नागरिक स्टक डिलरलाई धितोपत्रको कारोबार सञ्चालन गर्न अनुमति

काठमाडौं। नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनीले धितोपत्र व्यापारीको काम गर्न अनुमति पाएको छ। कम्पनीलाई नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा व्यापारीको काम गर्न अनुमति दिएको हो।

बोर्डले नेपालको पुँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशलाई प्रोत्साहन गर्न २०७४ सालदेखि लागू हुनेगरी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ संशोधन गरेको थियो।

संशोधनमा बोर्डबाट अनुमति लिएर धितोपत्र व्यापारीको रूपमा काम गर्न सक्ने व्यवस्था गरिएको थियो। सोही, व्यवस्थालाई आधार मान्दै उक्त कम्पनीले बोर्डमा निवेदन दिएको थियो।

साथै, नेपाल सरकारको बजेट वक्तव्यमासमेत पुँजीबजारमा संस्थागत लगानी अभिवृद्धि गर्न स्टक डिलरको काम सञ्चालनमा ल्याउने व्यवस्था उल्लेख भएको छ।

नेपालको पुँजी बजारमा हाल स-साना लगानीकर्ताको बाहुल्यता छ। अहिलेसम्म बजारमा ठूलो लगानीकर्ताको संख्या न्यून छ। यस्तो अवस्थामा डिलरको प्रवेश भएको हो।

कम्पनीले बजारको अध्ययन तथा अनुसन्धानमार्फत् हुने लगानीसम्बन्धी सुझबुझपूर्ण क्रियाकलापबाट पुँजी बजारमा गतिशीलता आउने र बजारको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बोर्डको विश्वास छ।

अर्थतन्‍त्र

नागरिक स्टक डिलरलाई धितोपत्रको कारोबार सञ्चालन गर्न अनुमति

प्रकाशित: शुक्रबार, माघ ९, २०७७ १७:५२
सारांशमा :
  • संशोधनमा बोर्डबाट अनुमति लिएर धितोपत्र व्यापारीको रूपमा काम गर्न सक्ने व्यवस्था गरिएको थियो। सोही, व्यवस्थालाई आधार मान्दै उक्त कम्पनीले बोर्डमा निवेदन दिएको थियो।
  • नेपालको पुँजी बजारमा हाल स-साना लगानीकर्ताको बाहुल्यता छ। अहिलेसम्म बजारमा ठूलो लगानीकर्ताको संख्या न्यून छ। यस्तो अवस्थामा डिलरको प्रवेश भएको हो।
पूरा पढ्नुहोस्

सिफारिस