संस्मरण : स्कुलेडाँडाको त्यो कोशेढुंगा

डर लाग्यो! आफूभन्दा जेठाहरू पङ्क्तिबद्ध थिए, पछाडितिर। बाँसको छडीले हिर्काउँदै मभन्दा जेठाहरूभन्दा पनि जेठा लाग्नेहरूलाई पङ्क्तिबद्ध गराइरहेका थिए, एकजना। निक्कै क्रूर लाग्थ्यो, ती बाँसका छडी बोकी यताउता गर्ने मान्छे। उनको गतिविधि देख्दा मेरो सातो गयो।

यस्तो त्रासदिका बीच म पनि पङ्क्तिबद्ध भएँ। अनि गीत गाउन सुरु गरे मभन्दा जेठाजेठीहरूले, ‘गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली... जय जय जय नेपाल सुन्दर शान्त विशाल...।’

यो गीत पहिलोपटक सुनेको थिएँ, त्यसैले यसलाई गाउन नसक्दा पछाडितिर बाँसको छडी बोकेर यताउता गरिरहेका र कसैकसैको ढाड सुम्ल्याइसकेका मान्छेले आफूलाई पनि सुम्ल्याउलान् भन्‍ने अर्को डर थपियो। पहिलो दिन जबरजस्ती पङ्क्तिबद्ध भएर उभिएँ। दोस्रो दिन झन डर लाग्यो र प्रार्थना गर्दा ‘श्रीमान् गम्भीर नेपाली...’ गाउनुपर्ने युग सुरु हुनुअघि नै म दुई-तीन पटक डरले रुँदै-कराउँदै गणेशधाराको त्यो स्कुलबाट उम्केर आफ्नो घरमा आइसकेपछि मात्र श्वास फेरेको अहिले पनि मेरो सम्झनामा छ। 

केही पटक रुँदै भाग्दै गरेर बाँसको टाटीले बेरेर निर्माण गरिएको गणेशधारास्थित गणेश प्राथमिक विद्यालयबाट एक वर्षका लागि म ‘ड्रप आउट’ भएँ।

पछाडितिर हेर्दा मभन्दा जेठा तीनजनाको अनुहार स्पष्ट रूपमा चिन्छु। उनीहरू थिए- कृष्णप्रसाद भण्डारी, गोपाल विश्वकर्मा र मानबहादुर लिम्बू। उनीहरू मभन्दा जेठापाका थिए र सम्भवतः कक्षा तीनमा अध्ययनरत थिए। पङ्क्तिबद्ध हुन लाग्दा सायद केही गल्ती गरेकोले उनीहरूको ढाडमा बर्सिएको बाँसको छडीको प्रहार निक्कै ननिको लाग्दो थियो।

मेरा दाजु मानबहादुर र दिदी विमला सोही स्कुलमा पढिरहेको समय सम्झँदा दुई वटा क्षण झल्झली याद आउँछ। एउटी गुरुआमा रातो सारी, रातै चोलो लगाएर सिउँदोमा रातो धर्सा कोरेकी थिइन्, बाँसको टाटी र फुसको छानाको घरमा उनी मायालु पाराले पढाउने गर्थिन्। उनलाई विद्यार्थी ‘सरस्वती दिदी’ भन्थे।

शिक्षकलाई त सर भनिन्थ्यो, तर शिक्षिकाहरूलाई ‘मिस’ वा ‘म्याडम’ भन्‍ने युग त्यो स्कुलमा भित्रिसकेको थिएन। बाँसको छडी बोकेर आफूहरूमाथि गोरु चुटाइ गर्ने ती मान्छेलाई विद्यार्थीहरू ‘पीताम्बर सर’ भनेर सम्बोधन गर्थे। उनको नाम उच्चारण हुनासाथ सबै थर्कमान! ती सरसँग मेरो खास साक्षात्कार भएको छैन। धनकुटा बजारबासी ती शिक्षक सम्भवतः अहिले सेवानिवृत्त जीवन व्यतीत गरिरहेका होलान्!

