प्राविधिक शिक्षा पढ्नेलाई छात्रवृत्ति

सिन्धुपाल्चोक। इन्द्रावती गाउँपालिका वडा नं २ का मोहन गिरीले प्राविधिक शिक्षा अध्ययन गर्ने सात जना विद्यार्थीलाई जनही ५० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन्। इन्द्रावती-३ को सिंहमती माविमा आयोजित शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रममा शुक्रबार उनले सो रकम हस्तान्तरण गरेका हुन्।

महेन्द्र माविबाट एसईई गर्ने दिनिसा गिरी, बनित भारती, सागर मल्ल र सुदीप भारती, सिंहमती माविका श्वेता थापा, शर्मिला तामाङ र विशाल तामाङलाई छात्रवृत्तिस्वरुप रकम हस्तान्तरण गरिएको हो। उनले विद्यालयस्तरमा अध्ययनरत दुई जना विद्यार्थीलाई जनही दुई हजार पाँच सय रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरे। 

प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीका लागि आगामी दिनमा पनि सहयोग प्रदान गर्ने उनले बताएका छन्।

शैक्षिक प्रदर्शनी कार्यक्रमका प्रमुख अतिथि इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले शिक्षा क्षेत्रमा राम्रो नतिजा ल्याउने गरी गाउँपालिका लागिपरेको बताए। वडा नं ३ का अध्यक्ष देवप्रसाद बानियाँले आउँदो आर्थिक वर्षदेखि थप शिक्षक उपलब्ध गराउने वचन दिए। प्रदर्शनीमा नवलपुर मावि र राजेश्वरी माविको पनि सहभागिता थियो। रासस

शिक्षा

प्राविधिक शिक्षा पढ्नेलाई छात्रवृत्ति

प्रकाशित: शनिबार, फागुन ८, २०७७ १०:४७
  • महेन्द्र माविबाट एसईई गर्ने दिनिसा गिरी, बनित भारती, सागर मल्ल र सुदीप भारती, सिंहमती माविका श्वेता थापा, शर्मिला तामाङ र विशाल तामाङलाई छात्रवृत्तिस्वरुप रकम हस्तान्तरण गरिएको हो। 
  • प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीका लागि आगामी दिनमा पनि सहयोग गरिने।

सिफारिस