के अमेरिका संसारकै अभिभावक बन्न सक्ला?

काठमाडौं। कतिपय देश अहिले पनि अमेरिकामाथि अति निर्भर छन्। अमेरिकी सहयोगमा तिनको भविष्य निर्भर छ। त्यतिमात्र होइन, कयौं बलिया देशसमेत अमेरिकाले लिने आयात–निर्यात नीतिबाट आफ्नो अर्थतन्त्रको जोडघटाउ गर्छन्।

ठूलो अर्थतन्त्र, कुशल विदेश नीति, बलियो लोकतन्त्रका साथै उदारताका कारण विगतमा अमेरिकालाई आफ्नो अभिभावक मान्ने देश थुप्रै थिए। वाक स्वतन्त्रता, विभेदहीनता, समान व्यवहारजस्ता लोकतन्त्रका आधारभूत मान्यतामा अमेरिका अडिग थियो। निरंकुशता, आतंकवाद, विभेदजस्ता विषयलाई लिएर उसले उठाउने आवाज र गर्ने कारबाहीले कतिपय देशमा शान्ति स्थापना हुनुका साथै विकासको बाटोमा हिँड्न थालेको देखिन्छ। 

तर, पछिल्ला केही वर्षदेखि अमेरिकाको उक्त भूमिका धूमिल हुँदै आएको छ। त्यो महाशक्तिमाथि अविश्वास बाक्लिँदै गएको छ। चीन, रुस, इरान, क्युबा, इराकलगायतका कतिपय देशसँग अमेरिकाको शत्रुतापूर्ण सम्बन्ध बन्न पुगेको छ।

निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको चार वर्षे कार्यकालमा अमेरिकाको साख थप गिरेको देखिएको छ। कमजोरलाई हेप्ने र बलियासँग निहुँ खोज्ने ट्रम्प शैलीले अमेरिकाको छवि बिग्रिन पुगेको हो। जनवरी २० तारिखदेखि त्यस विशाल देशले नयाँ नेतृत्व पाएको छ।

शालीन, सभ्य र लोकतन्त्रप्रति इमानदार छवि बनाएका डेमाक्रेटिक पार्टीका जो बाइडेनले अब ह्वाइट हाउसबाट अमेरिका हाँक्ने छन्। उनको विगत र अन्य क्रियाकलापका कारण पनि आगामी चार वर्षमा अमेरिकाले देशहरुसँग सम्बन्ध सुधार गर्नेछ र कमजोरलाई हेप्ने अनि बलियासँग जोरी खोज्ने काम बन्द गर्नेछ भन्ने अपेक्षा गरिएको छ।

बाइडेनले बुधबार भने, ‘‘अमेरिकाको अग्निपरीक्षा भइसकेको छ। हामी अझै बलियो देश बन्‍ने छौं। हामी सहयोगी देशहरुसँग सम्बन्ध सुधार्ने छौं र संसारमा आफ्नो भूमिकामा सक्रिय हुने छौं। हामी शान्ति, समृद्धि र सुरक्षाका विषयमा एक मजबुत र विश्वसनीय साझेदार साबित हुने छौं।’’

बाइडेनले बोलेका यी वाक्यहरुको अक्षरशः पालना हुन सकेमात्रै पनि आगामी चार वर्षमा अमेरिकाको छवि पुनः विश्वसनीय बन्नेछ। उनले आफ्नो शपथग्रहणपश्चात् पहिलो भाषणमा ‘लोकतन्त्रको जीत’ भएको बताए।

उनले भने, ‘‘आजको दिन अमेरिकाको दिन हो। यो लोकतन्त्रको दिन हो। यो इतिहास र आशाको दिन हो।’’

महाशक्ति अमेरिकाको ४६औं राष्ट्रपति बनेका बाइडेनले मुलुकलाई एकजुट पार्न आफू समर्पित हुने बाचासमेत गरे। उनले उपराष्ट्रपति कमला ह्यारिसको कुरा गर्दै कुनै पनि परिवर्तन असम्भव नरहेको बताए।

उनले भने, ‘‘आज कमला ह्यारिस अमेरिकाको इतिहासमै पहिलो महिला उपराष्ट्रपति बनेकी छन्, त्यसैले परिवर्तन हुँदैन भन्ने कुरै नगर्नुस्।’’

शपथग्रहण समारोहमा उनले कुनै एक उम्मेदवारको जितको उत्सव नभई लोकतन्त्रको जितको उत्सव मनाइरहेको बताए।

‘‘जनताको इच्छा र आकांक्षा सुनेको छु र बुझेको छु,’’ नयाँ राष्ट्रपतिले भने, ‘‘गोरो मानिसलाई श्रेष्ठ मान्ने मानसिकता, घरेलु आतंकवादलाई हराउने छु। म चाहन्छु, प्रत्येक अमेरिकी नागरिक हाम्रो यो लडाइँमा सहभागी होउन्।’’

निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको परम्परा तोड्दै आफ्नो उत्तराधिकारीको शपथग्रहण समारोहमा सहभागी भएनन्। उनको सट्टा निवर्तमान उपराष्ट्रपति माइक पेन्स समारोहमा देखापरे।

अमेरिकाको इतिहासमा सबैभन्दा बढी उमेरमा राष्ट्रपति पदमा पुग्ने पहिलो व्यक्ति पनि हुन् बाइडेन। उनी अहिले ७८ वर्षका भए। कुनै बेला उनी देशका सबैभन्दा कान्छो सिनेटर पनि थिए। पाँच दशक लामो राजनीतिक करिअरको सफलतासहित उनी बुधबार ह्वाइट हाउस प्रवेश गरे।

गत अगस्ट महिनामा राष्ट्रपतिको उम्मेदवार बन्दै गर्दा उनले अमेरिकाको ‘आत्मा’ बहाल गर्ने संकल्प गरेका थिए। त्यसबखत उनले भनेका थिए, ‘‘देशमा प्रकाश फैलाउने काम गर्नेछु, अन्धकार होइन।’’ वास्तवमै बाइडेनले उल्लिखित दुई वाक्य स्मरण गर्दै अघि बढे भने अमेरिका साँच्चै संसारको अभिभावक बन्न सक्नेछ।

अन्तर्राष्ट्रिय

के अमेरिका संसारकै अभिभावक बन्न सक्ला?

प्रकाशित: शुक्रबार, माघ ९, २०७७ १३:००
  • ठूलो अर्थतन्त्र, कुशल विदेश नीति, बलियो लोकतन्त्रका साथै उदारताका कारण विगतमा अमेरिकालाई आफ्नो अभिभावक मान्ने देश थुप्रै थिए।
  • वाक स्वतन्त्रता, विभेदहीनता, समान व्यवहारजस्ता लोकतन्त्रका आधारभूत मान्यतामा अमेरिका अडिग थियो।
  • आगामी चार वर्षमा अमेरिकाले देशहरुसँग सम्बन्ध सुधार गर्नेछ र कमजोरलाई हेप्ने अनि बलियासँग जोरी खोज्ने काम बन्द गर्नेछ भन्ने अपेक्षा गरिएको छ।

सिफारिस