                                                                          o o o

समयक्रममा गणेशधारामा रहेको टाटीले बारेको फुसको छानाको त्यो स्कुल मेरो टोलको पल्लोपट्टि सर्‍यो। हामी त्यो ठाउँलाई ‘पल्लोपट्टि’ नै भन्थ्यौं।

पल्लोपट्टि एउटा सानो चौर थियो। धनकुटा नगरको बनौटको कुरा गर्दा, तमोर नदीदेखि चुलिवन नामको डाँडा उठेको छ। त्यो ठाडो बजार क्षेत्रबाट उत्तरतिर उक्लिने क्रममा सल्लेरी वन हुँदै हेलिप्याड डाँडा ठडिएको छ। फेरि थोरै तेर्सिंदै त्यो शृंखला चिहाने डाँडा हुँदै उक्लिएको छ। त्यहाँबाट कागते, निगाले हुँदै हिले मास्तिर पुगेर गुराँसे, राम्चेलगायत पहाडी शृंखलामा ठोक्किँदा अंग्रेजी वर्णमालाको ‘टी’ आकारको संरचना बनेको छ।

हाम्रो टोलदेखि पल्लोपट्टिको त्यो सानो हरियो चौरमा हामी बाल्यावस्थामा लडिबुडी खेल्न जान्थ्यौं। दाजुहरू त्यहाँ भलिबलको नेट टाँगेर खेलकुद अभ्यास गर्थे। दसैंको बेला लिंगे पिङ हालेर रमाइलो गर्थे। लिंगे पिङको विषयले हाम्रै छिमेकबीच झैं-झगडा हुँदा एउटा दसैंमा रगत पनि बग्यो।

अनेकौं वर्षा र हिउँद सहँदै बाँसको टाटीले बारिएको यस स्कुल स्थापनाको ६ वर्षपछि हाम्रो टोलनेरको पल्लोपट्टि ढुंगा र माटोको गारोको स्कुल भवन निर्माण भयो। यो स्कुल भवन निर्माण हुँदा सूर्यप्रसाद दवाडी धनकुटा नगर वडा नम्बर ४ का अध्यक्ष थिए। उनले आफ्नै घरसँग जोडिएको गणेशधाराबाट त्यो स्कुल हाम्रो टोलमा ल्याइपुर्‍याएका थिए, अलि खुला र फराकिलो ठाउँ खोज्दै।

क्रमशः त्यही चौरदेखि अलिमाथिको जग्गा सम्याउन लागियो। विस्तारै त्यहाँ जग खन्‍न सुरु गरियो। पर्खाल ठडिन लाग्यो। जस्तापाताको एउटा घर बन्यो। घरको छानामुन्तिर टाँसियो पहेँलो भुइँमा निलो अक्षरले कोरिएको साइनबोर्ड, श्री गणेश प्राथमिक विद्यालय, स्थापना- २०२९। 

अनेकौं वर्षा र हिउँद सहँदै बाँसको टाटीले बारिएको यस स्कुल स्थापनाको ६ वर्षपछि हाम्रो टोलनेरको पल्लोपट्टि ढुंगा र माटोको गारोको स्कुल भवन निर्माण भयो। यो स्कुल भवन निर्माण हुँदा सूर्यप्रसाद दवाडी धनकुटा नगर वडा नम्बर ४ का अध्यक्ष थिए। उनले आफ्नै घरसँग जोडिएको गणेशधाराबाट त्यो स्कुल हाम्रो टोलमा ल्याइपुर्‍याएका थिए, अलि खुला र फराकिलो ठाउँ खोज्दै। उनीपछि भैरवबहादुर श्रेष्ठ वडाध्यक्ष भए। हाम्रै टोलका छिमेकी खड्गबहादुर पाख्रिन नगर सभासद् चुनिए। उनीहरूले पनि यो विद्यालयको संस्थागत विकासमा केही न केही योगदान दिए।

त्यो बेला यस ठाउँमा दिउँसो एक बजेपछि सीधै सप्तकोशीको शीतल हावा आइपुग्थ्यो, सरर। अहिले किन हो त्यस्तो हावा बहेको अनुभूति हुँदैन। साँझ मौसम सफा रहेको बेला त्यहीँ ठाउँबाट सप्तकोशी देख्न सकिन्थ्यो। प्रदूषणले अहिले त्यो सुन्दर दृश्य दुर्लभप्रायः हुन पुगेको छ। त्यो बेला हामी लडिबुडी खेल्ने हरियो चौरमाथि सडक बनिसकेको छ, गाडी दौडन्छ।

