प्रेमले लिँदैन, दिन्छ मात्र!

‘प्रेम’ का विषयमा एउटा चर्चित भनाइ छ– ‘यो दिने चिज हो, लिने होइन।’ परन्तु व्यवहारमा उल्टो भइरहेको देखिन्छ। प्रेम पाउन जो पनि लालायित छन्, दिनभन्दा लिन प्रयासरत्। जुनचाहिँ प्रेमी–प्रेमिकाबीच लेनदेनको सन्तुलन मिलेको हुन्छ, उनीहरुको प्रेम सफल हुने प्रचुर सम्भावना रहन्छ। 

आलेखको यो भूमिका मात्र हो। मैले चर्चा गर्न खोजेको विषयचाहिँ ‘प्रेम दिवस’ हो, जुन आज फेबु्रअरी १४ का दिन ‘भ्यालेन्टाइन्स डे’का नाममा संसारभर मनाइन्छ। प्रेम दिवस भन्नासाथ मेरो दिमागमा आउने पहिलो प्रश्न हो, के प्रेम गर्नका लागि कुनै निश्चित दिन आवश्यक हुन्छ? तीन सय ६५ दिनमा एकदिन प्रेम दिवस मनाउने हो भने बाँकी दिन प्रेम नगर्दा पनि हुन्छ? यसर्थ ‘प्रेम दिवस’ को सैद्धान्तिक अवधारणा नै त्रुटिपूर्ण लाग्छ मलाई। 

हामीले कुनै एउटा पश्चिमा संस्कृतिलाई अन्धानुकरण गरिरहेका छौं, यसको भावार्थ नबुझी। उनीहरुको लहैलहैमा हिँडेर नेपाली समाजमा पनि प्रणय दिवस मनाउने सिलसिला बढ्दो क्रममा छ। जसले भ्यालेन्टाइन्स डे मनाइरहेका छन्, उनीहरुमध्ये धेरैलाई यसको अर्थ पनि थाहा छैन। यो दिवसको वास्तविक मर्म के हो र यो किन मनाउन थालियो भन्ने कुरामा उनीहरुलाई कुनै सरोकार छैन। केवल मनाउनु छ र देखाउनु छ। प्रेमी/प्रेमिकासँग रोमान्टिक र उत्तेजक समय बिताउन बहाना जो मिलेको छ।  

भ्यालेन्टाइन्स डेको इतिहास हेर्दा यो दिवसको सुरुआत प्राचीन रोमनबाट सुरु भएको हो। यसबारे विभिन्न किंवदन्ती छन्। भ्यालेन्टाइन्स डेको औपचारिक सुरुआत इस्वी संवत् २६९ मा रोमबाट सुरु भएको हो। यो दिवससँग एउटा दुःखान्त प्रेमकथा जोडिएको छ। 

तत्कालीन रोमन सम्राट क्लोडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए। प्रेम र विवाहले सैनिक कमजोर हुन्छन् र युद्ध लड्न सक्दैनन् भन्ने बुझाइ उनको थियो।

रोमन पादरी सन्त भ्यालेन्टाइनले यसको विरोधमा आवाज उठाए। उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमै बिहे गराइदिए। त्यसपछि सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजायँ सुनाएर जेलमा राखे।

जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिविहीन छोरीसँग प्रेम बस्यो। आफूलाई मृत्युदण्ड दिनुअघि उनले ‘लभ फ्रम योर भ्यालेन्टाइन’ भन्ने हस्ताक्षरसहितको प्रेमपत्र आफ्नी प्रेमिकालाई दिएका थिए। साथै, उनले आफ्ना दुवै आँखा प्रेमिकालाई सुम्पिएका थिए। सन्त भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो। 

भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दुई सय २९ वर्षपछि सन् ४९८ मा इसाई धर्मगुरु पोप जेलासिएसले १४ फेब्रुअरीलाई प्रेम दिवसका रुपमा मनाउने घोषणा गरेका थिए। त्यसपछि इङ्ल्यान्ड र फ्रान्स हुँदै पछिल्लो समय विश्वभर १४ फेब्रुअरीलाई भ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवसको रुपमा मनाउने थालिएको हो।

