आज थप २३२ जनामा देखियो कोरोना सङ्क्रमण

काठमाडौँ। नेपालमा गत २४ घण्टामा दुई सय ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज वेभसाइटमार्फत् दिएको कोरोनासम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणअनुसार नेपालमा गत २४ घण्टामा तीन हजार पाँच सय ४१ वटा नमुनाको कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। यससँगै नेपालमा हालसम्म २० लाख ३८ हजार आठ सय ४२ वटा नमुना परीक्षण भएको छ।

यससँगै नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ६९ हजार एक सय ८० पुगेको छ। आज कूल परीक्षणमध्ये जम्मा ६.५५ प्रतिशतमा सङ्क्रमण देखिएको हो।

स्वास्थ्य कोभिड–१९ महामारी

आज थप २३२ जनामा देखियो कोरोना सङ्क्रमण

प्रकाशित: शनिबार, माघ १०, २०७७ १६:३६
  • देशभरका प्रयोगशालामा आज तीन हजार पाँच सय ४१ वटा नमूना पिसिआर विधिबाट परीक्षण गरिएको छ।
  • यससँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ६९ हजार एक सय ८० पुगेको छ।