                                                                          o o o

म गुच्चा खेल्दै थिएँ। मार्बलको गुच्चा हातमा अँठ्याएर हान्‍नुपर्ने। रुद्राक्षका दानामा प्रहार गरी जित्‍नुपर्ने। संयोग पनि कस्तो भने, मैले यो गुच्चा खेलमा कहिल्यै जीत हासिल गर्न सकिनँ। टोलमा यसरी गुच्चा खेल भइरहेको बेला एकजना मानिस आए। हामी बचेराहरूको भागाभाग चल्यो। हामी डराउँथ्यौ, ती मानिससँग, जो तासजुवा र गुच्चाखेलका विरोधी थिए। हामी उनलाई ठूलो सम्मान गर्थ्याैं। त्यसैले हामी गुच्चा खेल्दाखेल्दै भागेका थियौं।

"तिमीहरू भाग्न पर्दैन, लु सबै यहाँ जम्मा होऔं," हामीप्रति घृणा र आक्रोश नभई मायालु भाव प्रकट गरेर बोलावट भयो। फेरि अर्को आदेश आयो, "तिमीहरू हातखुट्टा धोएर तयार होऊ त!"

हामीले हाम्रा मैला हातखुट्टा धोयौं। हामीलाई पङ्क्तिबद्ध गराइयो, भेडाबाख्राजस्तै। र, सरासर नयाँ बनिसकेकोे भवनको स्कुलमा लगेर हाम्रो नाम लेखाइयो। त्यतिखेर हाम्रो स्कुलमा प्रधानाध्यापकको जिम्मा निर्मला तुलाधरको काँधमा थियो। रातो सारी, रातो चोलो र सिउँदोमा रातो धर्सो हालेर मायालु पाराले पढाउने तत्कालीन प्रधानाध्यापिका सरस्वती वस्तीको अर्कै स्कुलमा सरुवा भइसकेको रहेछ। यसरी मलगायतलाई भेडाबाख्राजस्तै पङ्क्तिबद्ध गराएर स्कुलमा भर्ना गरिदिने व्यक्तिको नाम हो- रेख ब्लोन। त्यो जमानाको स्‍नातक, मेरा छिमेकी दाजु।

o o o

म त्यतिखेर कक्षा दुईमा पढिरहेको थिएँ। डाँडाबजारतिरबाट एकजना हामीभन्दा अलि पाको लाग्ने भगिमान लिम्बू कक्षा तीनमा पढ्न आएका थिए। डाँडाबजारस्थित भानु माविका तत्कालीन प्रधानाध्यापक कृष्ण ब्लोनले त्यहाँबाट आफ्नै घरनिकट हामी पढिरहेको स्कुलमा भगिमानलाई ल्याएका थिए होलान् भन्‍ने मेरो अनुमान छ। त्यो दिन बिहीबार थियो। २०३७ साल वर्षायाम। वर्षामात्र भएन, आँधी पनि चल्यो। हामी कुनाकाप्चा, कोही बेन्चमुनि लुकिरहेका थियौं। क्षणभरमै अँध्यारो कक्षाकोठा उज्यालो भयो।

हामी पढिरहेको स्कुलको छानालाई आँधीको झोँक्काले उडाइसकेछ। त्यसपछि भाग्दै जाँदा मलाई भगिमानले सम्हाल्दै मेरो घरसम्म पुर्‍याए। अलिपछि अरुहरू चिच्याउँदै आत्तिँदै आइपुगे। पछि भगिमान आफ्नै गाउँ डाँडाबजार फर्के। अहिले कता छन्, केही थाहा छैन मलाई।

गजब त के भने, बिहीबार आधा दिन, शुक्रबार आधा दिन र शनिबार पूरै दिने बिदाको सुविधा थियो। यसबाट सर्वसाधारणले भने असुविधा भोगिरहे। फेरि अन्यत्रबाट धनकुटा जागिर खान आउनेलाई दुर्गम भत्ताको पनि सुविधा थियो। धनकुटा घर हुनेहरू पनि धनकुटाबाट बसाइँ-सराइ अरू ठाउँमा गराएर दुर्गम भत्ता पड्काउँथे।

त्यतिखेरको प्रचलनअनुसार बिहीबार बिहान आधा दिन मात्र विद्यालय सञ्‍चालन हुन्थ्यो, धनकुटा नगरमा। बिहीबार धनकुटामा हाट लाग्थ्यो र त्यो दिन किनमेल गर्ने भनेर राणाकालीन उर्दीअनुसार विद्यालयहरू बिहान सञ्चालन हुने र सरकारी कार्यालयहरू दिउँसो एक बजेदेखि मात्र लाग्ने चलन धनकुटा नगरमा लामो समयसम्म चलिरह्यो। यसबाट धनकुटामा जागिर खाने निजामती कर्मचारीले लामै अवधिसम्म अतिरिक्त लाभ लिइरहे।

