बालबालिका लामो समय इन्टरनेटमा बस्दा ‘एडिक्सन’ हुन सक्छ : डा.गुञ्जन ध्वजु

अचेल बालबालिकाहरु धेरै समय मोबाइलमा बिताउन थालेका छन्। अभिभावकका लागि पनि बालबालिका भुलाउन मोबाइल गतिलो माध्यम बनेको छ। अभिभावक स्वयम् पनि पाएसम्म मोबाइलमा व्यस्त रहन्छन्। यसबाट बालबालिकामा मोबाइल खेलाउने ‘लत’ बस्न थालेको छ। धेरै मोबाइल चलाउँदा बालबालिकाको मानसिक तथा शारीरिक विकासदेखि अन्य कुरामा असर परिरहेको हुन्छ। दैनिक लामो समय मोबाइल चलाउँदा बालबालिकाको स्वास्थ्यमा केकस्तो असर पर्छ र यसबाट कसरी बच्ने भन्ने सन्दर्भमा बालमनोरोग विशेषज्ञ डा. गुञ्नज ध्वजुसँग देखापढी संवाददाता सीता न्यौपानेले गरेको कुराकानीको सार  ः

अभिभावकहरुको गुनासो बारम्बार सुनिन्छ– बच्चाहरु मोबाइलमा गेम नहेरी खाना खाँदैनन्, लत नै बसेजस्तो छ। मोबाइल लत कस्तो हो?

मोबाइल, ग्याजेट चलाउनु लतमात्र होइन, एक प्रकारको रोग नै हो। यसलाई इन्टरनेट एडिक्सन डिसअर्डर, इन्टरनेट गेमिङ डिसअर्डर भनिन्छ। मोबाइल गेमिङमा अधिक समय बिताएर डिसअर्डरको रुपमा जानु भनेको एक प्रकारको ‘एडिक्सन’ हो। लागू पदार्थ प्रयोग र मोबाइल–इन्टरनेट प्रयोगको लतबाट मस्तिष्कमा हुने परिवर्तन एउटै हो। मस्तिष्कको रुट एउटै हुने हुँदा मोबाइलको लतले विस्तारै अन्य लतमा लैजाने सम्भावना हुन्छ।

लकडाउनले स्कुलहरु बन्द भएकाले दिनभरि घरमै बस्नुपर्ने अवस्थामा बच्चाहरु मोबाइल र ग्याजेटमा धेरै समय बिताउन बाध्य भए। यसले बालबालिकालाई एडिक्सनमा लगिरहेको छ। यसलाई हामीले दुई तरिकाले बुझ्नुपर्छ। एक, यो आफैंमा एउटा रोग हो कि वा अन्य कुनै समस्याले गर्दा यो लक्षण देखिएको हो? कुनै बालबालिकामा एन्जाइटीको समस्या हुन सक्छ।  

अरुसँग अन्तक्र्रिया गर्न डराउने, साथीभाइ बनाउन, सामाजिक परिवेशमा घुलमिल हुन गाह्रो मान्ने बालबालिकाले मोबाइलमा धेरै समय बिताएको देखिन्छ। अर्को, बच्चा कुनै तनावसँग जुधिरहेको छ भने त्यसको व्यवस्थापनको लागि अन्य तरिका नपाएर पनि मोबाइलमा समय बिताएको हुन सक्छ।

बालबालिका मोबाइल एडिक्ट भएको कसरी थाहा पाउने? 

मोबाइल अथवा ग्याजेट एडिक्सनको संकेत कस्तो हुन्छ भने उनीहरु डिभाइस चलाउने कुरामा अत्यधिक मात्रामा केन्द्रित हुने गर्छन्। बच्चाहरुले दैनिक रुपमा गर्ने क्रियाकलाप जस्तैः आफ्नै हेरचाह, पठनपाठन, परिवारसँग समय बिताउने र समाजमा घुलमिल हुन मन नपराउने अवस्था आएको छ भने स्थिति गम्भीर भएको बुझ्नुपर्छ ।

मोबाइल चलाउन नपाउँदा रिसाउने, छटपटी बढ्ने हुन्छ। अर्को कुरा, शारीरिक रुपमा देखा पर्ने लक्षणमा एकै ठाउँमा बस्न नसक्ने र झनक्क रिसाउने हुन्छ। यस्ता लक्षण देखा परेमा एडिक्सन हो भनेर बुझ्नुपर्छ।

बालबालिकालाई मोबाइलबाट टाढा राख्दा पनि धेरै कुरा सिक्ने अवसरबाट वञ्चित हुन्छन्, अभिभावकले कसरी व्यवस्थापन गर्ने?

हामीले हेर्दा बच्चाले मोबाइल चलाइरहेको मात्रै देख्छौं, तर के कुरा बुझ्न जरुरी छ भने बच्चाले कुन प्रसंगमा मोबाइल चलाइरहेको छ त? मोबाइल चलाउनुको उद्देश्य के हो भनेर बुझ्नुपर्छ। मोबाइल आफैंमा समस्या होइन । लकडाउनको समयमा कतिपय विद्यालयले अनलाइन कक्षा सञ्चालन गरे। अनलाइन कक्षा नै नराम्रो त होइन।

स्क्रिनमा बालबालिकालाई दुई घण्टा भन्दा बढी समय दिनु हुँदैन भन्दैमा राम्रा कुरा सिक्नबाट वञ्चित गर्नुहुँदैन। मोबाइलमा तिनले ज्ञानगुनका कुरा सिक्दै छन् भने राम्रो मान्नुपर्छ। अब सामाजिक सञ्जालको कुरा आउँछ । कुनै पनि एपमा अकाउन्ट खोल्दा उमेर मागेको हुन्छ। त्यो भनेको उमेरको हदबन्दी हो, तर हामी अभिभावक आफंै उमेर गलत लेखेर बच्चाहरुको अकाउन्ट खोलिदिन्छौं! यो एकदम गलत काम हो।

अधिक मोबाइल चलाइरहने बालबालिकाको आदत कसरी सुधार्न सकिएला?