सेनाभित्र प्रेमलाई जीवित राख्न सन्त भ्यालेन्टाइनले आफ्नो जीवनको आहुति दिएकाले नै उनको सम्झनामा सम्बद्ध देशले दिवस मनाउनु स्वाभाविक थियो। तर, विश्वव्यापीकरणको प्रभावले यो दिवस नेपालसम्म आइपुग्यो। यसलाई जोकसैलाई प्रेम प्रस्ताव राख्न पाइने दिनका रुपमा व्याख्या हुन थाल्यो एकातर्फ भने, अर्कोतर्फ यो दिवसको चरम व्यापारीकण पनि हुन थालेको छ। प्रेम दिवसका नाममा करोडौं मूल्यका आयातीत वस्तु नेपालमा खरिद–बिक्री भइरहेका छन्। 

विश्वव्यापीकरणको बढ्दो प्रभावसँगै हामी सांस्कृतिक अतिक्रमणको मारमा परिरहेका छौं। जस्तोः हाम्रो आफ्नै भाइटीका हुँदाहुँदै राखी बाँध्ने विदेशी संस्कृति अँगाल्न थालेका छौं। हाम्रो आफ्नै नयाँ वर्ष हुँदाहुँदै अंग्रेजी नयाँ वर्षमा रमाउन थालेका छौं। हामी कुशेऔंशी बिर्सेर फादर्स डेलाई पछ्याउँदै छौं। भ्यालेन्टाइन्स डे पनि त्यस्तै हो।

हाम्रो इतिहास र धर्म–संस्कृतिमा पनि आदर्श प्रेमी–प्रेमिका मान्न सकिने पात्रहरु छन्। हामी उनीहरुको खोजी गर्दैनौं। अनि सात समुद्रपारिका व्यक्तिलाई आदर्श मानेर उसको नाममा दिवस मनाउँछौं। यो संस्कृतिक भ्रष्टीकरण हो, जसलाई कुनै पनि हालतमा प्रोत्साहित गर्न हुँदैन राज्य र समाजले। अन्यथा हामी विदेशी संस्कृतिका दास बन्न पुग्ने छौं। 

‏प्रेम शब्दको उच्चारण नै सुन्दर छ। प्रेम जसले सुन्छ, पढ्छ, बुझ्छ ऊ स्वयम् मुस्कुराउँछ। साँचो प्रेम हृदयबाट प्रस्फुटित हुन्छ अनि हृदयमै पुगेर बास बस्छ। एउटा अथाह भाव हो जसले जीवन डोर्‍याउँछ, जीवनमा इन्द्रेणी रंग भर्छ र हरेकलाई प्रेरणा प्रदान गर्छ। त्यो हो प्रेम । अर्थात् माया कुनै बेला देखिन्छ, कुनै बेला अनुभव गर्न सकिन्छ।  लौ अब गरौं न त भनेर प्रेम हुने होइन। प्रेम त एक स्वतःस्फूर्त रुपमा जागृत हुने भावना हो। मनमस्तिष्कको हलचल हो। आत्माबाटै उत्पन्न हुने सकारात्मक तरंगको उत्कर्ष हो। पवित्र बन्धन हो। 

‏प्रेम जसलाई पनि गर्न सकिन्छ। तर त्यसमा प्राप्तिभन्दा आत्मीयता, हार्दिकता, सम्झौता र त्यागको भावना हुनुपर्छ। त्यस्तो प्रेम दीर्घकालीन र मिठासपूर्ण हुन्छ। अनुहारमा कृत्रिम मुस्कान निकालेर रातो गुलाफको फुल वा महँगो उपहार साटासाट गर्दैमा साँचो प्रेम जन्मँदैन। त्यो त प्रेमको नाममा ढोँग हुन्छ। रोज डे, प्रपोज डे, टेडी डे, प्रमिस डे, हग डे, किस डे जे–जे मनाए पनि त्यो प्रेम तबसम्म सार्थक हुँदैन, जबसम्म त्यसमा शारीरिक स्वार्थ लुकेको हुन्छ। जुन प्रेमको अन्तिम गन्तव्य शारीरिक समागम हो, त्यो प्रेम वास्तवमा प्रेम नभएर नशा हो। मात्र जवानीको नशा।  