यसरी मेरो टोलदेखि पल्लोपट्टि स्थापना भएको स्कुलमा मलगायतका मेरा समवयीहरूको पढाइ सुरु भयो। यही स्कुलबाट अक्षरारम्भ गरेको मैले आफूलाई त्यहाँ रहँदासम्म अब्बल साबित गरिरहेँ। स्कुल बनेको दुई-तीन वर्षपछि आँधीले छाना उडायो। फेरि छाना छाइयो। निर्मला तुलाधरको प्रधानाध्यापककालसम्म कक्षाहरूको पार्टिसन पनि थिएन, झुप्पझुप्प राखिएर पढाइन्थ्यो, पढाउनेलाई पनि गाह्रो। हाम्रै टोलका अग्रज दिलबहादुर बम्जन प्राध्यानाध्यापक भएर आएपछि स्कुलभित्र काँचो इँटाले पार्टिसन गरियो, छुट्टाछुट्टै कोठामा पढ्न पाउने व्यवस्था भयो।

त्यही स्कुलमा कक्षा तीनमा प्रथम स्थान हासिल गरेर म स्थानान्तरित भएँ। त्यो बेला कक्षा तीनमा जिल्ला स्तरीय परीक्षा हुन्थ्यो। नतिजा सुन्‍ने दिन पनि आयो। तल्लो कोप्चेका रुद्रकुमार प्रधान प्रधानाध्यापक थिए। उनले कक्षा तीनका हामीलाई परीक्षाको नतिजा यसरी सुनाए, "राजकुमार सुब्बा फस्ट, मेनुका कार्की सेकेन्ड, जीतबहादुर राना थर्ड, घमण्डबहादुर विश्वकर्मा फेल, अरू सबै पास!"

घमण्डबहादुर मेरा दाजु डम्बरका साथी शेरबहादुर विश्वकर्माका भाइ र हाम्रो एउटा बारीको सँधियार पनि। उनलाई परीक्षामा सकेसम्म सहयोग गर्थें। जिल्ला स्तरीय परीक्षामा सिट प्लानिङमा हामी कोकता पर्‍यौं, मैले त्यो बेला परीक्षामा उनलाई सहयोग गर्न सकिनँ। सँगै परेका परीक्षार्थीलाई सकेसम्म आफूले जानेको सिकाइदिने बानी मेरो। स्नातकोत्तर तहको परीक्षासम्म यो बानी रहिरह्यो। मेरा एकजना साथीलाई यही प्रसङ्गमा सम्झन्छु, जसलाई सिकाउँदा झण्डै म आफै कारबाहीमा परेको थिएँ!

परीक्षा हलमा कसैलाई सिकाई सघाउनु अनुशासनहीनता हो। म आफै कलेज पढाउँदाताका परीक्षा हलमा गार्ड गर्दा यो अनुशासनलाई कडाइका साथ पालना गराउन परीक्षार्थीहरूमाझ प्रस्तुत भएँ। तर आफूले पाएको ज्ञान कसैलाई बाँड्न पाउँदा अहिले पनि मलाई परमानन्द प्राप्त हुन्छ।

                                                                          o o o

यो स्कुलमा कक्षा तीनसम्म पढेर म हाम्रो टोलभन्दा उत्तर दिशाको हिँडाइमा ४० मिनेटजतिमा पुगिने तत्कालीन वारीपात्लेस्थित भाषा निम्न माध्यमिक विद्यालयमा पुगेँ। यो नेपालकै तेस्रो पुरानो स्कुल हो। कक्षा सातसम्मको अध्ययन यस स्कुलबाट पूरा गरेर म आफ्नो टोलभन्दा दक्षिणतिर बजारक्षेत्रको गोकुण्डेश्वर माध्यमिक विद्यालयमा पुगेँ। त्यही स्कुलबाट २०४५ सालमा एसएलसी दिएर बसिरहेको थिएँ।

