२००७ सालको जनक्रान्तिमा रौतहट

पृथ्वीनारायण शाहले कैयौं साना राज्यलाई मिलाएर एकीकरण गरेको वा एकीकरणको प्रक्रियाको थालनी गरेको घटना नेपालको इतिहासमा सर्वाधिक महत्त्वपूर्ण हो। यस घटनाले एउटा पूर्ण देशको निर्माण हुन सक्यो। त्यसपछिको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक घटना भनेको २००७ को जनक्रान्ति हो। 

यसलाई देशको राजनीतिक इतिहासले पहिले जनआन्दोलन र अन्य अनेक नामले चिन्‍ने गर्छ। यसै कारण पनि नेपालको आधुनिक इतिहासमा सबैभन्दा महत्त्वपूर्ण वर्षको रूपमा २००७ साललाई कतिपय इतिहासकार तथा राजनीतिक विद्वानहरूले लिने गरेका छन्। यो यस्तो वर्ष हो जहाँ एकातिर जहाँनियाँ राणाशासनको कालरात्रिलाई जनताले चुनौती दिएका थिए भने राजालेसमेत जनताको क्रान्तिप्रति प्रत्यक्ष समर्थन जनाएका थिए। 

नेपाली कांग्रेसको नेतृत्वमा सशस्त्र क्रान्तिमार्फत् देशमा प्रजातन्त्रको जग बसाल्न नेपाली जनता तयार भएका थिए। नेपाली कांग्रेसले कात्तिक २६ गतेदेखि प्रजातन्त्र प्राप्त नहुञ्जेलसम्मका लागि जुन अनिश्चितकालीन आन्दोलनको आह्वान गरेको थियो, त्यसमा देशको राजधानीदेखि जिल्लाका सदरमुकाम र ग्रामीण क्षेत्रहरूसमेत राणाविरुद्ध आन्दोलित भएका थिए। र, आन्दोलनमा जनताको जित भएको थियो। राणाशासन पराजित भएको थियो।

२००७ सालको जनक्रान्तिको निर्णय नेपाली कांग्रेसको बैरगनिया सम्मेलनले गरेको थियो। रौतहटको सदरमुकाम गौरसँगै सीमा जोडिएको भारतीय बजार बैरगनियामा नेपाली कांगे्रसको सम्मेलन गराउन रौतहटेली  प्रजातन्त्रप्रेमी तथा नागरिक अधिकार पक्षधरहरूको निकै ठूलो भूमिका रहेको छ।

देशको राजनीतिक इतिहासलाई नै हल्लाउने किसिमको जनक्रान्तिमा रौतहटको भूमिका के थियो त? प्रत्यक्ष वा परोक्षरूपमा रौतहटले देशको पहिलो राजनीतिक क्रान्तिमा आफ्नो भूमिका निर्वाह गरेको थियो कि थिएन? यस दृष्टिकोणले पनि अध्ययन हुनु जरुरी छ। यस आलेखमा मैले थाहा पाएका र अध्ययन गरेका केही कुरा राख्‍ने प्रयास गरेको छु।

देशले प्रजातन्त्र दिवस मनाइरहँदा हामी रौतहटेली नागरिकले पनि प्रजातन्त्र दिवसमा हाम्रो योगदान र बलिदान केकस्तो छ भन्‍ने कुरा सोधखोज गर्नु आवश्यक छ। देशमा प्रजातन्त्रको बिहानी ल्याउने पहिलो जनक्रान्तिमा रौतहटेली नागरिकको योगदानलाई नवपुस्तामाझ पुर्‍याउनु अत्यावश्यक छ। 

