‘भगवानको कृपा’ले कोरोना नलागेको तान्जानियामा तथ्याङ्क सार्वजनिक गर्न विश्व स्वास्थ्य संगठनको अपिल

अल जजिरा। विश्व स्वास्थ्य संगठनले तान्जानियाका अधिकारीहरूलाई कोरोनाभाइरसविरुद्ध ‘कडा कदम’ लिन तथा तथ्याङ्कहरू सार्वजनिक गर्न अपिल गरेको छ। तान्जानियामा यस महामारीको सङ्क्रमण धेरै फैलिन सक्ने चेतावनीबीच विश्व स्वास्थ्य संगठनले यस्तो अपिल गरेको हो।

तान्जानियाका राष्ट्रपति जोन म्यागुफुलीले लामो समयदेखि आफ्नो देशमा महामारी नदेखिएको बताउँदै आएका छन्। “भगवान्को कृपा”का कारण कोरोनामाथि विजय पाएको बताउँदै उनले यसका लागि आवश्यक सावधानी अपनाउन अस्वीकार गरेका थिए। 

तर केहीयता निमोनियाका कारण बढ्दै गएको मृत्यु दरबाट भने जनता र सरकारी अधिकारीहरू आक्रान्त भएका छन्। महिनौँसम्म अस्वीकृतिपछि शुक्रबार म्यागुफुलीले तान्जानियामा कोरोनाभाइरस सङ्क्रमण देखिन थालेको इशारा गरेका छन्। 

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले छिमेकी वा अन्य देशमा जाने तान्जानियालीहरूमा सङ्क्रमण देखिएको बताएका छन्। “यसले तान्जानियामा चाँडै कडा कदम चाल्नुपर्ने र त्यहाँका मानिसहरूलाई सुरक्षा दिनुपर्ने आवश्यकता औँल्याएको छ,” उनले भने। 

उनले तान्जानियाली अधिकारीहरूलाई त्यहाँको सङ्क्रमणबारे तथ्याङ्क सार्वजनिक गर्न र खोपको तयारीमा लाग्न अपिल गरेका छन्। 

अन्तर्राष्ट्रिय कोभिड–१९ महामारी

‘भगवानको कृपा’ले कोरोना नलागेको तान्जानियामा तथ्याङ्क सार्वजनिक गर्न विश्व स्वास्थ्य संगठनको अपिल

प्रकाशित: सोमबार, फागुन १०, २०७७ १५:०१
  • विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले तान्जानियालाई कोरोनाभाइरसको महामारीमा उचित सावधानी अपनाउन र तथ्याङ्क सार्वजनिक गर्न अपिल गरेका छन्।

सिफारिस