मोबाइल चलाउन विस्तारै कम गर्दै जाँदा शारीरिक रुपमा कुनै खतरा हुँदैन, तर मानसिक तनाव हुन सक्छ। कम त गर्ने, तर कसरी गर्ने? दिनमा १० घण्टा मोबाइल चलाउने बच्चालाई पाँच घण्टामात्र चलाउन दिनुप¥यो भने के गर्ने? हामीले अभिभावकसँग छलफल गर्दाको निष्कर्ष के निस्क्यो भने, अभिभावक आफैं र बालबालिकाका लागि रुटिन बनाउनुपर्छ। महत्वपुर्ण कुरा भनेको अभिभावकले परिवारसँग बिताउने समय हो।

बालबालिकाहरु अभिभावकसँग सिर्जनशील, आफ्नो रुचिको काम गर्न पाए भने मोबाइलमा ध्यान उतिविधि दिँदैनन्। मोबाइलका एपहरुको डिजाइन नै लत बसाउने खालका छन्, त्यसैले अभिभावकले आफ्ना बालबालिकालाई मनग्गे समय दिएर ‘रिप्लेस’ गर्न सक्नुपर्छ।

अधिकांश अभिभावक बालबालिकालाई महत्वपुर्ण समय दिएकै छौं भन्छन्, तर आफ्नै हातमा एकछिन मोबाइल छुटेको हुँदैन। अब कसरी बालबालिकाको आदत छुटाउन सकिएला?

हामी समाचार पढ्न, साहित्य र फिल्म हेर्नको लागि मोबाइल प्रयोग गर्छौं। तर, बच्चाहरुलाई तिमीहरुको पढ्ने समय हो पढ भन्छौं। यसरी हुँदैन। अभिभावक भनेको बच्चाको लागि रोलमोडल हो। समाचारका लागि पत्रपत्रिका पढ्ने, साहित्यिक किताब पढ्दै बच्चालाई पढ्नुपर्छ भनेर सिकाउनु निकै सान्दर्भिक हुन्छ।

अभिभावकले जे ग¥यो बच्चाले त्यही गर्छन्। मोबाइल कति समय चलाउने, सामाजिक सञ्जालमा कति समय रहने भन्ने कुरामा अभिभावक आफैंले प्रतिवद्धता जनाउन आवश्यक छ। मोबाइलबाट धेरै कुरा सिक्न सकिन्छ, तर यसमा धेरै रिस्क पनि छ। यस्ता रिस्ककै कारण बालबालिकाले हिंसा भोग्नुपरेको देखिन्छ। यसलाई इन्टरनेट रिस्क भनिन्छ।

इन्टरनेट रिस्कबाट कसरी बच्ने त? 

कुनै पनि एपमा उमेरको हद तोकिएको हुन्छ। विभिन्न किसिमका गेम अथवा सामाजिक सञ्जाल इन्स्टल गर्दा उमेर सोधिरहेको हुन्छ। यसो गर्नु भनेको यति उमेर समूहकाले मात्रै चलाउन मिल्छ है भनेको हो! तर, हामी अभिभावक आफैं यस्ता कुराको बेवास्ता गरी बच्चाहरुको अकाउन्ट खोल्दिराखेका हुन्छौं। हामी यसबाट पर्न सक्ने खराब असरबारे खासै मतलब नै गर्देनौं। तर, हाम्रा साना–साना बालबालिका यस्तो गेम खेलिरहेका छन् जसमा धेरै हिंसाको सन्दर्भ जोडिएका छ।

त्यसैले यस्ता एपको निरीक्षण र अवलोकन गर्नु अभिभावको मुख्य दायित्व हो। इन्टरनेटमा अन्तक्र्रिया गरेकै भरमा डर, धम्की देखाउने, नकारात्मक र अश्लील तस्बिर पठाउने गरेको पाइन्छ। यस्ता विषयमा बालबालिकाले खुलेर अभिभावकसँग कुरा गर्ने वातावरण सिर्जना गर्नुपर्छ। यति गर्न सक्दा इन्टरनेट रिस्कबाट बालबालिकालाई जोगाउन सकिन्छ। 
 
विचार / अन्तर्वार्ता प्रविधि स्वास्थ्य

बालबालिका लामो समय इन्टरनेटमा बस्दा ‘एडिक्सन’ हुन सक्छ : डा.गुञ्जन ध्वजु

प्रकाशित: सोमबार, फागुन ३, २०७७ १८:४५
  • लागू पदार्थ प्रयोग र मोबाइल–इन्टरनेट प्रयोगको लतबाट मस्तिष्कमा हुने परिवर्तन एउटै हो। मस्तिष्कको रुट एउटै हुने हुँदा मोबाइलको लतले विस्तारै अन्य लतमा लैजाने सम्भावना हुन्छ।
  • बच्चा कुनै तनावसँग जुधिरहेको छ भने त्यसको व्यवस्थापनको लागि अन्य तरिका नपाएर पनि मोबाइलमा समय बिताएको हुन सक्छ।
  • मोबाइलका एपहरुको डिजाइन नै लत बसाउने खालका छन्, त्यसैले अभिभावकले आफ्ना बालबालिकालाई मनग्गे समय दिएर ‘रिप्लेस’ गर्न सक्नुपर्छ।