ध्यानले रोग भगाउँछ, शान्ति जगाउँछ 

सेतो रङको लुगा लगाएको। सेताम्य लामो दाह्री। सागर जस्तो गहिरो आँखा। तस्बिरमा पनि जीवन्त देखिने तेजिलो र चम्किलो अनुहार। जब मैले त्यो तस्बिर देखेँ, कुन ऋषिको फोटो होला भन्ने लाग्यो। होला, कुनै साधु महात्माको भन्ने लाग्यो। कौतुहलता बढ्दै गयो। 

मेरी दिदी ओशोको सन्यासी भएपछि मलाई झनै बुझ्ने रहर लाग्यो। मैले दिदीलाई सोध्थेँ, को हुन् उनी साधु महात्मा जस्तो देखिने मान्छे? किन दाह्री पालेको? भगवान् हो र? त्यो मान्छेको तस्बिर कोठामा किन सजाएकोलगायतका प्रश्नहरू सोध्ने गर्थें। अनि, दिदीले जवाफ दिनुभयो, “उहाँ भगवान् ओशो हुनुहुन्छ।” 

फेरि मैले सोधेँ, “कस्तो भगवान्? शिवजी वा विष्णुजस्तै?” उहाँले भन्नुभयो, ‘‘भगवान् सबै फरक-फरक हुन्छन्, भगवान् भन्नेबित्तिकै शिवजी र विष्णुजस्तै हुन्न नि! विस्तारै बुझ्दै जाने छौ। त्यसपछि मैले धेरै बुझ्ने रहर गरिनँ। ती प्रश्नहरू जसरी मन मस्तिष्कमा छाए, त्यसरी नै हराएर गए। 

त्यसपछि विश्वव्यापी कोभिड-१९ महामारीले गतवर्षको चैत महिनामा देशैभरि लकडाउन घोषणा भयो। कलेजहरू बन्द भए। देशै ठप्प भयो। सबै मानिस घरमै थन्किए। त्यसैबेला हो, फुसर्दिलो भएपछि सामाजिक सञ्जाल युट्युब हेर्न थालेको। युट्युब हेर्दै जाँदा मेरी दिदीका भगवान् ओशोलाई देखेँ। ओशो भगवानबारे सुन्न थालेँ। प्रवचन सुन्दा, हाम्रो जीवनको भोगाइ र अनुभव भनेको जस्तो लाग्यो। यथार्थ जीवन के हो? जीवनलाई कसरी खुसीका साथ जिउन सकिन्छ? यस्ता यथार्थपरक वचनहरूले धेरै प्रभावित भएँ।

यति मात्र होइन, प्रायःजसो हरेक प्रवचनमा ‘ध्यान’बारे सुन्थेँ। ध्यान कसरी गर्ने? ध्यानका फाइदाहरू के के हुन्? आफूलाई स्वस्थ राख्न र जीवनलाई नजिकबाट बुझ्न ‘ध्यान’ अति जरुरी रहेछ भन्ने कुरातर्फ मेरो ध्यान मोडियो। 

लकडाउनताका बिहान र बेलुकी एकैछिन ‘ध्यान’मा बस्ने कोसिस गर्न थालेँ। भगवान् ओशोले भन्नुभएझैं आफ्नो मनलाई हेर्ने प्रयत्न गरेँ। निकै जटिल पो रहेछ, ‘ध्यान’।

भनिन्छ नि, गुरूबिना ज्ञान कहाँ पाइन्छ र? मेरो मनमा ओशोले ठाउँ बनाइसक्नु भएको रहेछ। त्यसैकारण, भगवान् ओशोको प्रिय अनुयायी स्वामी आनन्द अरुणको प्रवचन पनि सुनेँ। अन्तर्वार्ता हेर्दा ओशो झैं लाग्थ्यो स्वामी आनन्द अरुण पनि। आँखा चिम्लेर बस्दा, आँखा चिम्लेरै ओशो तपोवन आऊ भनेजस्तै लाग्थ्यो। केही नसोची म बालाजुमा रहेको ओशो तपोवन पुगेँ। 

ओशो तपोवन पुगेपछि वर्षौं पहिले म यहाँ आइसकेको, यो ठाउँमा बसिसकेको भान भयो। त्यहाँ बस्ने ओशोप्रेमीहरूलाई धेरै पहिलेदेखि चिनेकोजानेको जस्तो लाग्यो। उनीहरू मुसुक्क मुस्कुराउँथे। धेरै शान्त देखिन्थे। कसैसँग नबोल्ने र आफूमै डुबेजस्तो देखिन्थे। 

पहिलो दिन, साँझ पाँचबजेतिर ‘ध्यान’ को सेसन सुरु भयो। एकजना स्वामीले ध्यान गराउनुभयो। ध्यानमा बसेपछि पहाडझैं लाग्यो, यो काम। म त एकछिन पनि ध्यानमा बस्न सकिनँ। घण्टौं इन्टरनेटमा रमाउने यी आँखालाई बन्द गर्न कहाँ सजिलो थियो र? ध्यान कक्षमा सबैका आँखा बन्द हुन्थे, मेरो आँखा खुल्ला। सायद सबैजना आफूमा डुबेका थिए होलान्, तर म र मेरो मन भने त्यहाँ मात्र थिएन। 

बेलुकी फेरि आरती, भजन कीर्तन सुरु भयो। सबैजना ओशोको भजनमा नृत्य गर्न थाले। आँखा बन्द गरेर ओशोकै गीत गाउन थाले। गीतमा डुब्न थाले। सबैजना भजनमा मग्न भएको देखेर म पनि भजनमै हराएँ। पहिलो दिन झण्डै तीन घण्टा ध्यान र सत्संग भयो। 