                                                                          o o o

२०४५ सात भदौ ५ गते पूर्वी नेपालमा ठूलो भूकम्प गयो। उदयपुर केन्द्र रहेको यस भूकम्पबाट पूर्वीनेपालमा धेरै धनजनको क्षति भयो। धनकुटा अछुतो रहने कुरा भएन। मैले अक्षरारम्भ गरेको गणेश प्राथमिक विद्यालय पनि क्षतिग्रस्त भयो। जीर्ण रहेको पर्खाल ढालियो। त्यो ठाउँ सम्याउन थालियो।

विद्यालय अन्यत्र सरेपछि खाली भएको यस भवनमा हामी स्थानीयहरूले खल्तीबाट आनासुकी झिकेर आफ्ना छोराछोरी पढाउनका लागि बोर्डिङ स्कुल सञ्चालनमा ल्याएका थियौं। यहीँबाट मेरी दुई छोरीको पनि अक्षरारम्भ भयो। पछि हामीले आफ्नो पैसा फिर्ता लियौं। यस भवनमा सञ्चालनमा ल्याइएको बोर्डिङ स्कुललाई अरुले नै अहिले अन्यत्रै भवन बनाएर सञ्चालन गरिरहेका छन्। त्यसैले यो भवन निर्जन बन्‍न पुगेको हो।

एसएलसीपछिको समयलाई सकेसम्म सिर्जनशील बनाउने इच्छा थियो मेरो। टाइपराइटिङ सिकेर सरकारी जागिरका लागि प्रयास गर्ने इच्छा पनि थियो। तर हाम्रो परिवार मेरो त्यस तालिमका लागि आवश्यक शुल्क तिर्न अक्षम थियो। त्यसैले मैले त्यो तालिमका लागि रोइकराइ गर्ने इच्छा गरिनँ। म कक्षा एकबाट दुईमा पुगेको बेला कतिपय सहपाठीलाई उनीहरूको अभिभावकले त्यस सरकारी स्कुलबाट झिकेर नव-स्थापित बोर्डिङ स्कुलमा हालिदिएका थिए, त्यतिखेर मलाई पनि सफा ड्रेससहित टाइ र कालो छालाको जुत्तासहित पछाडि भिर्ने ब्यागमा किताब-कापी र हातमा टिफिन बोकेर बोर्डिङ स्कुल जाने मन नभएको कहाँ हो र?

तर अभिभावकको आर्थिक क्षमताबारे जानकारी भएकैले मैले त्यो इच्छा पूरा गराउने जिरह गर्दै एकै शब्द कहिल्यै उच्चारण गरिनँ र मैले त्यही धुले स्कुलबाट आफ्नो विद्याको उन्‍नतिका निमित्त दत्तचित्त रहनुमै आनन्द मानिरहेँ। धुलोबाट उठेर यहाँसम्म आइपुगेको हुँ भन्दा मलाई कम्ती गौरवबोध हुँदैन।

पछि त्यो स्कुलका लागि हाम्रो टोलमुनिका एकजना दानवीर बद्री श्रेष्ठ (हालै दिवंगत)ले आफ्नो निजी जग्गा उपलब्ध गराए। क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रमुन्तिरको जग्गामा गणेश प्रावि लामो समय सञ्चालनमा रह्यो। सरकारी विद्यालयले भोग्नुपरिरहेको समस्याबाट यस स्कुल पनि अछुतो रहेन। अन्ततः यो स्कुल अहिले भाषा उच्च माविमा मर्ज भएको छ। यही स्कुलका निमित्त निर्माण भएको दुईवटा भवन अहिले प्रयोगविहीन छन्। 

तीमध्ये मैले अक्षरारम्भ गरेको विद्यालय भवनको परिसरलाई बारबेर गरेर सुरक्षित राखिएको छ। तर यसको वरिपरि अहिले झारजंगल उम्रेको छ। भवन भने जस्ताको तस्तै उभिएको छ, निर्जन अवस्थामा। यस भवनसँग मेरो विद्याको मात्रै होइन, वृत्तिविकासको न्यानो सम्बन्ध पनि जोडिएको छ।

मैले एसएलसी दिएर बसेको समय थियो। पत्रपत्रिका पढ्ने लत आफूमा सानैदेखि थियो। मागेर होइन, पाए सित्तैमा नपाए किनेर पढ्ने बानी थियो। पञ्चायतकालमा मालेका भूमिगत नेताहरूलाई सेल्टर दिएको र पार्टीको सांस्कृतिक अभ्यास र गतिविधि खुलेआम रूपमा हाम्रो एउटा घरमा हुने भएकोले त्यहाँ जम्मा हुने अखबार, पत्रपत्रिका र पुस्तकका अक्षरहरूमा आँखा दौडाइहाल्नुपर्ने बानी परेको थियो, बुझे पनि नबुझे पनि।

