भारतमा कोरोना सङ्क्रमितको संख्या एक करोड १० लाख नाघ्यो

नयाँ दिल्ली। भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड १० लाखभन्दा बढी पुगेको छ। गत २४ घण्टाको अवधिमा भारतमा १४ हजार एक सय ९९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख पाँच हजार आठ सय ५० पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ।

भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ८३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५६ हजार तीन सय ८५ पुगेको छ।

भारतमा गत जनवरी १६ देखि कोभिड-१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको छ। सो दिनदेखि हालसम्म एक करोड १० लाखभन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन्। कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायः स्वास्थ्यकर्मी रहेको समाचारमा जनाइएको छ।

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड छ लाख ९९ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ। हाल भारतमा एक लाख ५० हजार ५५ जना सक्रिय सङ्क्रमित रहेका छन्। भारतको राजधानी दिल्लीमा बिहीबार एक सय ३० जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको छ। रासस/सिन्ह्वा

अन्तर्राष्ट्रिय कोभिड–१९ महामारी

भारतमा कोरोना सङ्क्रमितको संख्या एक करोड १० लाख नाघ्यो

प्रकाशित: सोमबार, फागुन १०, २०७७ १२:३६
  • गत २४ घण्टाको अवधिमा भारतमा १४ हजार एक सय ९९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख पाँच हजार आठ सय ५० पुगेको हो।
  • भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ८३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५६ हजार तीन सय ८५ पुगेको छ।

सिफारिस