रौतहटबासी महात्मा गान्धीको ‘भारत छोडो’ आन्दोलनबाट प्रेरित थिए भनेर पनि भन्‍ने गरिन्छ। महात्मा गान्धीले ‘भारत छोडो’ आन्दोलन चलाउने क्रममा बिहारको पूर्वी चम्पारण जिल्लामा आएर बस्दा रौतहटबाट हजारौं मानिस भेट्न पुगेका थिए भनिन्छ। गाउँगाउँबाट बैलगाडी र टायरगाडामा बसेर नरनारीहरू महात्मा गान्धीको प्रचवन सुन्‍न र उनलाई हेर्न पुगेका रौतहटबासीमा भारत स्वतन्त्र भएपछि नेपालमा पनि राणाशासनको अन्त्य गर्न सकिने कुरामा पूर्ण विश्वास थियो। भारतीय स्वतन्त्रता संग्राममा रौतहटको राजपुर फरहदवाका लक्ष्मण चौधरी कलवार, ब्रह्मपुरीको महनपुरका सुवंश राय आर्य र शिवप्रसाद कुँवरले सक्रियतापूर्वक सघाएका थिए। भारतीय आन्दोलनको क्रममा जनप्रदर्शनमा यी तीनैजनाले रौतहटका गाउँगाउँबाट मानिसलाई जुटाउने कार्यसमेत गरेको प्रजातान्त्रिक विचारका अगुवा रौतहटको गरुडा नगरपालिकाको पोठियाही गाउँका पुराना कांग्रेसी नेता राजेदव चौधरीको स्मरण छ।

नेपालमा नेपाली कांग्रेसको स्थापना हुनु अघिदेखि राणाको विरोधमा लागेका लक्ष्मण चौधरी गाउँगाउँमा साधुको भेष धारण गरी भजन र गीतमार्फत् जनचेतना फैलाउँथे। कांग्रेसको स्थापना भएपछि घरबार नै छाडेर पार्टीको कार्यक्रममा चौधरी, सुवंश र शिवप्रसाद लागेका थिए। बाहिरी जनसम्पर्क तथा कांग्रेसका नेताहरूसँगको सम्पर्कमा रहेका सुवंश राय आर्यको अध्यक्षतामा नै बैरगनिया सम्मेलन भएको थियो र सम्मेलनमा रौतहटबाट सयौंजना सहभागी थिए। बैरगनिया सम्मेलनले राणाशासनविरुद्ध सशस्त्र आन्दोलनको निर्णय गरेकोले सदरमुकाम गौरमा सेनाको उपस्थिति र निगरानी निकै बढेको थियो। सम्मेलनका सहभागी तथा नेताहरूलाई सुरक्षितसाथ निर्णयअनुसारको स्थानमा आन्दोलनको नेतृत्व गर्न जाने ठाउँमा पुर्‍याउने काममा सफल भए। त्यसपछि रौतहटको जनक्रान्तिलाई अगाडि बढाउन कांग्रेसलाई चुनौती भइरहेको अवस्थामा मंसिर ३ गते ठूलो प्रदर्शन गर्ने र सरकारी अड्डा कब्जा गर्ने तयारी भयो।

सोही दिन देशका अन्य भागमा पनि प्रदर्शनको तयारी थियो। राणाविरुद्धको आन्दोलनले विस्तारै गति लिइरहेको थियो र क्रमशः उचाइ पनि प्राप्त गरिरहेको थियो। यसै क्रममा सदरमुकाम गौर कब्जा गर्ने गरी भइरहेको तयारीको सम्बन्धमा राणा सरकार अनभिज्ञ थियो। अघिल्लै दिनदेखि गौरमा मानिसहरूको चहलपहल बढेको थियो।  बिहानको सदरमुकाम अपेक्षाकृत धेरै मानिसको भीडभाडयुक्त देखेर राणा सेनालाई शंका लाग्नु स्वाभाविक थियो। धान पाक्नै लागेकाले कतिपय किसानहरू किसानकै भेषमा सदरमुकाम पुगेका थिए। प्रदर्शन तोकिएको समयभन्दा एक घण्टा ढिलो सुरु भयो। सदरमुकाम गौरको सडकभरि एकसाथ मानिस ओर्लिए। यतिका मानिस गौरमा कहिल्यै पनि देखिएको थिएन।

