सकेसम्म काम सकेर फागुन ७ गते जडान गर्ने कागेश्वरी नगरपालिकाको कागेश्वरी मन्दिरमा राख्ने तयारी छ।

जीवनशैली समाज

कागेश्वरी मनोहरामा १४ सय किलोको ‘काग स्तम्भ’ (भिडियोसहित)

प्रकाशित: बिहिबार, माघ ८, २०७७ १२:५६
  • यो कागको स्तम्भ बन्नुको कारण भने निकै पौराणिक र धार्मिक ग्रन्थसँग पनि जोडिएको छ। 
  • किम्वदन्तीअनुसार उक्त स्थानमा स्वस्थानी व्रत कथामा पनि उल्लेख भएबमोजिम ३४औं ज्यतिर्लिङ्‍ग त्यहाँ उत्पत्ति भयो भन्ने चलन पनि छ।
  • कागेश्वर मन्दिरअघि पहिला दुई सय २७ किलोको अष्टधातुको काग पहिला नै बनिसकेको छ, जुन अहिले पनि छ।

सिफारिस