सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग

काठमाडौं। सुनचाँदी व्यवसायीहरूले सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग गरेका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरूले शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँग भेटी कोटा प्रणाली खारेजीका लागि सुनचाँदी व्यवसायीले अगाडि सारेको मागमा आवश्यक सहयोग गर्न महासंघसँग आग्रह गरेका हुन्।

महासंघका अध्यक्ष गोल्छासँगको भेटका क्रममा सुनचाँदी व्यवसायीका तर्फबाट अध्यक्ष माणिकरत्न शाक्यले निर्वाधरूपमा व्यवसाय सञ्चालनका लागि व्यवसाय सञ्चालन ल्याउनुपर्ने, निर्यात प्रवर्द्धनका लागि आवश्यक नीतिगत व्यवस्था हुनुपर्ने, स्वदेशमा नै सुनचाँदी तालिक केन्द्रहरू सञ्चालन गरिनुपर्ने तथा कच्चा सुन प्रशोधन केन्द्रसमेत स्थापना गरिनुपर्नेलगायतका विषयलाई कार्यान्वयनमा ल्याउन महासंघको सहयोगको अपेक्षा गरिएको बताए।

त्यसक्रममा महासंघका अध्यक्ष गोल्छाले सुनचाँदी ब्यवसायीका समस्या समाधानका लागि महासंघले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। व्यवसायीका जायज मागमा महासंघले सदैव सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अध्यक्ष गोल्छाले अहिलेको खुल्ला बजारमा कोटा प्रणाली ठीक नभएको भन्दै सुनचाँदी ब्यवसायीको आग्रहअनुसार त्यसलाई खारेज गर्न मासंघले पहलकदमी लिने बताए। आयातित सुन पुनः विदेश नजाओस् भन्नका लागि सीमानाका जोडिएका मुलुकमाभन्दा बढी भन्सार दर कायम गर्नै सकिने व्यवसायीको सुझाव छ।

पछिल्लो समय नेपालमा विभिन्न वाणिज्य बैंकमार्फत दैनिक १० किलो सुन आयात हुँदै आएको छ। केही समय अगाडिसम्म दैनिक २० किलो आयात हुँदै आएकोमा कोरोना महामारीपछि सरकारले यसलाई दैनिक १० किलोमा सीमित गरेको हो। देशभर दैनिक सरदर ३० देखि ४० किलोसम्म सुनको माग हुने गरेको विभिन्न अध्ययनबाट देखिएको सुनचाँदी व्यवसायीको भनाइ छ।

अर्थतन्‍त्र

सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग

प्रकाशित: शुक्रबार, माघ ९, २०७७ १८:०१
  • सुनचाँदी व्यवसायीहरूले सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग गरेका छन्।
  • महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलेको खुल्ला बजारमा कोटा प्रणाली ठीक नभएको भन्दै सुनचाँदी ब्यवसायीको आग्रहअनुसार त्यसलाई खारेज गर्न मासंघले पहलकदमी लिने बताए। 
  • पछिल्लो समय नेपालमा विभिन्न वाणिज्य बैंकमार्फत दैनिक १० किलो सुन आयात हुँदै आएको छ।

सिफारिस