हाम्रा साथीहरू वैचारिक र उद्देश्यका हिसाबले ‘आउटडेटेड’ भए : प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना ‘साथीहरू’ वैचारिक र उद्देश्यका हिसाबले ‘आउटडेटेड’ भएको जनाएका छन्।

आज राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले परिवर्तन भएको थाहा पाउन नसक्दा उनीहरू ‘आउटडेटेड’ भएको जनाएका हुन्।

“केही नाम चलेका नेताहरू पार्टीबाहिर हुनुहुन्छ। एउटा समय हुन्छ, जमाना हुन्छ। त्यो जमाना बुझ्न सकेन, चिन्न सकेन भने समय परिवर्तन भएको थाहा पाएन भने, आफू आउटडेटेड भएको कुरा मानिसले बुझेन भने त्यसलाई दशा लाग्छ,” उनले भने, “आउटडेटेड हुन्छ मान्छे, हरेकका आउटडेटेड हुने समय आउँछ, हाम्रा साथीहरू वैचारिक हिसाबले र उद्देश्यका हिसाबले आउटडेटेड भए।”

पार्टीको मूलधार छाडेका नेताद्वय ‘आउटडेटेड’ भएपछि दुवैको चिन्तनको विषय देश, जनता र मानवजाति नरहेको उनले जिकिर गरेका छन्। “हाम्रा जनताले भोगिरहेका समस्या यिनको विषय रहेनन्। त्यस कारण हाम्रो ध्यान जनताले भोगिरहेको समस्याबाट जनतालाई मुक्त गर्नेतर्फ जानुपर्छ, गएको छ। त्यसै कारण हाम्रो आन्दोलन अगाडि बढ्छ,” प्रधानमन्त्री ओलीले भने, “उहाँहरूको आन्दोलन समाप्त हुन्छ, किनभने उहाँहरूको आन्दोलनको विषय नै देश छैन, जनता छैन, जनताले भोगिरहेका समस्या छैनन्, समस्याको समाधान छैन, मानव जातिलाई कसरी शान्तिपूर्ण, सभ्य र सुख समाज बनाउने भन्नेतिर उहाँहरूको चिन्तन छैन।”

राजनीति

प्रकाशित: शुक्रबार, माघ ९, २०७७ २२:१८
सारांशमा :
  • नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना ‘साथीहरू’ वैचारिक र उद्देश्यका हिसाबले ‘आउटडेटेड’ भएको जनाएका छन्।
पूरा पढ्नुहोस्

सिफारिस