शाहरुख खानको चलचित्र ‘पठान’को सेटमा सुरक्षा बढाइयो

काठमाडौं। बलिउड चलचित्र पठानको छायांकनको क्रममा विवाद भयो। निर्देशक सिद्धार्थ आनन्द र एक सहयोगीबीच झगडा नै पर्‍यो। झगडा मात्रे नभएर दुवैजनाबीच थप्पड हानाहानसमेत भयो। झगडा भएपछि छायांकन एक दिनका लागि रोकिएको थियो। 

उक्त घटनापछि चलचित्र निर्माता आदित्य चोपडा निकै रिसाएका छन्। उनले उक्त घटनालाई गम्भीर रूपमा लिँदैं छायांकन सेटमा सुरक्षा बढाएका हुन्। 

अहिले पठान यूनिट उक्त घटनालाई बिर्सिने प्रयास गरिरहेको छ। तर, हात हालाहाल नै भएकाले त्यो सम्भव छैन। शाहरूख खानको मूख्य भूमिका रहेको उक्त चलचित्रमा दीपिका पादुकोण पनि देखिनेछिन्। भने जाने अब्राहम खलनायकको भूमिकामा छन्। 

उक्त घटनापछि शाहरूखले महिला कलाकारलाई लिएर चिन्ता व्यक्त गरेका थिए। महिला कलाकारमाथि केही घटना घट्ने हो भन्नेतर्फ उनको चिन्ता थियो। यसले गर्दा छायांकनको क्रममा सुरक्षाकर्मी तैनाथ गरिएको हो। 

निर्माता आदित्यले घटनाको छानविन गर्न समेत निर्देशन दिएका छन्। शाहरुख र जोन पहिलोपटक एकसाथ काम गर्न लागेका हुन्। यशराज ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको पहिलो चरणको छायांकन सकिएको छ। अब दोस्रो चरणको छायांकन मुम्बईमा हुनेछ।

मनोरञ्‍जन

शाहरुख खानको चलचित्र ‘पठान’को सेटमा सुरक्षा बढाइयो

प्रकाशित: शनिबार, माघ १०, २०७७ १४:३०
  • निर्देशक र सहयोगीबीच थप्पड हानाहान भएको थियो। 
  • झगडापछि छायांकन एकदिन रोकियो। 
  • घटनाको छानविन गर्न निर्माता निर्देशन दिएका छन्। 

सिफारिस