साँचो प्रेम गर्नेहरुका लागि हरेक दिन प्रेमिल हुन्छ। भौतिकरुपमा टाढा भए पनि प्रेमको आत्मिक बन्धनले उनीहरुलाई सदैव जोडेको हुन्छ, जसरी जोडिएका हुन्छन् नङ र मासु। आफ्नो प्रिय मान्छेको साथ नै उनीहरुका लागि मूल्यवान् उपहार हो, अरु कुनै भौतिक वस्तु होइन। 

आज प्रेमलाई युवापुस्ताले आधुनिकताको नाममा विकृत बनाइरहेका छन्। युवायुवतीमा एकप्रकारको विकराल अवस्था देखा पर्न थालेको छ। प्रेमलाई फेसनको रुपमा लिनेहरु धेरै छन्। प्रेमी वा प्रेमिका नहुनेहरुले आफूलाई दुःखी ठान्छन्। त्यसैले जबर्जस्ती प्रेम गर्नेको होड चलेको छ। 

प्रेममा केटीभन्दा केटाहरु बढी उच्छृंखल देखिन्छन्। ‘केटी पट्याउने’ कुरा केटाहरु यसरी गर्छन्, मानौं केटी भनेका डस्ना वा सिरक हुन्। शब्दमै हिंसा झल्किन्छ! आफ्ना यतिजना गर्लफ्रेन्ड छन् भनेर सुनाउन पाउँदा केटाहरु गर्व गर्छन्। त्यही कुरा केटीले भन्दा उनीहरुलाई अनेक उपमा भिराइन्छ! शारीरिक आवश्यकता पूर्ति भएपछि सम्बन्धबाट पन्छिने प्रवृत्ति केटामा अत्यधिक हुन्छ। 

यसप्रकार, अरु सबै क्षेत्रमा जस्तो प्रेममा पनि महिला पीडित छन्। नारीवादीहरूको लागि त भ्यालेन्टाइन्स डे पनि एउटा चुनौती झैं भएको छ। आफ्नो जीवनभरिमा हरेक महिला एकपटक हिंसामा परेकै हुन्छन् भन्ने कुरा पुष्टि भइरहँदा पुरूषले एकदिन दर्शाउने प्रेमले त्यो सबैलाई छायाँमा पारिदिन्छ। 

त्यसैले चाडपर्वको मौलिकतालाई ध्यानमा राख्दै यसलाई सही तरिकाले मनाउनुपर्छ। भद्दा प्रदर्शन, अन्धनक्कल अश्लीलताबाट बचाउनुपर्छ। देखावटीपनले होइन, व्यवहारबाट प्रेमी/प्रेमिकाको मन जित्नुपर्छ। तबमात्र प्रेमको सार्थकता हुन्छ। प्रेम त्यस्तो बनोस् भोलिका समयमा जीवनलाई फर्केर नियाल्दा पश्चात्ताप होइन खुसी र सन्तुष्टि फिँजाउन पाइयोस्। जहाँ एक मनले अर्को मनको कदर गरोस्।
 
विचार / अन्तर्वार्ता

प्रेमले लिँदैन, दिन्छ मात्र!

प्रकाशित: आईतबार, फागुन २, २०७७ १३:५३
  • पश्चिमा संस्कृतिलाई अन्धानुकरण गर्दै नेपाली समाजमा पनि प्रणय दिवस मनाउने सिलसिला बढ्दो क्रममा छ।
  • विश्वव्यापीकरणको बढ्दो प्रभावसँगै हामी सांस्कृतिक अतिक्रमणको मारमा परिरहेका छौं। जस्तोः हाम्रो आफ्नै भाइटीका हुँदाहुँदै राखी बाँध्न थालेका छौं।
  • प्रेम त्यस्तो बनोस् भोलिका समयमा जीवनलाई फर्केर नियाल्दा पश्चात्ताप होइन खुसी र सन्तुष्टि फिँजाउन पाइयोस्। जहाँ एक मनले अर्को मनको कदर गरोस्।

सिफारिस