अहिले पनि पढ्नका लागि समय पाउँदा म सबथोक भुल्ने गर्छु। पढेको कुरालाई रिफरेन्समा ल्याई लेख्न पाउँदा थप आनन्दानुभूति हुन्छ।

म एसएलसीपछिको खाली समयको सदुपयोगका लागि पुस्तक, पत्रिका र अखबार सक्दो पढ्ने विचारमा थिएँ। 

धनकुटामा सुविधासम्पन्‍न सिनेमा हल थिएन। २०४४ सालको हिउँदमा राजा वीरेन्द्रको धनकुटा भ्रमण हुँदा नेपाल टेलिभिजनले अस्थायी स्टेसन खडा गरी उनको भ्रमणको गतिविधिलाई जनसमक्ष प्रस्तुत गर्न ठाउँ-ठाउँमा टेलिभिजन सेट राखिएको थियो। खुल्ला आकारमा हिउँदका शीत र ठिहिरो सहँदै हामी टेलिभिजन हेर्थ्याैं। टेलिभिजनमा टेलिफिल्म तथा छायांकन गरिएका नेपाली गीतहरू (अहिलेको भाषामा म्युजिक भिडियो) पनि हेर्न पाइने भएकोले मनोरञ्जन र कलाकारिताको क्षेत्रमा केही सूचनामूलक ज्ञान हासिल गर्ने अवसर प्राप्त भएको थियो। यही अवसरकै कारण म ‘कामना’ मासिकको नियमित पाठक बन्‍न पुगेको थिएँ।

कामनाको नयाँ अंक आयो। तर, त्यो किन्‍नका लागि फुटेको कौडी पनि थिएन गोजीमा। पत्रिका पसलेले मजस्तो भर्खरै एसएलसी दिएर बसेको बेरोजगार बबुरोलाई उधारो पत्ताउने कुरा भएन। मागेर पढ्ने कल्पना पनि गर्न सकिएन। छटपटी भयो, उत्पात!

                                                                             o o o

ठीक त्यहीबेला माथि मैले बेलिविस्तार लगाएको स्कुलको पुनःनिर्माणका लागि फेरि जग्गा सम्याइँदै थियो। मैले त्यहाँ पुगेर काम मागेँ, म पनि काम गर्छु भन्दै। सुरुमा पत्याएनन्। तर, पछि काम पाएँ। गैंती, बेल्चा चलाएर त्यहाँको ढुंगामाटो उठाएँ। एसएलसी दिएर बसेको पढाइमा पनि राम्रै भनेर टोलमा पत्याइएको मान्छे थिएँ।

त्यतिखेरै त्यहीँ काम गरिरहेका टोले दाइ पूर्णबहादुर तामाङले मलाई व्यङ्ग्य गर्दै भनेको अहिले पनि सम्झन्छु। उनले भनेका थिए, "ओई, तँ पढेलेखेको मान्छे, हामीसँग काम गर्न लाज लाग्दैन? भोलिपर्सि तँलाई हामीसँगै कुल्ली काम गरेको भनेर हामीले जिस्क्यायौं भने तँ के गर्छस्?"

"काम गरेर खानु केको लाज? तपाईंहरूले मलाई त्यसरी जिस्क्याए पनि केही फरक पर्दैन," मैले सहज उत्तर मात्रै दिइनँ, दुई साता जमेरै ज्यालादारी मजदुरी गरेँ।

हो, त्यसपछि मलाई पत्रपत्रिकामा आफ्नो नाम छापिरहने बानी पर्‍यो। पछि काठमाडौंमा पुगेर कामना प्रकाशनकै सह-प्रकाशन ‘साधना’ मासिकमा डेढ वर्ष काम गर्दा म सुटुक्क-सुटुक्क पुस्तकालयमा पस्थेँ र कामनामा छापिएको त्यो मेरो पाठक प्रतिक्रिया हेरेर भावुक बन्थेँ। 

