सुरू भयो 'एनआरएन डेभलपमेन्ट फन्ड'को दर्ता प्रक्रिया, १० अर्ब लगानी भित्र्याउने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा स्थापना हुन लागेको एनआरएन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको छ।

काठमाडौंमा उपलब्ध संस्थापकहरूका तर्फबाट आज हस्ताक्षर भएको हो। सो अवसरमा संघका अध्यक्ष कुमार पन्त, संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्षद्वय डा. बद्री केसी र सोनाम लामा, कोषाध्यक्ष महेशकुमार श्रेष्ठ, सल्लाहकार हरिबोल भण्डारी, डा. खगेन्द्र जीसी, चिरञ्‍जीवि थापाले प्रबन्धपत्रमा हस्ताक्षर गरेका हुन्।

कम्पनीमार्फत् नै नेपालमा कम्तीमा १० अर्ब रूपैयाँको लगानी भित्र्याउने तयारी रहेको संघद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। १० अर्ब लगानीका लागि हालसम्म डेढ अर्ब रूपैयाँभन्दा बढी रकमको प्रतिबद्धता आइसकेको संघले जनाएको छ।
  
हस्ताक्षर समारोहमा संस्थापक अध्यक्ष डा. महतोले गैरआवासीय नेपालीले देखेको सपना छिट्टै पूरा हुन लागेको बताए। कम्पनी दर्ताका लागि औपचारिक रूपमा मिलेको सहमतिले गैरआवासीय नेपालीहरूलाई उत्साहित बनाएकोसमेत उनले जनाए।

कुनै पनि देशको समृद्धिका लागि सामूहिक लगानी आवश्यक भएकोले यस अभियानमार्फत् विश्वभरका नेपालीले व्यक्तिगत लगानी गरेर नेपालको विकास र समृद्धिमा योगदान गर्ने उनले बताए।

यस्तै संघका पूर्वअध्यक्ष तथा संरक्षक लामिछानेले यस अभियानले विशेषतः साना लगानीकर्तालाई प्रोत्साहन मिल्ने बताए।

संघका अध्यक्ष पन्तले आजको दिन नेपालका लागि बहुप्रतिक्षित र ऐतिहासिक दिन भन्दै गैरआवासीय नेपालीलाई नेपालको समृद्धिका लागि योगदान गर्ने बाटो खुलेको बताए।

१० अर्बको कोषमा सरकारले पाँच प्रतिशत अर्थात् ५० करोड रूपैयाँ लगानीको प्रतिबद्धता जनाइसकेको उनले जानकारी दिए। यस्तै संस्थापकहरूको तर्फबाट १० प्रतिशत अर्थात एक अर्ब रूपैयाँ लगानी गर्ने र त्यसमध्येको एक अर्ब ८० करोड रूपैयाँको प्रतिबद्धता जुटिसकेको छ।

यस अभियानको ८५ प्रतिशत लगानीमा संसारभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दा माथि लगानी गर्न पाउने छन्।

अर्थतन्‍त्र बाहिरको नेपाल

सुरू भयो 'एनआरएन डेभलपमेन्ट फन्ड'को दर्ता प्रक्रिया, १० अर्ब लगानी भित्र्याउने

प्रकाशित: बिहिबार, फागुन ६, २०७७ १८:५०
  • १० अर्बको कोषमा सरकारले पाँच प्रतिशत अर्थात् ५० करोड रूपैयाँ लगानीको प्रतिबद्धता जनाइसकेको छ।
  • यस्तै संस्थापकहरूको तर्फबाट १० प्रतिशत अर्थात् एक अर्ब रूपैयाँ लगानी गर्ने र त्यसमध्येको एक अर्ब ८० करोड रूपैयाँको प्रतिबद्धता जुटिसकेको छ।
  • यस अभियानको ८५ प्रतिशत लागनीमा संसारभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दा माथि लगानी गर्न पाउने छन्।

सिफारिस