पशु स्वास्थ्यसम्बन्धी जागरणमुखी अभियान सञ्चालन गर्नुस् : मन्त्री अर्याल

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री पद्याकुमारी अर्यालले पशुचिकित्सकलाई पशु स्वास्थ्यसम्बन्धी जागरणमुखी अभियान सञ्चालन गर्न परिषद्को नेतृत्वलाई निर्देशन दिएकी छिन्।

आज नेपाल पशु चिकित्सकको नवनिर्वाचित नेतृत्वलाई स्वागत गर्दै मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले पशु स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गर्ने कार्यक्रम ल्याउन भनेकी हुन्।

पशु स्वास्थ्य प्रत्यक्ष मानव स्वास्थ्यसँग जोडिएको विषय भए पनि नेपाली समाजमा पशु स्वास्थ्यलाई त्यति महत्त्व नदिने प्रवृत्ति रहेको उनको भनाइ छ।

“मानव स्वास्थ्य पशु स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो। तर, पशु स्वास्थ्यका सन्दर्भमा त्यति सचेत नहुने प्रवृत्ति हामीकहाँ हिजोदेखि नै रहिआएको छ,” उनले भनिन्।

पशु चिकित्साको क्षेत्रमा विगतका अनुभवबाट पाठ सिक्दै जनअपेक्षाअनुसार सेवा प्रवाह गर्ने काममा ध्यान दिनसमेत अर्यालले आग्रह गरिन्।

अर्थतन्‍त्र

पशु स्वास्थ्यसम्बन्धी जागरणमुखी अभियान सञ्चालन गर्नुस् : मन्त्री अर्याल

प्रकाशित: शुक्रबार, माघ ९, २०७७ १७:१०
  • आज नेपाल पशु चिकित्सकको नवनिर्वाचित नेतृत्वलाई स्वागत गर्दै मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले पशु स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गर्ने कार्यक्रम ल्याउन भनेकी छिन्।