पारिश्रमिक थापेपछि मेरो पहिलो काम भयो, आफूले चाहेको पत्रिका किन्‍ने। कामनाको नयाँ अंक किनेँ। नयाँ वर्ष २०४६ को अंक थियो, त्यो। आवरणमा नेपालका त्यतिखेर चल्तीका चलचित्र नायकहरूलाई उनीहरूको लोकप्रियताको कसीमा श्रेणीबद्ध गराइँदा सरोज खनाललाई पहिलो नम्बरमा राखिएको थियो। त्यसमाथि मैले एउटा पाठक प्रतिक्रिया लेखेर हुलाकमार्फत् पठाएँ।

त्यो २०४६ सालको साउन वा भदौ अंकमा प्रकाशित भयो, मेरो नामको पाठक प्रतिक्रिया। त्यतिखेर नेपाल टेलिभिजनमा ‘आठ बजे’ नामको कार्यक्रम चलाएर लोकप्रिय बन्‍न पुगेका सञ्चारकर्मी विजयकुमारको फोटो आवरणमा छपिएको थियो। मैले त्यो मेरो सानो पाठकप्रतिक्रिया कतिपटक पढेँ, गनेर साध्य छैन। हो, त्यसपछि मलाई पत्रपत्रिकामा आफ्नो नाम छापिरहने बानी पर्‍यो। पछि काठमाडौंमा पुगेर कामना प्रकाशनकै सह-प्रकाशन ‘साधना’ मासिकमा डेढ वर्ष काम गर्दा म सुटुक्क-सुटुक्क पुस्तकालयमा पस्थेँ र कामनामा छापिएको त्यो मेरो पाठक प्रतिक्रिया हेरेर भावुक बन्थेँ। 

त्यसपछि म सानोतिनो लेखरचनाहरू लेख्दै छपाउँदै गर्न थालेँ। त्यसैक्रममा मैले ‘गोरखापत्र’मा एउटा कथा र ‘अस्मिता’ मासिकमा एउटा लेख छपाएको थिएँ, २०४८/४९ सालमा। काठमाडाैँ आवतजावत गरिरहने एकजना दाइको हातमा मञ्जुरीनामा पठाएको थिएँ, यी दुई पत्रिकाबाट पाँच सय ५० रूपैयाँ पारिश्रमिक प्राप्त हुँदा मेरो खुट्टा भुइँमा थिएनन्।

                                                                          o o o

यसरी स्कुलडाँडाको धुले स्कुलमा अक्षरारम्भ गरेर, त्यहीँको ढुंगामाटो उठाएर अगाडि बढेको मान्छे हुँ म। त्यहीँ ज्याला-मजदुरी गरेर प्राप्त पारिश्रमिकबाट किनेको पत्रिका, कलम-कापी, हुलाक टिकट र खाम प्रयोग गरी पत्रिकामा नाम छपाएपछि भरिएको ऊर्जाबाट आज म यो यात्रासम्म आइपुगेको छु। २२ वर्ष सक्रिय पत्रिकारिता गरेँ। एकपटक नेपाल पत्रकार महासंघको केन्द्रसम्म पुगेँ। त्यही स्कुलमा अक्षरारम्भ गरेको मैले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा आठ वर्ष पढाएँ।

म कसरी भुल्न सकूँला र! स्कुलडाँडाको त्यो कोशेढुंगालाई?

विचार / अन्तर्वार्ता

संस्मरण : स्कुलेडाँडाको त्यो कोशेढुंगा

प्रकाशित: बिहिबार, माघ १५, २०७७ ०७:३०
  • बाँसको छडी बोकेर आफूहरूमाथि गोरु चुटाइ गर्ने ती मान्छेलाई विद्यार्थीहरू ‘पीताम्बर सर’ भनेर सम्बोधन गर्थे। उनको नाम उच्चारण हुनासाथ सबै थर्कमान!
  • प्रदूषणले अहिले त्यो सुन्दर दृश्य दुर्लभप्रायः हुन पुगेको छ। त्यो बेला हामी लडिबुडी खेल्ने हरियो चौरमाथि सडक बनिसकेको छ, गाडी दौडन्छ।
  • ज्याला-मजदुरी गरेर प्राप्त पारिश्रमिकबाट किनेको पत्रिका, कलम, कापी, हुलाक टिकट र खाम प्रयोग गरी पत्रिकामा नाम छपाएपछि भरिएको ऊर्जाबाट आज म यो यात्रासम्म आइपुगेको छु।

सिफारिस