२००७ साल, मंसिर ३ को सम्झनामा हरेक वर्ष सदरमुकाम गौरमा शहादत दिवस मनाउने गरिन्छ। नेपाली कांग्रेसका पुराना नेताहरूले शहादत दिवस समारोह समिति रौतहट गठन गरी हरेक वर्ष सदरमुकाम गौरको परिक्रमा गर्दै जिल्ला अदालतको परिसरभित्र रहेको सहिद स्मारक जहाँ शिवप्रसाद कुँवरको स्मारक रहेको मानिन्छ, त्यसमा पुष्पगुच्छा अर्पण गर्छन्। समितिको मूल्यांकनमा २००७ सालको जनक्रान्तिमा सबैभन्दा बढी जनताले बलिदान दिएको दिन यही हो।

अड्डातिर बढिरहेको जुलुसकर्मीहरूको हातमा नेपाली कांग्रेसको झन्डा, केहीको हातमा राजा त्रिभुवनको तस्बिर र केहीले लट्ठी बोकेका थिए। अदालतअगाडि जुलुस पुगेर गगनभेदी नारा लगाइरह्यो। नाराको बीचबाटै जोसिएर युवक शिवप्रसाद कुँवर नेपाली कांग्रेसको झन्डा लिएर माथि चढे र छानामा पुगेर अड्डाको माथिल्लो भागमा फहराएका मात्र के थिए, ड्याङ्ङ गोली चल्यो। गोली उनको छातीमा लाग्यो। वीर शिवप्रसाद कुँवर त्यहीँ ढले, उनी सहिद भए। त्यसपछि भागाभाग मच्चियो र राणा सेनाले अन्धाधुन्ध गोली तथा लट्ठी बर्सायो। १८ जना त्यही ठाउँमा सहिद भए। सडकमा मानिसको लास बिछाइयो, रगतको खोलो बग्यो।

आन्दोलनकारीहरू सदरमुकामको मूलसडकमा केन्द्रित भएका बेला सरकारी सेनाले गौरबाट बाहिरिने सबै नाका घेरेर बसेका थिए। सदरमुकामको पूर्व र उत्तरपट्टिको बरहवा पुलछेउबाट एक साथ सयौं आन्दोलनकारी निस्कन खोजे, तर कोही बाँकी रहेनन्। कैयौं बरहवा दहमा मारिए, सरकारी सेनाले लखेटीलखेटी आन्दोलनकारीलाई मारे। आसपासका धानखेतसम्म सरकारी सेनाले लखेटेर मारे। यसकारण त्यो वर्ष धानखेतको बाली काटिएन। कैयौं महिनासम्म सर्वसाधारण सदरमुकाम गौर जान डराए। गौरमा २००७ सालको अवस्था देखेकाहरू सदरमुकामको अवस्था भयावह रहेको सुनाउँछन्। 

२००७ साल, मंसिर ३ को सम्झनामा हरेक वर्ष सदरमुकाम गौरमा शहादत दिवस मनाउने गरिन्छ। नेपाली कांग्रेसका पुराना नेताहरूले शहादत दिवस समारोह समिति रौतहट गठन गरी हरेक वर्ष सदरमुकाम गौरको परिक्रमा गर्दै जिल्ला अदालतको परिसरभित्र रहेको सहिद स्मारक जहाँ शिवप्रसाद कुँवरको स्मारक रहेको मानिन्छ, त्यसमा पुष्पगुच्छा अर्पण गर्छन्। समितिको मूल्यांकनमा २००७ सालको जनक्रान्तिमा सबैभन्दा बढी जनताले बलिदान दिएको दिन यही हो। मंसिर ३ को हत्याकान्डको यथार्थ खोजीनिधि हुन सकेको छैन। 

