राजनीतिक आन्दोलनको मारमा विद्यार्थी, विद्यार्थी नेता भन्छन्- जायज आन्दोलन हुँदा प्रभाव त परिहाल्छ

काठमाडौं। प्रिन्स मगर (पुजन) को शुक्रबार (माघ ९ गते) दिउँसो १ बजेदेखि परीक्षा थियो। उनको परीक्षा केन्द्र्र नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटेल म्यानेजमेन्ट रविभवन कालिमाटीमा थियो। भक्तपुरबाट बस चढेर जाँदा उनलाई तीनकुनेमा झारिदियो। कालीमाटी जाने कुनै सवारी पाइएन। 

“त्यहाँ झार्दा १२ः३० भइसकेको थियो। बानेश्वरसम्म हिँडेरै गए। त्यहाँ पनि एउटा गाडी समेत भेटिन। केही उपाय लागेन। ट्याक्सी खोजे। ट्याक्सीले सात सय भाडा भन्यो। तर, मसँग जम्मा पाँच सयमात्रै थियो। त्यो पाँच सय पनि परीक्षाभरी खाजा र गाडीभाडाका छुट्याएको थिए”, उनले भने।  

धन्न एक जना कालीमाटीसम्म जाने मान्छे भेटिए। दुई जना भएपछि छ सयमा ट्याक्सी जान तयार भयो। र दुवैजनाले ३÷३ सयका दरले भाडा तिरेर कालीमाटी पुगे। 

“कलेजमा पुग्दा त १ः०५ बजिसकेको थियो। हतार हतारमा कलेजभित्र पसेर परीक्षा दिए। झण्डै परीक्षा नै छुटेको थियो। तर, जसोतसो परीक्षा दिनबाट बञ्चित हुनुपरेन्”, उनले भने। 

सोही कलंकीबाट नयाँ बानेश्वर जान भनेर हरिनारायण महर्जन त्रिपुरेश्वर पुगेका थिए। ट्राफिक प्रहरीले त्यहाँबाट अगाडि बढ्न दिइएन। मोटरसाइकल त्यही राखेर उनी हिँडेरै बानेश्वरतिर लागे। १ बजेदेखि उनको परीक्षा थियो। तर, उनी १ः१५ मा परीक्षा हलमा पुगे। 

“हिँड्दाहिँड्दै थाकेको थिए। त्ससमा झन् १५ मिनेट ढिला पुगे। परीक्षा नै राम्रोसँग दिन पाइन। अब यसको जिम्मा कसले लिने?”, उनले प्रश्न गरे।

केही समय रोकिएको राजनीतिक पार्टीको आन्दोलनले फेरि सडक तात्न थालेका छन्। जनताले फेरि सास्ती खेप्नु परेको छ। आफ्नो माग पूरा गराउन गरिने आन्दोलन सडकलाई तार्गेट बनाउँदा विद्यार्थीलाई नराम्रोसँग असर परेको अभिभावक संघका अध्यक्ष केशव पुरी बताउँछन्। 

“हिजोका दिनमा विद्यार्थी क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गरिएको थियो। विद्यार्थी तथा विद्यालय क्षेत्रलाई कुनै खालको असर नगर्ने राजनीति दलहरूले प्रतिबद्धता जनाएका थिए। तर, फेरि सडक नै जाम गर्नेगरी आन्दोलन थालेका छन्। कहिले बुद्धी आउँला?” उनले ब्यंग गर्दै प्रश्न गरे। 

आन्दोलन गर्दा विद्यार्थीलाई कुनै पनि खालको समस्या नपर्नेगरी आन्दोलन गर्न आफूहरूले पटक–पटक राजनीति दलको ध्यानाकर्षण गराइरहेको उनको भनाइ छ। 

“शनिवार वा बिदाको दिन आन्दोलन गर्दा त भइहाल्छ नि। त्यसमा हामीले केही भनेका छैनौं। अब हिजाको आन्दोलनका कारण विद्यार्थीले निकै सास्ती खेप्नुप¥यो”, उनले भने। 

प्याब्सन महासचिव कुमार घिमिरेले आन्दोलन गर्न पाउने उनीहरूको अधिकार भएपनि स्वतन्त्रपूर्वक पढ्न पाउने विद्यार्थीको अधिकार भएको बताए। 

“केही वर्ष आन्दोलन भएका थिएनन्। अब हामीले ढुक्कसँग पढ्न र पढाउन पाउँछौं भन्ने लागेको थियो। तर, फेरि पुरानै रूप देखिन थालेको छ,” उनले भने, “आन्दोलन गर्दा कमसेकम विद्यार्थीहरूलाई समस्या नपर्नेगरी शनिवार वा बिदाको दिन गरेको भए के बिग्रिन्थ्यो।”

विद्यार्थी संगठनका नेताहरूसँग कुरा गर्दा आफूहरूले यो विषयमा नेतृत्वसँग कुरा गर्न नसक्ने अवस्थामा रहेको बताउने गरेको अध्यक्ष पुरीको भनाइ छ। 

विद्यार्थी संगठनहरूले भने राजनीतिक आन्दोलनले विद्यार्थीलाई समस्या नपर्ने बताउँछन्। अनेरास्ववियू अध्यक्ष ऐन महरले देश र जनताको हितमा भएका आन्दोलनले असर नपर्ने बताए। 

“कस्तो खालको आन्दोलन भइरहेका छन्, त्यसमा भर पर्छ। विद्यार्थी हकहित तथा देश र जनताको हितका लागि भएका आन्दोलनले केही सास्ती भएपनि यसले फाईदा नै हुन्छ,” उनले भने, “तर, अराजक समूहको आन्दोलन, नाजायज माग अघि सारेर हुने आन्दोलनले गर्दा विद्यार्थीलाई मात्र नभएर देशको भविश्य पनि बर्बाद हुन्छ।”

आन्दोलनका कारण केही हदसम्म सबैलाई समस्या पर्ने गरेको स्वीकार गर्दै उनले भने, “सकेसम्म जनतालाई कम सास्ती होस्, कम समस्या परोस् भन्नेतिर ध्यान दिइन्छ।” 

विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवाला निकायले आन्दोलन गर्दा सार्वजनिक विदाको दिन मात्र गर्न अनुरोध गरेका छन्। उनीहरूले सडक नै ठप्प पार्नेगरी तथा शक्ति देखाउने नाममा यस्ता खालको आन्दोलन गर्दा विद्यार्थी मात्र नभएर अन्यलाई पनि समस्या पर्ने गरेको बताएका छन्।   

शिक्षा

प्रकाशित: आईतबार, माघ ११, २०७७ ०७:५६
  • सडक नै ठप्प पारेर राजनीतिक आन्दोलन हुन थालेका छन्। जसको विकल्प खोज्न आह्वान गरिएको छ।
  • विद्यार्थीहरूले सार्वजनिक बिदाको दिन मात्र आन्दोलन गर्न माग गरेका छन्।
  • यसअघि बन्द, हड्ताल तथा आन्दोलनबाट विद्यालय क्षेत्रमा प्रभाव नपार्ने सहमति भएको थियो। 

सिफारिस