रुसमा विरोध प्रदर्शन, तीन हजारभन्दा बढी पक्राउ

काठमाडौं। स्वदेश फर्किने क्रममा विमानस्थलबाट पक्राउ गरी जेल चलान गरिएका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा देशभरि प्रदर्शन भएको छ। 

प्रदर्शनीमा उत्रिएका तीन हजारभन्दा बढीलाई  प्रहरीले हिरासतमा लिएको छ।

कडा प्रहरी सुरक्षा हुँदाहुँदै पनि १० हजारभन्दा बढी प्रदर्शनीमा सहभागी भएका थिए। पछिल्लो समय रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विरोधमा भएको यो सबैभन्दा ठूलो प्रदर्शन हो।

मस्कोमा प्रहरीले एकजना प्रदर्शनकारीलाई पिट्दै र घिसार्दै लगेको देखिएको थियो। पुटिनका आलोचक नाभाल्नीले आफ्नो गिरफ्तारीपश्चात् आइतबार प्रदर्शनको आह्वान गरेका थिए।

रुसी प्रहरीले सुरक्षा कडा पार्दै नागरिकलाई घरभित्रै बस्न चेतावनी दिएको छ। शनिबार भएको प्रदर्शनमा नाभाल्नीका सहयोगीका साथै उनका प्रवक्ता र वकिललाई पनि हिरासतमा लिइएको छ।

नाभाल्नी पुटिनको विरोधीमध्येका सबैभन्दा हाईप्रोफाइल नेता हुन्। उनलाई जेलमा राखिएपछि समर्थकहरुले सामाजिक सञ्जालमा व्यापक विरोध गर्दै आएका छन्। सामाजिक सञ्जालबाटै प्रदर्शनको आह्वान गरिएको र देशका ६० सहरमा मानिसहरु उत्रिएका थिए। (बीबीसी)
 
अन्तर्राष्ट्रिय

रुसमा विरोध प्रदर्शन, तीन हजारभन्दा बढी पक्राउ

प्रकाशित: आईतबार, माघ ११, २०७७ ११:२६
  • रुसी विपक्षी नेता तथा पुटिनका आलोचक एलेक्सी नाभाल्नीको समर्थनमा देशभरि प्रदर्शनीमा उत्रिएका तीन हजारभन्दा बढीलाई प्रहरीले हिरासतमा लिएको छ।
  • शनिबार भएको प्रदर्शनीमा नाभाल्नीका सहयोगीका साथै उनका प्रवक्ता र वकिललाई पनि हिरासतमा लिइएको छ।

सिफारिस