यस कान्डलाई शहादत समितिले भारतको अमृतसरको ‘जालियावाला बाग’ कान्डसित तुलना गर्दै आएका छन् र हरेक मंसिर ३ लाई बलिदान दिवसको रुपमा मनाउनुपर्ने बताउँछन्। देशमा प्रजातन्त्र ल्याउन ज्यानको आहुति दिने मंसिर ३ का ज्ञात-अज्ञात सहिदहरूको बलिदानीको उच्च कदर गर्दै २००७ सालको जनक्रान्तिमा सबैभन्दा बढी जनताले बलिदानी दिएको दिनलाई ‘बलिदान दिवस’को रुपमा राष्ट्रिय सम्मान दिनु न्यायोचित देखिन्छ भनेर पनि बताउँछन्।

२००७ को आन्दोलनको बारेमा धेरै कुरा अध्ययन गर्न बाँकी छ। केही वर्षसम्म राजदेव चौधरीको संयोजकत्वमा ३ मंसिर २००७ मा भएको ठूलो सहादतको सम्मानमा कार्यक्रम हुने गरेको थियो। चौधरीलाई जनक्रान्तिको बारेमा धेरै कुरा थाहा छ। देशमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना हुनुभन्दा पहिले भारतीय कम्युनिस्ट पार्टी स्थापना भएको र रौतहटका केही मानिस त्यस पार्टीका लागेको कुरा पनि चौधरी बताउँछन्। यसबाट यो पनि सिद्ध हुन्छ कि नेपालमा कम्युनिस्ट पार्टी स्थापना हुनुअघि नै रौतहटमा यसका कार्यकर्ता जन्मिसकेका थिए। र, ती कम्युनिस्ट कार्यकर्ताले नेपाली प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका थिए।

आन्दोलनकारीहरू ३ मंसिरको रौतहट क्रान्तिभन्दा पहिले अन्य जिल्लाको आन्दोलनमा पनि सहभागी भएका थिए। के भनिन्छ भने, सोही वर्षको दीपावलीको दिन वा त्यसैको आसपासको कुनै दिन रौतहटका थुप्रै आन्दोलनकारी वीरगन्ज पुगेका थिए। 

अझै पनि धेरै कुरा खोज हुन बाँकी छ। जिल्लाको उत्तरी भेग चन्द्रपुरमा आन्दोलनको अवस्था कस्तो रहेको थियो त? गरुडा र आसपासका केही मानिसले प्रजातान्त्रिक आन्दोलनमा सहभागिता जनाएका थिए। केहीले जेलनेल पनि भोगेका थिए भन्‍ने सुनिन्छ।

यस्ता पक्षहरूबारे खोजी अहिलेको पुस्ताले गर्न आवश्यक छ। परिवर्तनका लागि रौतहटले अग्रणी भूमिका निर्वाह गरेकोमा कुनै सन्देह छैन। रौतहटले देशको सबैभन्दा पहिलो जनक्रान्तिमा मुख्य भूमिका निर्वाह गरेको थियो। त्यस आन्दोलनमा सहभागी हुने सबैप्रति उच्च सम्मान र श्रद्धा प्रकट गर्नु हाम्रो कर्तव्य हुन आउँछ।

राजनीति विचार / अन्तर्वार्ता

२००७ सालको जनक्रान्तिमा रौतहट

प्रकाशित: शुक्रबार, फागुन ७, २०७७ १५:०६
  • पृथ्वीनारायण शाहले गरेको एकीकरणपछिको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक घटना भनेको २००७ सालको जनक्रान्ति हो।
  • देशले प्रजातन्त्र दिवस मनाइरहँदा हामी रौतहटेली नागरिकले पनि प्रजातन्त्र दिवसमा हाम्रो योगदान र बलिदान के-कस्तो छ भन्‍ने कुरा सोधखोज गर्नु आवश्यक छ।
  • परिवर्तनका लागि रौतहटले अग्रणी भूमिका निर्वाह गरेकोमा कुनै सन्देह छैन। रौतहटले देशको सबैभन्दा पहिलो जनक्रान्तिमा मुख्य भूमिका निर्वाह गरेको थियो।

सिफारिस