प्रचण्ड र नेपाल मुंगेरीलालजस्तै सपना देख्ने, तर आफ्ना लागि मात्र : प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका असन्तुष्ट पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई हिन्दी टेलिसिरियलका मुंगेरीलालको संज्ञा दिएका छन्। 

आज राजधानीमा एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेताद्वय प्रचण्ड र नेपाललाई हिन्दी टेलिसिरियल ‘मुंगेरीलालके रंगीन सपने’का मुंगेरीलालसँग दाँजेका हुन्। 

“उहाँहरूले आज धेरै ठूला-ठूला कुरा गर्नुभयो। एउटा हिन्दी सिरियल आउँछ– मुंगेरीलालके रंगीन सपने भन्ने” प्रधानमन्त्री ओलीले भने, “त्यहाँ एउटा मुंगेरीलाल थियो, यहाँ दुई-दुईजना छन्।”

प्रचण्ड र नेपालप्रति लक्षित गर्दै उनले थपे, “अनौठा-अनौठा सपना देख्यो मुंगेरीलालले, तर अरूका लागि होइन, देशका लागि होइन, जनताका लागि होइन, मानवजातिका लागि होइन। मात्र आफ्ना लागि देख्यो।”

राजनीति

प्रकाशित: शुक्रबार, माघ ९, २०७७ २१:५४
सारांशमा :
  • प्रचण्ड र नेपालप्रति लक्षित गर्दै उनले थपे, “अनौठा-अनौठा सपना देख्यो मुंगेरीलालले, तर अरूका लागि होइन, देशका लागि होइन, जनताका लागि होइन, मानवजातिका लागि होइन। मात्र आफ्ना लागि देख्यो।”
पूरा पढ्नुहोस्

सिफारिस