अन्ततः सात वर्षे वैवाहिक सम्बन्धबाट अलग्गिँदै किम कार्दशियन

काठमाडौं। अमेरिकी चर्चित टिभी स्टार किम कार्दशियन र उनको श्रीमान् ¥यापर कान्ये वेस्टले विवाह भएको सात वर्षपछि डिभोर्स फाइल दर्ता गराएका छन्। पछिल्लो केही समयदेखि दुवैजनाबीचको सम्बन्धविच्छेदले चर्चा पाएको थियो। 

सम्बन्धविच्छेदका लागि उजुरी दर्ता गर्ने क्रममा किमले आफ्ना चारै सन्तानलाई दुवैजनाको रेखदेखमा राख्नुपर्ने माग गरेकी छिन्। तर यो विषयमा धेरै जानकारी दिइएको छैन। किम र कान्येबीच सन् २०१४ मा विवाह भएको थियो। उनीहरूले इटालीमा धूमधामसँग विवाह गरेका थिए। 

सन् २०१२ देखि नै प्रेम सम्बन्धमा रहेका दुवैजनाले दुई वर्षपछि विवाह गरेका थिए। विवाह गरेको सात वर्षमै अलग हुने निर्णयमा उनीहरू पुगेका हुन्। 

सुन्नमा आएअनुसार कान्ये एक मानसिक रोगसँग जुधिरहेका छन्। बायपोलर डिसअर्डर समस्याबाट पीडित रहेका कारण दुईजनाबीचको सम्बन्धमा पछिल्लो समय निकै उतारचढाव थियो।

दुईजनाका चार बच्चा छन्, जसमा सात वर्षकी छोरी नार्थ, पाँच वर्षका छोरा सैण्ट, तीन वर्षकी छोरी शिकागो तथा २१ महिनाका छोरा साम शािमल रहेका छन्। 

किम टिभी स्टार मात्र नभएर एक चर्चित अमेरिकन मोडल तथा सफल व्यापारी पनि हुन्। किमले कान्येभन्दा पहिला दुईपटक विवाह गरिसकेकी थिइन्। सबैभन्दा बढी पारिश्रमिक लिने टिभी स्टारको पहिचान बनाएकी किमले एक किताब ‘कार्दशियन कानफिल्ड’ पनि लेखेकी छिन्। 

किमले सन् २००७ मा प्लेब्वाय म्यागेजिनका लागि न्यूड तस्बिर खिचाएकी थिइन्। आफ्नो फिगरका कारण चर्चामा आइरहने किम बेलाबेला विवादमा पनि मुछिने गरेकी छिन्। 

उनका श्रीमान् केही समयअगाडि अमेरिकाको राष्ट्रपतिको चुनावका कारण चर्चामा आएका थिए। उनी राष्ट्रपतिको उम्मेदवार उठ्न लागेको भन्ने कुराले खुबै चर्चा पाएको थियो। 

मनोरञ्‍जन

अन्ततः सात वर्षे वैवाहिक सम्बन्धबाट अलग्गिँदै किम कार्दशियन

प्रकाशित: शनिबार, फागुन ८, २०७७ १७:०१
  • छोरा-छोरीलाई संयुक्त रूपमा पालनपोषण गर्नेछन्। 
  • दुवैले सन् २०१४ मा विवाह गरेका थिए। 
  • किमले यसअघि दुईपटक विवाह गरेकी थिइन्। 

सिफारिस