सुरुङ खन्‍ने मजदुरलाई प्रधानमन्त्रीको हौसला (फोटाेफिचर)

काठमाडौं। हरेक वर्ष फागुन ९ गते इन्द्रदहमा आयोजना हुने पर्यटन महोत्सवमा सरिक हुने र त्यहाँ पर्याप्त समय दिएर फर्किने प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यतालिका यस वर्ष केही परिवर्तन भयो। कारण थियो, इन्द्रदहकै दक्षिणतर्फको फेदीमा सुरू भइरहेको नागढुंगा-नौबिसे सुरुङमार्गको पूर्वी प्रवेशद्वारको निरीक्षण।

देशलाई सम्मृद्धितर्फ लैजान रेल र पानी जहाजसम्मको पूर्वाधार विकासको मार्ग देखाएका प्रधानमन्त्री ओलीको प्राथमिकतामा सुरूङमार्गसमेत पर्छ। पहाडको उकालो ओरालो तथा असंख्य घुम्तीहरू पार गर्दै हिँड्ने सडक अब सुरूङमार्गबाट निमेषभरमै यसअघि कयौं घन्टा लाग्‍ने मार्ग पार गर्दै छ। देश अब सुरूङ युगमा प्रवेश गरिसकेको बताउने प्रधानमन्त्री ओलीले दहचोकको डाँडाको टुप्पोमै जनतालाई हौस्याउँदै भनेका थिए, ‘‘अब थानकोटबाट फुत्त नौबिसे पुग्‍ने दिन आउँदै छ’’। 

इन्द्रदहको कार्यक्रम सकेर सुरूङको प्रवेशद्वार पुगेका प्रधानमन्त्री ओलीलाई आयोजनाका पदाधिकारीहरूले सुरूङको विशेषता, हाल भइरहेको कार्य, उत्पन्‍न चुनौती र कोभिडका कारण परेको असरबारे जानकारी गराएका थिए। उनीहरूका अनुसार कूल २.६८ किलोमिटर लम्बाइ र दुई लेनको यो सुरूङमार्ग नेपालमै पहिलोपटक फ्लाइओभर तथा तीनवटा पुल र दुई अण्डर पाससहित निर्माण हुँदै छ। यसमा पानी पठाउने, आकस्मिक उद्धार र सुरूङभित्र २४ सै घन्टा प्रकाश र अक्सिजनको मात्रा सन्तुलन गर्ने प्रणाली र सीसीटीभीसमेत हुनेछ।

अधिकारीहरूबाट प्रारम्भिक विवरण सुनेपछि प्रधानमन्त्रीले त्यहाँ कार्यरत मजदुरहरूलाई धन्यवाद दिँदै काम राम्ररी गर्न हौस्याएका थिए। प्रधानमन्त्रीको हौसलाबाट मजदुरहरू उत्साहित भएका देखिन्थे। उनीहरूले प्रधानमन्त्रीसँग सामूहिक तस्बिरसमेत खिचाएका थिए। 

सन् २०१९ को नोभेम्बर महिनामा सुरू भएको आयोजना ४२ महिनाभित्र सम्पन्‍न हुनेछ। अहिले धुनिबेसी नगरपालिकास्थित सुरूङको पश्चिमी मार्गतर्फबाट ९० मिटर र पूर्वतर्फ चन्द्रागिरि नगरपालिकास्थित पूर्वी प्रवेश विन्दुमा २७ मिटर खनिएको छ। त्यहाँ कमलो माटोको भाग सकिएर कडा चट्टानको भाग सुरू भएपछि सुरूङ निर्माणको गति तीव्र हुने जानकारी निर्माणमा संलग्‍न अधिकारीहरूले दिएका छन्।

अर्थतन्‍त्र फोटो फिचर

सुरुङ खन्‍ने मजदुरलाई प्रधानमन्त्रीको हौसला (फोटाेफिचर)

प्रकाशित: सोमबार, फागुन १०, २०७७ १३:३९
  • इन्द्रदहको कार्यक्रम सकेर सुरूङको प्रवेशद्वार पुगेका प्रधानमन्त्री ओलीलाई आयोजनाका पदाधिकारीहरूले सुरूङको विशेषता, हाल भइरहेको कार्य, उत्पन्‍न चुनौती र कोभिडका कारण परेको असरबारे जानकारी गराए। 
  • प्रधानमन्त्री ओलीले त्यहाँ कार्यरत मजदुरहरूलाई धन्यवाद दिँदै काम राम्ररी गर्न हौस्याएका थिए।

सिफारिस