समाधान गर्न नसक्ने समस्या छन्, तर टोटेनह्याम संकटमा छैन : माउरिन्हो

काठमाडौं। टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले टिममा आफूले समाधान गर्न नसक्ने समस्या रहेको बताएका छन्। तर वेष्ट ह्यामसँग पराजित भए पनि क्लब संकटमा नरहेको दाबी गरे।
 
इङ्लिस प्रिमियर लिगमा टोटेनह्यामले पछिल्लो छ मध्ये पाँच खेलमा पराजित भएको छ। वेस्ट ह्यामसँग २-१ ले पराजित भएसँगै टोटेनह्याम लिगको नवौं स्थानमा झरेको छ। जुन चौथो स्थानको वेष्ट ह्यामभन्दा नौ अंकले पछाडि हो।
 
वेस्टह्यामको जितमा मिचेल एन्टोनियो र जिसे लिङ्‍गार्डले गोल गरेका थिए। टोटेनह्यामका लागि लुकास माउरोले गोल फर्काएका थिए।

“संकटमा छ भनेर भन्दिनँ,” टोटेनह्यामको लयका विषयमा सोधिएको प्रश्नमा प्रशिक्षक माउरिन्होले भने, “खराब लयमा छ भन्न सकिन्छ। साँच्चै नै खराब लयमा छ, त्यो सत्य हो। हामी धेरै खेलमा पराजित भएका छौं।”

बेलायती सञ्‍चारमाध्यमले टोटेनह्याम लन्डन रंगशालामा पनि पराजित भए प्रशिक्षक माउरिन्होको पद धरापमा रहेको बताएका छन्।
 
दुई पटकको च्याम्पियन्स लिग विजेता माउरिन्होको टोटेनह्यामका समर्थकले आलोचना गर्न थालिसकेका छन्। विशेषगरी खेलमा माउरिन्होको नकारात्मक दृष्टिकोण र व्यवस्थापन शैलीको आलोचना सुरू भएको छ।

यसबारे माउरिन्होले भने, “होइन, कदापि छैन। मेरो प्रशिक्षण टिमको जस्तै शैली विश्वमा कसैको पनि छैन। मेरो विचारमा धेरै समयदेखि हाम्रो टिममा समस्याहरू छन्। जुन प्रशिक्षकको हैसियतमा म समाधान गर्न सक्दिनँ।”

चेल्सी तथा म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक माउरिन्होले टोटनह्याम युरोपा लिगमा विजय हुँदै च्याम्पियन्स लिगमा स्थान बनाउन सफल हुने तर्क गरे।
 
युरोपा लिगमा बुधबार टोटेनह्यामले बेढापेस्टमा अस्ट्रियाको क्लब वल्फ्सबर्गरलाई ४-१ ले हराउँदै अन्तिम १६ मा पुग्‍ने सम्भावना बलियो बनाएको छ। 

“युरोपा लिगमा हाम्रो सम्भावना बलियो छ,” माउरिन्होले भने, “यो हाम्रो लागि अवसरको झ्याल हो। सायद हामी युरोपा लिगकै माध्यमबाट च्याम्पियन्स लिगमा स्थान बनाउन सक्छौं।”

खेलकुद

प्रकाशित: सोमबार, फागुन १०, २०७७ १७:५२
  • वेष्ट ह्यामसँग पराजित भए पनि क्लब संकटमा नरहेको माउरिन्होको दाबी।
  • इङ्लिस प्रिमियर लिगमा टोटेनह्यामले पछिल्लो छ मध्ये पाँच खेलमा पराजित भएको छ। 
  • दुई पटकको च्याम्पियन्स लिग विजेता माउरिन्होको टोटेनह्यामका समर्थकले आलोचना गर्न थालिसकेका छन्।

सिफारिस