उहाँहरू टुनामुना गर्न खोज्नुहुन्छ, म ती टुनामुना हुन दिनेवाला छैन : प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड समूहले टुनामुना गर्न खोजेको आरोप लगाएका छन्।

आज राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाललाई लक्षित गर्दै दुवैले आफूविरुद्ध टुनामुना गर्न खोजेको आरोप लगाएका हुन्। 

“मैले उहाँहरूको जादु चिनेको छु, जादु देखाउन खोज्नुभयो भने भनिदिइहाल्छु यहाँनिर यस्तो भनेर, उहाँहरूको जादु लाग्नेवाला छैन,” उनले भने, “उहाँहरू बडो टुनामुना गर्न खोज्नुहुन्छ। ती टुनामुना मलाई थाहा छ। म ती टुनामुना हुन दिनेवाला छैन।”

सोही कारण प्रचण्ड समूह आफूविरुद्ध केन्द्रित भएको उनले जनाएका छन्।

राजनीति

प्रकाशित: शुक्रबार, माघ ९, २०७७ २२:४८
सारांशमा :
  • राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाललाई लक्षित गर्दै दुवैले आफूविरुद्ध टुनामुना गर्न खोजेको आरोप लगाएका हुन्। 
पूरा पढ्नुहोस्

सिफारिस