चीनले बनायो १६ प्रकारका कोरोना विरुद्धको खोप, मुम्बईमा पुनः संक्रमण वृद्धि

काठमाडौं। संसारभर कोरोना विरुद्धको खोप लगाउने क्रम सुरु भएको छ। खोप निर्माणले पनि तीव्रता पाएको छ।

यही क्रममा घना आवादी भएको चीनले आफ्नै देशमा १६ प्रकारका कोरोना विरुद्धको खोपको क्लिनिकल ट्रायललाई मन्जुरी दिएको एक मिडिया रिपोर्टमा बताइएको छ।

१६ प्रकारका भ्याक्सिनमध्ये ६ वटाको ट्रायल तेस्रो अर्थात् अन्तिम चरणमा पुगिसकेको छ। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले शनिबार नेसनल मेडिकल प्रडक्ट्स एडमिनिस्ट्रिेसनलाई उदृृत गर्दै क्लिनिकल ट्रायल चलिहरेको यी खोप प्रोटिन, एडेनोभाइरस भेक्टर, न्युक्लिक एसिड तथा अटेन्च्युएटेड इन्फ्लुएन्जा–भाइरस टेक्नोलोजीमा आधारित रहेको बताएको छ।

चीनले यसअघि नै सरकार स्वामित्वका खोप निर्माता कम्पनी सिनोफर्मा र सिनोभ्याक बायोटेकले बनाएको खोपलाई सशर्त मन्जुरी दिइसकेको छ। 

चीनमा साढे चार करोडभन्दा बढीलाई खोप लगाइसकिएको पनि सिन्ह्वाले उल्लेख गरेको छ।

उता, अर्को घना आवादी भएको देश भारतको महाराष्ट्रमा पुनः भाइरस संक्रमण तीव्र भएको छ। नयाँ सक्रिय संक्रमित २९ प्रतिशत बढेका छन्। आगामी १५ दिन मुम्बई सहरमा खतरा हुन सक्ने विशेषज्ञले बताएका छन्।

मुम्बईमा फेबुअरी १२ का दिन पाँच सय ९९ संक्रमित भेटिएका थिए भने शुक्रबार आठ सय २३ जनामा यसको लक्षण देखिएको थियो। 

युरोपका कतिपय देशमा जस्तै भारतमा पनि कोरोनाको दोस्रो लहर आएको हो कि भन्ने आशंका चिकित्सकले गरेका छन्। 

राज्य सरकारले मुम्बईमा सुरक्षा नियमलाई कडाइका साथ पालना गराउन निर्देशन दिइएको छ। भारतमा विगत २४ घण्टामा १४ हजार एक सय ९९ जना नयाँ संक्रमित पत्ता लागेका छन्। (एजेन्सी)
 
स्वास्थ्य अन्तर्राष्ट्रिय

चीनले बनायो १६ प्रकारका कोरोना विरुद्धको खोप, मुम्बईमा पुनः संक्रमण वृद्धि

प्रकाशित: सोमबार, फागुन १०, २०७७ ११:४८
  • घना आवादी भएको चीनले आफ्नै देशमा १६ प्रकारका कोरोना विरुद्धको खोपको क्लिनिकल ट्रायललाई मन्जुरी दिएको एक मिडिया रिपोर्टमा बताइएको छ।
  • चीनले यसअघि नै सरकारी स्वामित्वका खोप निर्माता कम्पनी सिनोफर्मा र सिनोभ्याक बायोटेकले बनाएको खोपलाई सशर्त मन्जुरी दिइसकेको छ।
  • भारतको महाराष्ट्रमा पुनः भाइरस संक्रमण तीव्र भएको छ। नयाँ सक्रिय संक्रमित २९ प्रतिशत बढेका छन्।

सिफारिस