भोलिपल्ट एकाबिहानै एकघण्टा ‘सक्रिय ध्यान र योग’को सेसन सुरु भयो। त्यही बेला नै हो, मैले एक घण्टासम्म आँखा बन्द गरिबसेको। दिनभरि साथीहरूसँग गफ गर्दै बिताउने मेरा लागि ठूलै काम गरे जस्तो लाग्यो। तर, गाह्रो भए पनि छुट्टै आनन्द थियो। दिन बित्दै जाँदा ध्यान सहज लाग्न थालेको थियो। ध्यानमा बस्दा जति शान्तिको अनुभव गरेँ, त्यति नै शान्ति तपोवनको वातावरणमा पनि थियो।

तपोवनको दुनियाँ नै वास्तविक संसार रहेछ, बाँकी दुनियाँ त झुटो रहेछ। म बाटो बिराएर झुटो दुनियाँमा रमाइरहेकी रहेछु, तपोवन गएपछि थाहा पाएँ। जब ध्यान कक्षमा स्वामी आनन्द अरुण आउनुहुन्थ्यो, त्यसबेला लाग्थ्यो, छुट्टै हावा चलिरहेको छ। उहाँको चम्किलो अनुहारबाट निस्केको ऊर्जाले ध्यान कक्षको माहोल नै अर्कै हुन्थ्यो। नाचौं झैं लाग्ने, हासौं झैं लाग्ने। चिच्याएर रुनु झैं लाग्ने। मन जहाँको त्यहीँ टक्क रोकिन्थ्यो। 

तपोवनको सबैभन्दा राम्रो पक्ष के लाग्यो भने, त्यहाँ कसैले कसैलाई ‘जज’ गर्दैनन्। जतिबेला हाँस्न मन लाग्यो, खुलेर हाँस्ने। जतिबेला रुन मन लाग्यो, खुलेर रुने। कसैले कसैलाई सोध्दैनन्, किन हाँसेको वा किन रोएको? तर, यस्तै संसार बाहिर पनि भइदिए कति जाति हुन्थ्यो। हामी भने न कसैलाई रुन दिन्छौं, न खुलेर हाँस्न नै! 

बाहिरी आँखाले सेतो हिमाल, झरना र रमाइलो प्राकृतिक दृश्यलाई हेर्दा स्वर्ग यही हो जस्तो लाग्थ्यो। तर, आँखाले देखेको केही होइन रहेछ। मनले महसुस गर्नुपर्दो रहेछ। मनले महसुस गरेको त तपोवन पुगेपछि पाएँ। तपोवनमा मेरो मनले वास्तविक स्वर्ग देख्यो। स्वर्गको महसुस आँखाले हेरेर होइन, मनले गर्नुपर्दो रहेछ।

समुद्र झैं गहिरो ध्यानलाई सात दिनमै सिकें, जानेँ भन्नु त मेरो मुर्खता नै हुनेछ। तर, तपोवनसम्म पुग्नु र स्वामी आनन्द अरुणको शिष्य बन्नु नै मेरो ध्यानको पहिला खुड्किलोको रुपमा लिएकी छु। 

यो संसार दुइटा रहेछ। एउटा संसार त पैसा, जागिर र सफलताको पछाडि दगुर्ने। अर्को संसार भनेको आफूलाई चिन्ने र जान्नु नै रहेछ। हामी स्वास त सधैं लिन्छौं, तर स्वास लिएको अनुभव भने गर्दैनौं। 

भगवान् ओशो भन्नुहन्छ, “तिमीसँग स्वासको माला छ, त्यो मालालाई हेर र बुझ्ने प्रयत्न गर।” हुन तः स्वासलाई हेर्न कहाँ त्यति सजिलो छ र! तर, प्रयास गर्दै जाँदा दिनभरि ताजा महसुस भने हुँदो रहेछ। केही मिनेटको ध्यानले पढाइ र काममा थप ऊर्जा मिल्दो रहेछ। 

स्वामी आनन्द अरुण भन्नुहुन्छ, “ध्यान नै औषधि हो, ध्यान गरे कहिल्यै अस्पताल जानु पर्दैन, कहिल्यै औषधि खानु पर्दैन।” हो, हामी व्यस्त छौं, सफलता पाउने दौडमा छौं, पैसाको पछाडि कुदिरहेका छौं। तर, आफ्ना लागि एक घण्टा पनि समय निकाल्न सक्दैनौं! उहाँ भन्नुहुन्छ “एक घण्टाको ध्यानले हामीलाई रोगबाट मात्र टाढा राख्दैन, शान्तिलाई नजिकबाट महसुस गर्न सक्छौं, आनन्द लिन सक्छौं।” 

ब्लग विचार / अन्तर्वार्ता

ध्यानले रोग भगाउँछ, शान्ति जगाउँछ 

प्रकाशित: शनिबार, फागुन १, २०७७ १८:०५
  • जब मैले त्यो तस्बिर देखेँ, कुन ऋषिको फोटो होला भन्ने लाग्यो। होला, कुनै साधु महात्माको भन्‍ने लाग्यो। कौतुहलता बढ्दै गयो। 
  • लकडाउनताका बिहान र बेलुकी एकैछिन ‘ध्यान’मा बस्‍ने कोसिस गर्न थालेँ। भगवान् ओशोले भन्नुभएझैं आफ्नो मनलाई हेर्ने प्रयत्न गरेँ। निकै जटिल पो रहेछ, ‘ध्यान’।
  • स्वामी आनन्द अरुण भन्नुहुन्छ-एक घण्टाको ध्यानले हामीलाई रोगबाट मात्र टाढा राख्दैन, शान्तिलाई नजिकबाट महसुस गर्न सक्छौं, आनन्द लिन सक्छौं।

सिफारिस